A-Levels 2081

Nepali (नेपाली) Sample Question (Lower Secondary Level):Teacher Service Commission

December 30, 2021
Nepali (नेपाली) Sample Question (Lower Secondary Level):Teacher Service Commission
Counseling

नेपाल सरकार शिक्षक सेवा आयोग खुला प्रतियोगितात्मक लिखित परीक्षा नमुना प्रश्नपत्र २०७८ 
तह : निम्न माध्यमिक विषय : नेपाली
पूर्णाङ्क :१०० उत्तीर्णाङ्क :४०
समय :३घण्टा

खण्ड क


१. भाषाका सुनाइ, बोलाइ, पढाइ र लेखाइ सिपको अन्तरसम्बन्ध स्पष्ट गरी कक्षा ६ मा लेखाइ सिप शिक्षणमा प्रयोग हुने कुनै पाँचवटा शिक्षण सिकाइ कार्यकलाप लेख्नुहोस् । (५+५)
२. 'शिक्षा' शीर्षकमा १०० शब्दसम्मको एउटा अनुच्छेद लेखी त्यसलाई वर्णविन्यास र लेख्यचिह्न प्रयोगका आधारमा सम्पादन गरी पुनर्लेखन गर्नुहोस् । (४+६)
३. असल पाठ्यपुस्तकमा हुनुपर्ने गुणका आधारमा कक्षा ६ को नेपाली पाठ्यपुस्तकको समीक्षा गर्नुहोस्। (१०)

खण्ड ख

४. नेपाली भाषाको विकासक्रमको रेखाङ्कन गर्दै यसको स्तरीकरणका लागि भएका प्रयासहरू उल्लेख गर्नुहोस् । (५+५)
५. 'नेपाली भाषा शिक्षकहरूको वृत्ति विकास' शीर्षकमा अनुसन्धान गर्नका लागि उद्देश्य, अध्ययन विधि र सीमाङ्कन निर्माण गर्नुहोस् । (३+४+३)
६. निम्न माध्यमिक तहमा निरन्तर मूल्याङ्कन प्रणाली र अक्षराङ्कन पद्धति प्रयोगको आवश्यकता तथा औचित्य प्रमाणित गर्नुहोस् । (५+५)


द्रष्टव्य: पाठ्यक्रमको खण्ड क बाट पूर्णाङ्क ५० का ५ प्रश्न र खण्ड ख बाट पूर्णाङ्क ५० का ५ प्रश्न गरी १०० पूर्णाङ्कको परीक्षाका लागि यस्तै प्रकृतिका प्रश्नहरू दिइने छ ।
 

Bachelors Portal