A-Levels 2081

NEB Grade 12 Compulsory Nepali Model Question

February 26, 2022
Last updated February 01, 2023
Counseling

Curriculum Development Center published this Class 12 Nepali Model Question. Students currently studying in Grade 12 can find this model question helpful to find out the format of questions asked in the annual examination and prepare for the exam accordingly. 

नमुना प्रश्न

अनिवार्य नेपाली [Nep. 002] कक्षा- १२

पूर्णाङ्क- ७५ समय- ३ घण्टा

विद्यार्थीले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्ने छ ।

१. तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको अक्षर संरचना र अक्षर सङ्ख्या देखाउनुहोस् : (३)

सरोवरमा स्नानपछि शुचीभद्रले दमयन्तीलाई कालो धोती र दुकुलको ओड्ने दियो । भोजनपश्चात् त्यो सार्थले निकै बेरसम्म त्यही सरोवरछेउ विश्राम गयो । विश्राम गर्दा घोडा र गाईगोरुहरूलाई समेत नुहाइदिएर चर्न यताउति छोडियो।

२. शुद्ध गरी पुनर्लेखन गर्नुहोस् : (३)

हाम्रो आवाजलाई पछ्याउँदै साथीहरू डाँडामा निस्किसकेपछि मैले भनें, छिटो हिँड्न नसक्ने साथीचाहिँ दुई जना भरियाहरू सित विस्तारी आउनुहोस्, हामी तिन जना चाहिँ दुगुर्दै पोखरा जान्छौँ अनि खानाको व्यवस्था मिलाउँछौँ । जस्तै अवस्थामा पनि र जति रात परे पनि तपाइँहरु अवस्य आइपुग्नुहोला ।

३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (२)

(क) दिइएका अंशबाट एकओटा पारिभाषिक शब्द र एकओटा अनुकरणात्मक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् : कार्यालयको बेरुजु रकम बढेपछि ऊ मानसिक अन्तर्द्वन्द्वमा फस्यो । त्यसपछि कार्यकक्षबाट जुरुक्क उठेर सुटुक्क घरतिर लाग्यो।
(ख) दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् : गाउँमा एकाक्सि महाविपत्ति पर्यो । यस्तो वेला पनि तमासा हेर्ने र कानमा तेल हालेर बस्नेको कमी भएन । तीमध्ये केहीले भने आफ्नो गाँस काटेर भए पनि बचाए । यो करा एक कान दुई कान मैदान : सबैतिर फैलियो । छिमेकी, इष्टमित्र सबैको सहयोगले एकले थुकी सुकी सयले थुकी नदी भने झै हुँदै गयो । आफू भलो त जगत् भलो भन्ने भनाइलाई अन्ततः सहयोगी मनले चरितार्थ गरेरै छाडे ।

४. तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको शब्दवर्ग पहिचान गर्नुहोस् : (३)

'जिन्दगीमा पिरबाहेक सख कहाँ देख्न पाउँछ र ! सहारा, सुरक्षा र माया गुमाएकी मान्छेको अनुहार कसरी उज्यालिन सक्छ र ? छोराछोरी साना छन् । आफै सोच्नुस्, यत्रो लामो जिन्दगी लिएर म कसरी बाचूँ ? यी विषय सोच्दा मलाई पट्यार लाग्छ' सुस्केरा हाल्दै मैले भनें ।

५. तलको अनुच्छेदबाट दुईओटा तत्सम शब्द र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् : (२)

अक्षता हेरे मैं टपरीका फाइल हेर्दै हार्डडिस्कमा राख्दै गर्न थाल्यो एन्टिभाइरस गोर्खे । आधाजति पुयाएपछि राक्षस जस्तो घिनलाग्दो देखिने भाइरस भेट्यो । ती भाइरसले लगभग चार सय फाइलमा सङ्क्रमण गरेका थिए । थुप्रै फाइल मर्मत भए, मर्मत हुन नसकेकालाई एन्टिभाइरस गोर्खेले डिलिट गर्ने सुझाव दियो।

६. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (३)

(क) तलको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न शब्द र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको ___ निर्माण प्रक्रिया देखाउनुहोस् : ग्रामीण भेगको तुलनामा सहरिया मानिस विलासी हुन्छन् । सधैं परिश्रम गरेर बाँच्ने गाउँले जीवन कर्तव्यले भरिएको हुन्छ । सादा आचरण भएका उनीहरू सबैमा सहभाव राख्छन् ।

(ख) तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व शब्दको दोहोरिएको अंश देखाउनुहोस् : कोभिडका कारण बन्दाबन्दीको समयमा घरबाहिर ननिस्कन निषेधाज्ञा जारी गरे तापनि आआफ्ना सरमा सहरबजारका ठिटाठिटी ओहोरदोहोर गरिरहेका देखिन्थे । विश्व नै रोगग्रस्त भएका वेला यसरी बेकाममा लुखुरलुखुर गरी गल्लीडुलुवा भई हिँड्नु राम्रो होइन ।

७. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)

(क) ले, लाई, बाट, द्वारा, देखि, को, नो, मा विभक्ति लागेका भिन्न भिन्न कारकको प्रयोग गरी चार वाक्यमा कुनै घटनाको वर्णन गर्नुहोस् ।

(ख) सामान्य आदरमा रूपान्तरण गरी पुनर्लेखन गर्नुहोस् : तपाईं आज पनि कतै जानुहुन्छ कि ? अहिलेको समयमा यसरी बाहिरतिर घुम्न ननिस्कनुहोस् । घरभित्रै बसेर व्यायाम गर्नुहोस् । बरु किताब पढ्नुहोस्, कथा लेख्नुहोस् ।

८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)

(क) तलका दिइएका वाक्यको वाच्य परिवर्तन गर्नुहोस् : यसपालि जाडो बिदामा पोखरा घुम्न जान्छौँ । पोखराको लेकसाइडको रिसोर्टमा बस्छौँ । बेगनास र फेवातालमा डुङ्गा पनि चढ्छौँ । तीन दिनको बसाइपछि आआफ्नो घर फर्कन्छौँ ।

(ख) इच्छार्थक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो साथीको कार्य सफलताको वर्णन गर्नुहोस् ।

९. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)

(क) तलका चारओटा जटिल वाक्यलाई आठओटा सरल वाक्यमा विश्लेषण गर्नुहोस् : युवा कामको खोजमा विदेश गए तर उनीहरूले सोचे जस्तो काम पाएनन् । जीवन सुधारका लागि धेरै प्रयास गरे तापनि समस्या जिउँका तिउँ नै रह्यो । जब राष्ट्रले त्यो समस्या थाहा पायो तब युवालाई विदेशबाट झिकाई स्वरोजगारी बनायो । विदेश जानेको सङ्ख्यामा उल्लेख्य कमी आयो अनि विदेश जानेको आकर्षण घट्यो ।

(ख) तलका वाक्यलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् : छोराले भन्यो, “आमा, बहिनी कति वर्षकी भई ?" आमा, “तीन वर्षकी भई।” छोरा, “अब उसलाई कहिले विद्यालय पठाउने ?” आमा, “तिमीले वेलैमा सम्झायौ, यसै वर्षदेखि पठाउने ।”

१०. दिइएको अनुच्छेद पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् : (५*१=५)

