Secondary Level Nepali Questions 2081: Teacher Service Commission

Edusanjal

June 08, 2024
Teaching Reinvented

The Government of Nepal, through the Teachers Service Commission, has conducted an open competitive examination for the position of Secondary Level Teacher (Level-3rd class) for Nepali subject

Teachers Service Commission Secondary Level Third Class Teacher Position Open Competitive Examination
Nepali Subject Examination-2081

 

तह : माध्यमिक
समय: ३ घण्टा
विषय नेपाली
नेपाल सरकार शिक्षक सेवा आयोग
माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा
विषयगत परीक्षा - २०८१
पूर्णाङ्क १०० उत्तीर्णा ४०

सबै प्रश्नहरु अनिवार्य छन् । प्रत्येक खण्डका लागि बेग्लाबेग्लै उत्तरपुस्तिका प्रयोग गर्नुपर्नेछ, अन्यथा उत्तर पुस्तिका रद्द हुनेछ ।


खण्ड (क)


1. नेपाली भाषाका कव्य र लेख्य वर्णका भिन्नता देखाउनुहोस् । शिक्षण सिकाइ सरलबाट जटिलतर्फ हुनुपर्छ भने मान्यताका आधारमा वर्ण शिक्षण कसरी गर्नुपर्छ सोदाहरण शिक्षण कार्यकलापहरु प्रस्तुत गर्नुहोस । ५ + ५

2. संरचनाका आधारमा नेपाली भाषाका वाक्यहरुलाई चिनाउँदै भाषा शिक्षणमा वाक्य रचना शिक्षणको आवश्यकता र औचित्य बुंदागत रुपमा प्रस्तुत गर्नुहोस् । ५ + ५

3. बोध र अभिव्यक्ति शिक्षणका लागि उपयुक्त विधागत स्वरुप र सिकाइ कार्यकलाप उल्लेख गर्नुहोस । साथै कुनै एक शीर्षकमा एउटा आलङ्कारिक अनुच्छेद तयार पार्नुहोस । २+२+६


4. भाषिक सिप विकासका लागि साहित्यिक विधा शिक्षणको औचित्य बुदागत रुपमा प्रस्तुत गर्नुहोस् र माध्यमिक तहको नेपाली विषयको पाठ्यपुस्तकमा समाविष्ट कुनै एउटा कथा शिक्षणका लागि नमुना पाठयोजना तयार  पार्नुहोस् ।

5. भाषिक सामर्थ्य सम्पादन सम्बन्धी नोम चम्स्की (Noam Chomsky) को अवधारणा स्पष्ट पार्दै भाषा कक्षामा यसको उपयोग कसरी गर्न सकिन्छ, उदाहरण सहित विश्लेषण गर्नुहोस् । ५ + ५


खण्ड (ख)


6. भाषा सिकाइमा वर्णविन्यास शिक्षणको महत्व दर्शाउनुहोस् । नेपाली भाषामा वर्णविन्यासको मानकीकरणका प्रयासहरु मध्ये हलन्त बहिष्कार र झर्रोवादी आन्दोलनको भूमिका उल्लेख गर्नुहोस् । ४+६

7. समालोचनाको सैद्धान्तिक अवधारणा प्रस्ट पार्नुहोस् । समालोचक मोतिराम भट्ट र तारानाथ शर्माका समालोचकीय प्रवृत्तिबारे तुलनात्मक मूल्याङ्कन गर्नुहोस् । 2+8 

8. साहित्यिक विधा, व्याकरण भाषिक सिप शिक्षण विधि र नेपाली भाषा शिक्षणमा अनुसन्धान सम्बद्ध पाटयविषयका आधारमा दुईओटा बहुवैकल्पिक प्रश्न, दुईओटा संक्षिप्त उत्तरात्मक प्रश्न र एउटा समस्या समाधानमूलक विस्तृत उत्तरात्मक प्रश्न निर्माण गर्नुहोस् । ४+३+३

9. विद्यालय तहमा दोस्रो भाषाका रूपमा नेपाली शिक्षणको वर्तमान स्थितिको समीक्षा गर्नुहोस् । विविध भाषिक पृष्ठभूमि भएका विद्यार्थीहरु रहेको कक्षामा दोस्रो भाषा शिक्षण गर्दा अपनाउनुपर्ने मुख्य विधिहरुको चर्चा गर्नुहोस् । ५+५


१० माध्यमिक तहमा अध्ययनरत वहुभाषिक विद्यार्थीहरुको नेपाली वाक्य रचनामा विविधता देखिन्छ । यस सन्दर्भमा केन्द्रित भएर कार्यमूलक अनुसन्धान गर्नका लागि उद्देश्य निर्धारण गरी अनुसन्धान ढाँचा प्रस्तुत गर्नुहोस् । ३+७