United Academy

Secondary Level General Exam Model Questions: Teacher Service Commission

December 30, 2021
Secondary Level General Exam Model Questions: Teacher Service Commission
Bridge Course

शिक्षक सेवा आयोग खुला प्रतियोगितात्मक परीक्षा नमुना (Sample) प्रश्नपत्र २०७८
सामान्य परीक्षा तह : माध्यमिक
पुर्णाङ्क १०० उत्तीर्णाङ्क :५०
समयः १ घण्टा

समूह क : सामान्य ज्ञान

१) ज्योतिषशास्त्र अनुसार यदि सूर्य ग्रहणको कूल अवधि ५ घडी ३० पल हो भने यो कति घन्टा र मिनेटको हुनेछ ?
क) १ घन्टा र ३६ मिनेट
ख) २ घन्टा र १२ मिनेट
ग) ३ घन्टा र ५० मिनेट
घ) ५ घन्टा र ३० मिनेट

२) तलकामध्ये कुन बँदा दिगो विकासको वास्तविक अर्थसँग सम्बन्धित छ ?
क) मानिसको जीवन स्तरलाई दिगो रुपमा उकास्ने
ख) भावी पुस्ताको वातावरणीय अधिकारलाई ध्यान दिई विकासका कार्यक्रम निर्धारण गर्ने ।
ग) विकासका योजनाहरु बनाउँदा दिर्घकालीन सोच राख्ने
घ) वातावरण संरक्षणका लागि विकासका कार्यक्रम सञ्चालन गर्ने

३) सन् २००१ देखि २०१५ सम्मका लागि निर्धारण गरिएको “सबैका लागि शिक्षा” कार्यक्रमको दोश्रो चरणको नाम के थियो ?
क) सबैका लागि शिक्षा
ख) विद्यालय क्षेत्र सुधार कार्यक्रम
ग) सहश्राब्दी विकास लक्ष्य
घ) विद्यालय क्षेत्र विकास कार्यक्रम


खण्ड ख : शिक्षासम्बन्धी आधारभूत ज्ञान

४) शिक्षा मनोविज्ञानले शिक्षण र सिकाइसम्बन्धी कुन क्षेत्रलाई समेट्दैन ?
(क) शिक्षण विधिको छनौट
(ख) वैयक्तिक शिक्षण सिकाइमा सहयोग
(ग) विद्यार्थीको सिकाइ मूल्याङ्कन
(घ) विषयवस्तुको विकास

५) कुन सिकाइ सिद्धान्तले अभ्यास मार्फत सिकाइमा प्रगति हुन्छ भन्ने आधारमा आफ्नो सैद्धान्तिक दृष्टिकोणको विकास गरेको छ ?
(क) शास्त्रीय सम्बन्धन
(ख) क्रियापरक सम्बन्धन
(ग) प्रयत्न र भूल सिकाइ सिद्धान्त
(घ) अन्तरदृष्टिद्वारा सिकाइ

६) कक्षा ९ मा एक शिक्षकले विद्यार्थीको गणितीय समस्या पहिचान गर्न २ वटा हिसाब कक्षामै गर्न लगाउनु भयो र अवधारणा जान्नका लागि मौखिक प्रश्न सोध्नु भयो । सबै प्रश्नको उत्तरको वैयक्तिक अभिलेख राखी प्रत्येक विद्यार्थीले केके बुझेका छन् र छैनन् भन्ने विश्लेषण गरी उनीहरुको मुख्य सिकाइ समस्या पहिचान गर्नु भयो । यो कस्तो प्रकारको मूल्याङ्कन हो ?
(क) निर्णयात्मक
(ख) निर्माणात्मक
(ग) निदानात्मक
(घ) उपचारात्मक


खण्ड ग : बौद्धिक परीक्षण

७) तल दिइएका शब्दहरू कुनै न कुनै रुपमा एकअर्कासँग सम्बन्धित छन् । तीमध्ये असम्बन्धित शब्द पहिचान गर्नुहोस
क) हाँसो
ख) आनन्द
ग) उदास 
घ) सुनौलो
८) अमरबहादुरले आफ्नो मोटरसाइकल हर्कबहादुरलाई १० प्रतिशत घाटामा बिक्री गरे । तर हर्कबहादुरले उक्त मोटरसाइकल २० प्रतिशत नाफा गरी ५४ हजारमा पुनः बिक्री गरे । अमरबहादुरले मोटरसाइकल कतिमा किनेका थिए ?
क) ४२ हजार
ख) ४५ हजार
ग) ५० हजार 
घ) ५५ हजार
९) तलको माथिल्लो आकृतिबाट तलकामध्ये कुन घनाकार आकृति बनाउन सकिदैन ?