संसारको सृष्टि कहिले भयो ? कसरी भयो ? केबाट भयो ? सृष्टि हुनुभन्दा अघि के थियो ? आदि प्रश्न प्रायः सबै व्यक्तिका लागि जिज्ञासाका विषय हुन् । यसैले सृष्टिसम्बन्धी विभिन्न दृष्टिकोण प्रस्तुत हुनु स्वाभाविकै हो । सृष्टिसम्बन्धी प्रस्तुत भएका विभिन्न दृष्टिकोणमध्ये पूर्वीय वाङ्मयका वैदिक ग्रन्थ र आधुनिक भौतिक शास्त्रीको सृष्टिसम्बन्धी दृष्टिकोण निकै मिल्दोजुल्दो देखिन्छ । आधुनिक भौतिक शास्त्रीले ब्रह्माण्डको उत्पत्ति सर्वाधिक घनत्वको अवस्थामा रहेको कुनै बिन्द्बाट भएको र त्यसको अन्त्य पनि त्यस्तै बिन्दमा हुने बताएका छन् । उनीहरूले सर्वाधिक घनत्वमा रहेको त्यस बिन्दुलाई ब्ल्याकहोल भनेका छन् । भौतिक शास्त्री आइन्स्टाइनले ब्ल्याकहोलको अधिकतम गुरुत्व शक्तिका कारण त्यसभित्र छिरेको प्रकाशसमेत बाहिर ननिस्कने र त्यसले सबै चिज आफूमा समाहित गर्ने भएकाले त्यसको भार बढ्छ भन्ने धारणा राखेका थिए । पछि हकिङले अधिक गुरुत्व शक्तिले गर्दा ब्ल्याकहोलभित्र हरेक चिज खुम्चिएर खाँदिएर रहेका हुने र अझ खुम्चदै जाँदा त्यसबाट विकिरण उत्सर्जन हुने र बिस्तारै ब्ल्याक होल नष्ट हुने बताए । रेडियसन उत्सर्जन नगर्दा चाहिँ महाविस्फोटन भएर त्यसबाट नयाँ ब्रह्माण्डको सृष्टि पनि हुन सक्ने विचार व्यक्त गरे । भौतिक शास्त्रीको यो मान्यता 'ऋग्वेद' को सृष्टिसम्बन्धी दृष्टिसँग मिल्दोजुल्दो देखिन्छ । 'ऋग्वेद' मा 'सृष्टिपूर्व अन्धकारबाट ढाकिएको सघन अन्धकार थियो । त्यसभित्र आफ्नो शक्तिपञ्जबाट निर्मित एक अत्यन्त ऊर्जाशील तत्त्व थियो । यही तत्त्वबाट चारैतिर फैलिएको किरण नै पदार्थमा परिणत भई संसारको सृष्टि भयो' भनिएको छ । 'ऋग्वेद' मा भनिएको अन्धकारबाट ढाकिएको ऊर्जाशील तत्त्व भौतिक शास्त्रीले भनेको सर्वाधिक घनत्वको अवस्थामा रहेको बिन्दुसँग मिल्दछ । 'ऋग्वेद' मा उल्लेख गरिएको यही गतिशील र उर्जाशील तत्त्वलाई वेदान्त दर्शनले निर्गण, निराकार ब्रह्म भनेको छ । वेदान्त दर्शनमा माकराले आफ्नो सानो शरीरबाट ठुलो जालो बनेर पुनः आफमा विलीन गर्न सके . निर्गुण, निराकार र ऊर्जापुञ्जका रूपमा रहेको ब्रह्म नै चारैतिर फैलिएको किरणका माध्यमबाट जीवनजगरूपमा परिणत हुन्छ । प्रलयकालमा ब्रह्मले नै सङ्कुचनका माध्यमबाट सम्पूर्ण जीवन जगत्लाई पुनः आफूमै समाहित गर्छ भनिएको छ । यसैले वेदान्त दर्शनमा सृष्टि, स्थिति र प्रलयको कारकका रूपमा ब्रह्मलाई लिइएको छ । भौतिक शास्त्रीले पनि ब्ल्याकहोलमा रहेका उर्जाशील क्वान्टम पुञ्जको विस्फोटन हुँदा ब्रह्माण्ड बन्ने र सङ्कुचन भएपछि पुनः क्वान्टम पुञ्जमा परिणत हुने बताएकाले भौतिकवादीले मानेको क्वान्टम पञ्ज र वेदान्त दर्शनले स्विकारेको ब्रहमबिच निकै समानता रहेको देखिन्छ । वेदान्त दर्शनमा जीवनजगतको सृष्टि, स्थिति र प्रलयको एकीकत व्याख्या गर्ने 'ब्रहमसूत्र' रहे जस्तै भौतिक शास्त्री हकिङ पनि ब्रहमाण्डको उत्पत्ति, संरचना र प्रलयको एकीकृत व्याख्या गर्ने सिद्धान्त बनाउने प्रयत्नमा थिए । उनी यसमा सफल हुन सकेनन् । उनले उत्तरवर्ती अनुसन्धाताका लागि मार्गचित्र भने कोरिदिएका छन् ।

प्रश्नहरू
(क) आधुनिक भौतिक शास्त्रीले ब्रह्माण्डको सृष्टि कसरी भएको बताएका छन् ?
(ख) केलाई वेदमा सृष्टिको कारक मानिएको छ ?
(ग) ब्रह्म र क्वान्टम पुञ्जका बिच कस्तो समानता रहेको छ ?
(घ) वेदान्त दर्शनमा सृष्टि, स्थिति र प्रलयको एकीकृत व्याख्या कुन ग्रन्थले गरेको छ ?
(ङ) आइन्स्टाइनले ब्ल्कहोलसम्बन्धी कस्ता धारणा अगाडि सारेका छन् ?

११. दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारओटा बँदा टिपोट गरी सारांश लेख्नुहोस् : (२+३=५)

सहकारीको उपादेयता समाजका हरेक क्षेत्रमा उत्तिकै भए पनि आर्थिक समृद्धि र विकासमा यसको महत्त्व निकै विशिष्ट रहेको छ । विकासको मख्य आधार आर्थिक समृद्धि हो । विकासका लागि आवश्यक आर्थिक समृद्धिमा सहकारीको भूमिका अपरिहार्य ठानेर नै संसारका अविकसित, विकासोन्मुख र विकसित सबै देशले सहकारीको स्थापना र सञ्चालन गरिरेहका छन् । धेरै देशले सहकारीका माध्यमबाट आर्थिक समृद्धि हासिल गरिसकेका छन् । संयुक्त राष्ट्र सङ्घले पनि सहकारीलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधारस्तम्भ स्वीकार गर्दै सबै देशलाई यसका माध्यमबाट आफ्नो देशको विकास गर्न सकिने भएकाले यसको अनुसरण गर्न सुझाव दिएको छ।

१२. कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (४)

