कानुनी मस्यौदा (Legal Drafting [Led. 210])
कक्षा (Grade): XII समय(Time): 2 Hrs.
Full Marks: 50
परीक्षार्थीले सकेसम्म आफ्नै शब्दमा मौलिक उत्तर दिनुपर्ने छ । किनारामा दिइएका अङ्कले पूर्णाङ्कलाई जनाउँछ |
(The candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.)
सबै प्रश्नको उत्तर दिनुहोस् (Attempt All Questions.) (9x1=9)
1. लिखत भनेको के हो?
What is deed (likhat)?
2. फिरादपत्र भनेको के हो ?
What is meant by registration of complaints?
3. थुनुवा पुर्जी किन जारी गरिन्छ ?
Why arrest warrant (thunuwa purji) is issued?
4. व्यक्तिगत कारोबारमा प्रयोग हुने कुनै दुई लिखतको नाम लेख्नुहोस् ।
Name any two private transaction documents.
5. व्यक्तिगत कारोबारको लिखतमा खुलाउनु पर्ने आवश्यक तत्त्व के के हुन् ।
What are the elements that need to be disclosed in private transaction documents?
6. बैनापट्टा लिखतको अर्थ लेख्नुहोस् ।
Write the meaning of advance payment deed.
7. करारनामाको लिखत किन आवश्यक पर्दछ ?
Why deed of contract is necessary?
8. सिफारिस पत्र भनेको के हो ?
What is recommendation letter?
9. पेसी स्थगित र हाजिर हुने निवेदनबिचको फरक देखाउनुहोस् ।
Show the difference between peshi sthagitko nibedan and hajir huneko nibedan.
सबै प्रश्नको उत्तर दिनुहोस् । (Attempt All Questions) (5x5 = 25)
10. कानुनी मस्यौदा भनेको के हो ? कानुनी मस्यौदाको आवश्यकताबारे विश्लेषण गर्नुहोस् । २+३
What is deed? Explain the need of legal draft.
11. अधिकृत वारेसनामा भनेको के हो ? कस्तो अवस्थामा अधिकृत वारेसनामा दिइन्छ ? वर्णन गर्नुहोस् । २+३
What is meant by power of attorney? In which condition power of attorney is issued? Explain.
12. दृष्टि बन्धकी लिखत भनेको के हो ? दृष्टि बन्धकी लिखतको नमुना तयार गर्नुहोस्।
What is Dristibandhaki likhat ? Draft a sample of Dristibandhaki likhat.
अथवा(Or)
भोग बन्धकी लिखत भनेको के हो ? भोग बन्धकी लिखतको नमुना तयार गर्नुहोस् । २+३
What is bhogbandhaki likhat? Draft a sample of bhogbandhaki likhat.
13. नागरिकताको सिफारिस लिनका लागि आवश्यक कागजात के के हुन् ? यसको कार्यविधिको बारेमा उल्लेख गर्नुहोस् । २+३
What are documents required to get recommendation of citizenship? State its procedures.
14. समाह्वान तथा इतलायनामा भनेको के हो ? समाह्वान र इतलायनामा बिचको भिन्नता देखाउनुहोस् । ३+२
What are summons and italayanama? Show the difference between summons and italayanama.
अथवा(Or)
फिरादपत्र भनेको के हो ? फिरादपत्र लेख्दा ध्यान दिनुपर्ने कुरा के के हुन् ? ३+२
२+३ What is deed of complaints? What are the things to be considered while drafting deed of complaints?
सबै प्रश्नहरूको उत्तर दिनुहोस् । (Attempt All Questions) (2x8=16)
15. पुनरावेदन पत्रको बारेमा उल्लेख गर्नुहोस् । झगडिया झिकाउने आदेशका लागि आवश्यक पर्ने आधारको विश्लेषण गर्नुहोस् । ३+५
State the letter of re-appeal. Evaluate the grounds necessary for the issuance of Jhagaddiya jhikauneko aadesh.
अथवा (or) खानेपानी र विद्युत् जडान गर्नका लागि सिफारिस पत्र लिन आवश्यक कागजात र प्रकियाको बारेमा चर्चा गर्नुहोस् ।
What are the necessary documents and procedures required to get letter of recommendation to connect water and electricity? Discuss.
16. बैनापट्टा लिखतको किन आवश्यक पछ ? बैनापट्टा लिखतको नमुना तयार गर्नुहोस् । ३+५
Why advance payment deed (Bainapatta) is needed? Draft a sample of advance payment deed (Bainapatta).
Source: Curriculum Development Center