खण्ड घः सूचना तथा सञ्चार प्रविधि

१०) माइक्रोसाफ्ट पावर प्वाइन्टमा स्लाइडहरुको प्रस्तुति थाल्दा कुन “Function Key" थिच्नु पर्छ ?
क) F2
ख) F3
ग) F4 
घ) F5

११) तलकामध्ये कुन चाँहि एसिन्क्रोनस सिकाइ हो?
क) प्रत्यक्ष वेबिनार
ख) जुम तथा गुगल मिटको बैठक
ग) ईमेलबाट पठाइएको क्रियाकलाप
घ) भिडियो कन्फरेन्स


१२) विद्यार्थीहरुलाई साइवर सुरक्षाको ज्ञान किन आवश्यक पर्दछ ?
क) कम्युटर मार्फत हुने अपराधबाट जोगिन
ख) विद्यालयमा भएका कम्प्युटरको सुरक्षा गर्न
ग) कम्युटर आधारित सामाजिक सञ्जालको सुरक्षित प्रयोग गर्न घ) इन्टरनेटको सुरक्षित प्रयोग गरी अपराधबाट जोगिन


खण्ड ङ : संविधान तथा शिक्षासम्बन्धी ऐन तथा नियमहरू

१३) संविधानको धारा ४० अनुसार दलित समुदायको केका लागि कानून बमोजिम विशेष व्यवस्था गर्ने उल्लेख छ ?
क) सशक्तीकरण, सहभागिता र न्यायका लागि
ख) समानुपातिक सहभागिता र सशक्तीकरणका लागि
ग) सामाजिक सुरक्षा, सामाजिक न्याय र सशक्तीकरण
घ) सशक्तीकरण, प्रतिनिधित्व र सहभागिता

१४) शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिको सिफारिस गर्न गठन हुने समितिको अध्यक्ष को हुन्छ ?
(क) लोकसेवा आयोगको सदस्य
(ख) शिक्षा मन्त्रालयको सचिव
ग) लोकेसेवा आयोगको अध्यक्ष
(घ) योजना आयोगको शिक्षा हेर्ने सदस्य

१५) तलकामध्ये कुन अवस्थामा वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई नियुक्ति दिने व्यवस्था छ ?
(१) सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र नियुक्ति नलिएमा (२) विभिन्न कारणले परीक्षणकालभित्र पद रिक्त हुन आएमा (३) नियुक्ति लिएको ३० दिनभित्र विद्यालयमा हाजिर नभएमा (४) झुटा विवरण पेस गरेको प्रमाणित भएमा
(क) १, र २, को अवस्थामा
(ख) ३ र ५ को अवस्थामा
(ग) १, र ३ को अवस्थामा
(घ) १, २ र ३ को अवस्थामा

१६) स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (ज) अनुसार स्थानीय तहले स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन गर्ने विद्यालयमा कुन पर्दैन् ?
(क) सामुदायिक
(ख संस्थागत
(ग) विशेष
(घ) गुठी र सहकारी


द्रश्टव्यः यस्तै प्रकृतीका खण्ड क सामान्य ज्ञानबाट २ अङ्क भारका २० प्रश्न, खण्ड ख शिक्षा सम्बन्धी आधरभूतज्ञानबाट १२ प्रश्न खण्ड ग बौद्धिक परीक्षणबाट ८ प्रश्न, खण्ड घ सूचना तथा सञ्चार प्रविधिबाट ५ प्रश्न, खण्ड ङ संविधान तथा शिक्षासम्बन्धी ऐन तथा नियमहरूबाट ५ प्रश्न, गरी जम्मा ५० ओट प्रश्नवाट १०० पर्णाकको परीक्षा लिइनेछ ।
 

A-Levels 2081
Bachelors Portal
Counseling