(क) स्थानीय स्वास्थ्य केन्द्रले सर्वसाधारण जनतालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन जारी गर्ने सार्वजनिक सूचनाको नमुना तयार पार्नुहोस् ।

(ख) 'चण्डी एन्ड सन्स ट्रान्सपोर्ट कम्पनी' ले काठमाडौँ स्थित 'नवीन वस्त्र भण्डार' लाई सामान बुझाई रु. ५०,०००/- भुक्तानी लिए वापत गरिदिएको भरपाईको नमुना तयार पार्नुहोस् ।

१३. कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (५)

(क) नेपालका कुनै एक कविको स्मृतिमा आयोजित कवि गोष्ठीको विवरण समेटेर १५० शब्दसम्मको प्रतिवेदन तयार पार्नुहोस्।
ख) 'नेपालको कृषि प्रणालीमा सुधारको आवश्यकता' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।

१४. कुनै एकको व्याख्या गर्नुहोस् : (४)

(क) हो, त्यो आउँछ त्यो बिहानको सूर्य मैं उज्यालो छर्दै आउँछ।
(ख) नारी प्रेम र सङ्घर्षका प्रतिमूर्ति हुन् ।

१५. कुनै दुई प्रश्नको उत्तर लेख्नुहोस् : (४)

(क) तलको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : मर्नैपर्छ भने पनि पर पुगी मरौं नझुक्ने यो हिमालमा किन झुकी मरौं जति चढ्यो उति बाँकी हिमचुली शिखर नदेखेको कुरा हेर्ने हामीलाई रहर ।

प्रश्नहरू

(अ) माथिको कवितांशमा नेपालीको कस्तो मानसिकताको चित्रण गरिएको छ।

(आ) नेपालीले हिमचुलीबाट कस्तो प्रेरणा प्राप्त गरेका छन्, माथिको कवितांशका आधारमा व्याख्या गर्नुहोस् ।

(ख) तलको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्।

आजको युग प्रतिस्पर्धाको युग हो, एकाधिकारको होइन । हामीले राम्रा र उपयोगी वस्तुको उत्पादन गर्न सक्यौँ भने बजारको समस्या हुँदैन । विश्वव्यापीकरणको आजको युगमा नेपाली संसारभर छरिएर रहेका छन् । विश्वको जुनसुकै कुनामा पुगे पनि नेपालीले आफ्नो मौलिकता र पहिचानलाई भुलेका छैनन् । उनीहरू उपलब्ध भएसम्म आफ्ना मौलिक वस्तुको उपभोग गर्न रुचाउँछन् । आज विश्वभर कृत्रिम र विषादीयुक्त खानपानका कारण अनेक रोग निम्तिएका छन् । नेपाल जस्तो प्रकृतिको सुन्दर देशमा हामीले अर्गानिक तथा प्राकृतिक वस्तुको उत्पादन गर्न सक्यौं भने हाम्रा उत्पादन संसारभर बिक्ने छन् । त्यसैले प्रतिस्पर्धी थपिँदैमा आत्तिन पर्दैन । बजारको विस्तारसँगै कनै एउटा उद्योगका उत्पादनले मात्र सबैको माग र आवश्यकता पूरा गर्दैन । कुनै एक क्षेत्रमा स्थापित उद्योगले सबैको चाहना र आवश्यकताको परिपर्ति सम्भव छैन ।

प्रश्नहरू
(अ) विश्वव्यापीकरणका फाइदा र बेफाइदा लेख्नुहोस् ।
आ) किन प्रतिस्पर्धी थपिदैमा आत्तिनु पर्दैन भनिएको हो ?

१६. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)


(क) भौगोलिक अवस्था र सामाजिक परिवेशका दृष्टिले 'घनघस्याको उकालो काट्दा' नियात्रा तपाईंलाई कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्।
(ख) 'मातृत्व' कथाकी पात्र ममताले सुबोधलाई छोडेर बाँकी जीवन सन्तानसँग बिताउन गरेको निर्णय तपाईंलाई कस्तो लाग्यो, आफ्नो विचार प्रस्तुत गर्नुहोस्।

१७. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : (८)

(क) 'एक चिहान' उपन्यासमा समाजको कस्तो अवस्थाको चित्रण गरिएको छ, वर्णन गर्नुहोस् ।
(ख) स्टिफन विलियम हकिङले मानवीय चेतनालाई नयाँ उचाइमा पुयाउन गरेको योगदानको समीक्षा गर्नुहोस्।

१८. कुनै एक शीर्षकमा कम्तीमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : (८)

(क) हाम्रा पाहुना पर्यटक
(ख) वैज्ञानिक चमत्कार
(ग) शान्ति, समृद्धि र विकास

Source: Curriculum Development Center 

 

Bachelors Portal