Secondary Level Social Studies Questions 2081: Teacher Service Commission

Edusanjal

June 08, 2024
Teaching Reinvented

The Government of Nepal, through the Teachers Service Commission, has conducted an open competitive examination for the position of Secondary Level Teacher (Level-3rd class) for the Social Studies 2081. You can use this question as a guideline and modality of the questions. 

Teachers Service Commission Secondary Level Third Class Teacher Position Open Competitive Examination
Social Studies Subject Examination-2081

तह : माध्यमिक
नेपाल सरकार शिक्षक सेवा आयोग
माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा
विषयगत परीक्षा - २०८१
समय: ३ घण्टा
विषय: सामाजिक अध्ययन
पूर्णाङ्क १०० उत्तीर्णाङ्क : ४०

सबै प्रश्नहरु अनिवार्य छन् । प्रत्येक खण्डका लागि बेग्लाबेग्लै उत्तरपुस्तिका प्रयोग गर्नुपर्नेछ, अन्यथा उत्तर पुस्तिका रद्द हुनेछ ।


खण्ड (क)

1. नेपालमा सामाजिक अध्ययन विषयको विकासक्रमका बारेमा सविस्तार वर्णन गर्नुहोस् । वर्तमान समयमा विद्यालय तहमा सामाजिक अध्ययन विषय शिक्षणको महत्व दर्शाउनुहोस् । ६+४

2. सामाजिक अध्ययन अन्तर्गत जनसंख्या शिक्षा शिक्षणको परिचय दिनुहोस् । जनसंख्या शिक्षाको अवधारणा अध्यापनका उद्देश्यहरु बुँदागत रुपमा लेख्नुहोस् । जनसांख्यिक परिवर्तन शिक्षणमा क्षेत्र भ्रमण विधिको उपयोगका बारेमा प्रकाश पार्नुहोस् । ३+३+४

3. सूचना र सञ्चार प्रविधिको उपयोगबाट माध्यमिक तहका विद्यार्थीहरुमा कस्ता कस्ता सिपको बिकास गर्न सकिन्छ ? माध्यमिक तहमा सूचना तथा सञ्चार प्रविधि (जि.पि.एस. र जि.आई.एस. समेत) को प्रयोग सम्बन्धी विषयवस्तु अध्यापन गर्दा अपनाउनुपर्ने शिक्षण सिकाइ क्रियाकलाप समेटेर एउटा पाठयोजना तयार पार्नुहोस् । ४+६

4. माध्यमिक तहमा सामाजिक अध्ययन विषयका प्रश्नपत्र निर्माणका आधारहरुको चर्चा गर्नुहोस् । माध्यमिक शिक्षा परीक्षामा विद्यार्थीहरुलाई सामाजिक अध्ययन विषयमा उच्च सिकाइ उपलब्धि हासिल गर्न सक्ने बनाउन तपाँईका सुझावहरु बुँदागत रुपमा प्रस्तुत गर्नुहोस् । ५+५

5. नेपालमा बसाइँसराइले शहरीकरण प्रक्रियामा कस्तो प्रभाव पारिरहेको छ ? बसाइँसराइको कारणले हुने शहरी प्रदुषण रोक्न चाल्नुपर्ने कदमहरु शिक्षण गर्न उपयुक्त हुने शिक्षण विधिको सूची तयार पार्दै समस्या समाधान विधिका फाइदाहरु उल्लेख गर्नुहोस् । ३+२+५


खण्ड (ख)


6. नेपालको प्राचीन तथा मध्यकालीन सामाजिक अवस्थाको अध्ययनको औचित्य उल्लेख गर्नुहोस् । विभिन्न प्रकारका प्रकोपबाट जीर्ण भएका ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थल एवम् वस्तुहरुको संरक्षण र सम्बर्द्धन गर्न अपनाउनु पर्ने उपायहरुको वारेमा विवेचना गर्नुहोस् । ४+६

7. सूचनाको अधिकार र सुशासन वीचको सम्बन्ध उल्लेख गर्नुहोस् । साथै, नेपालमा हाल अवलम्बन गरिएको निर्वाचन प्रणालीबाट सुशासनका समग्र पक्षहरुमा पर्न गएका सकारात्मक एवम् नकारात्मक पक्षहरुको वारेमा वस्तुनिष्ठ विवेचना गर्नुहोस् । ५+५

8. नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रको महत्व वर्णन गर्नुहोस् । वर्तमान समयमा सहकारीको क्षेत्रमा देखा परेका समस्या समाधान गर्न अवलम्बन गर्नुपर्ने पाँचवटा मुख्य उपायहरु उल्लेख गर्नुहोस् । ५+५ 

9. संयुक्त राष्ट्रसंघले नेपालको विकास प्रक्रियामा खेलिरहेको भूमिका कस्तो रहेको छ ? नेपाल जस्ता विकासशील मुलुकहरुले बहुराष्ट्रिय संगठनहरुमा आवद्ध हुँदा उठाउन सक्ने लाभको बारेमा चर्चा गर्नुहोस् । ५+५ 

10. सामाजिक द्वन्द्व भन्नाले के बुझ्नुहुन्छ ? नेपाली समाजमा विगतमा देखिएका कुनै दुई प्रकारका सामाजिक द्वन्द्वका विशेषताहरु समीक्षा गर्दै विगतको सशस्त्र द्वन्द्व व्यवस्थापन गर्न संलग्न निकाय/ संस्थाहरुले अपनाएका उपायहरु समेत उल्लेख गर्नुहोस् । ४+६