United Academy

Nepali (नेपाली) Sample Question (Secondary Level):Teacher Service Commission

December 30, 2021
Nepali (नेपाली) Sample Question (Secondary Level):Teacher Service Commission
Bridge Course

नेपाल सरकार शिक्षक सेवा आयोग खुला प्रतियोगितात्मक लिखित परीक्षा
नमुना प्रश्नपत्र २०७८
तह : माध्यमिक विषय : नेपाली
पूर्णाङ्क :१००, उत्तीर्णाङ्क :४०
समय ३ घण्टा


खण्ड क

१. उच्चारण स्थानका आधारमा नेपाली व्यञ्जन वर्णको वर्गीकरण गरी यसको प्रभावकारी शिक्षणका कुनै पाँच कार्यकलाप प्रस्तुत गर्नुहोस् । (५+५)
२. कक्षा १० मा निबन्ध विधा शिक्षण गर्नका लागि एउटा एकाइ योजनाको नमुना निर्माण गर्नुहोस् । (१०)
३. नेपाली भाषा शिक्षणमा त्रुटि विश्लेषण र व्यतिरेकी विश्लेषणको उपयोग कसरी गर्न सकिन्छ ? विश्लेषणात्मक उत्तर दिनुहोस् । (५+५)


खण्ड ख

४. भाषिक परिवर्तनका पाँच कारणहरू उल्लेख गरी अर्थका प्रकारहरूको सोदाहरण चर्चा गर्नुहोस् ।(५+५)
५. माध्यमिक तहका विद्यार्थीहरूको वर्णविन्यासगत त्रुटिलाई निराकरण गर्न कार्यमूलक अनुसन्धानको ढाँचा निर्माण गर्नुहोस् । (१०)
६. प्रश्नपत्र निर्माणमा ब्लुम्स टेक्सोनोमीको प्रयोग किन आवश्यक छ ? कक्षा ९ का नेपाली विषयका विद्यार्थीको मूल्याङ्कनमा उपयोगी कुनै ज्ञान, बोध, प्रयोग र उच्च दक्षता तहको एक एक ओटा विषयगत प्रश्न तयार गर्नुहोस् । (४+६)


द्रष्टव्य: पाठ्यक्रमको खण्ड क बाट पूर्णाङ्क ५० का ५ प्रश्न र खण्ड ख बाट पूर्णाङ्क ५० का ५ प्रश्न गरी १०० पूर्णाङ्कको परीक्षाका लागि यस्तै प्रकृतिका प्रश्नहरू दिइने छ।
 

A-Levels 2081
Bachelors Portal
Counseling