Kathford

Sample question paper for Primary Level Open Competitive Written Exam

Edusanjal

May 25, 2024
Patan Multiple Campus

The Government of Nepal's Teacher Service Commission has released a sample question paper for the Primary Level Open Competitive Written Examination from 2078 onwards. This three-hour examination carries a total mark of 100, with a passing mark set at 40. Candidates are required to answer all questions presented. 

The examination is structured into two sections: Section A and Section B, each containing five questions worth 50 marks. This format ensures a comprehensive assessment of the candidate's knowledge and abilities necessary for primary-level teaching.

नेपाल सरकार, शिक्षक सेवा आयोग, खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा
नमुना (sample) प्रश्नपत्र २०७८

तह : प्राथमिक तह
पूर्णाङ्क : १०० उत्तीर्णाङ्क :४०
समय : ३ घण्टा


सवै प्रश्नहरूको उत्तर लेख्नुहोस् ।

खण्ड "क"
१. निरन्तर विद्यार्थी मूल्याङ्कन भन्नाले के बुझिन्छ ? आधारभूत तहको कक्षा १ - ३ मा निरन्तर मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउने कुनै ५ वटा उपायहरु उल्लेख गर्नुहोस् । यसमा शिक्षकले खेल्नुपर्ने भूमिका समेत छोटकरीमा उल्लेख गर्नुहोस् । २+५+३ = १०
२.
(क) तामाङ्ग मातृभाषीको बाहुल्यता भएको प्राथमिक तहको कक्षाकोठामा नेपाली भाषाको शब्द भण्डार वृद्धि गर्न के कस्ता क्रियाकलापहरू गराउँन सकिन्छ ? कुनै पाँचओटा क्रियाकलापहरू उल्लेख गरी प्रत्येकको १/१ ओटा उदाहरण समेत दिनुहोस् । ५
(ख) आधारभूत तहको कक्षा ४ मा नेपाली व्याकरण अन्तर्गत वाक्य रचना सिप र वाक्यान्तरण स मूल्याङ्कन गर्न कुनै पाँचओटा प्रश्नहरू निर्माण गर्नुहोस् । ५


३. आधारभूत तहमा एकीकृत पाठ्यक्रम कार्यान्वयनमा देखिएका समस्याहरु के के हुन? कक्षा १ - ३ को मेरो सेरोफेरो विषयको एकीकृत पाठ्यक्रम कार्यान्वयनमा देखा परेका समस्याहरूको समाधानका लागि शिक्षक प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको भूमिका बारे विश्लेषण गर्नुहोस् । ४+६=१०


खण्ड “ख”


४. Make a list of activities to teach the language functions in grade five. Mention any five teaching materials along with their uses for teaching language functions. 5+5= 10


५. आधारभूत तहका विद्यार्थीहरूलाई गणित विषय अर्न्तगत ज्यामिति विषयको शिक्षणमा सूचना तथा सञ्चार प्रविधि (ICT) को प्रयोग गरी सिकाइ उपलब्धि अभिवृद्धि गर्ने तरिकाहरू उल्लेख गर्नुहोस् । कक्षा ४ को ज्यामितिको कुनै एउटा पाठ शिक्षणका लागि नमुना पाठयोजना तयार गर्नुहोस् । ४+६=१०


६. (क) आधारभूत तहको कक्षा ५ का विद्यार्थीहरूमा वैज्ञानिक सिप विकास गर्न विरुवाहरूको वर्गीकरण एकाइ अर्न्तगत एउटा क्रियाकलाप निर्माण गरी सो क्रियाकलापको कुन कुन चरणले कुन कुन वैज्ञानिक सिप विकास हुन्छ ? तालिकामा प्रस्तुत गर्नुहोस् । ५
(ख) तपाईले अन्तरिक्ष एकाइ अर्न्तगत सूर्य र सौर्य परिवार पाठ शिक्षण गर्ने क्रममा सौर्य मण्डलको नमुना निर्माण गर्ने परियोजना कार्य दिनुभयो । सो परियोजना कार्यको मूल्याङ्कन गर्न एउटा परीक्षण कुञ्जिका तयार पार्नुहोस् । ५

द्रष्टव्यः पाठ्यक्रमको खण्ड क बाट पूर्णाङ्क ५० का ५ प्रश्न र खण्ड ख बाट पूर्णाङ्क ५० का ५ प्रश्न गरी १०० पूर्णाङ्कको परीक्षाका लागि यस्तै प्रकृतिका प्रश्नहरू दिइने छ ।
 

Bachelors Portal