A-Levels 2081

Instructional Pedagogy and Evaluation: Grade 12 Model Questions

February 26, 2022
Counseling

कक्षा १२

शैक्षणिक पद्धति र मूल्याङ्कन (Instructional Pedagogy and Evaluation)

सवै प्रश्नहरु अनिवार्य छन् । (Attempt all questions.)

समय ३ घण्टा (Time: 3 hours)

समूह क (Group A)

अति छोटो उत्तरात्मक प्रश्न (Very short answer type questions) (११*१ = ११)

१. पेडागोजी शब्दको अर्थ लेख्नुहोस् ।
Write the meaning of the term pedagogy'.

२. कुनै एउटा शीर्षकमा एउटा विशिष्ट उद्देश्य लेख्नुहोस् ।
Write one specific objective of any one topic.

३. विद्यार्थीलाई कक्षामा प्रश्न सोध्ने उपयुक्त दुई तरिका लेख्नुहोस् ।
Write appropriate two techniques of questioning students in classroom.

४. दृष्टिविहीन विद्यार्थीको लागि उपयुक्त एउटा शैक्षिक सामग्री र अनुपयुक्त एउटा शैक्षिक सामग्रीको नाम लेख्नुहोस्
Write one example of an instructional material which is appropriate and one example which is not appropriate for students with sight disabilities.

५. शिक्षण विधि र शिक्षण तरिकाबिच एक भिन्नता लेख्नुहोस् ।
Differentiate between teaching method and teaching technique in one point.

६. विद्यार्थीको व्यवहारमा आएको परिवर्तनलाई मात्रात्मक रूपमा अङ्क दिने र तिनको व्यवहारको प्रगतिको लेखाजोखा गर्ने कार्यलाई के भनिन्छ ?
What is said to the act of assigning numbers to the change that has come in the behavior of student and to the act of appraising the progress of the performance of student?

७.उत्तरपुस्तिका परीक्षणमा एउटा परीक्षक र अर्को परीक्षकले दिने अङ्कमा घटीबढी हुन सक्ने र अङ्क हेरफेर नहुने किसिमका प्रश्नलाई के भनिन्छ ?
What is said to the type of questions where there is variation in assigning marks to the answer sheet from one examiner to another and where there is no variation at all in this process of assigning marks?

८. कक्षा ६ को परीक्षाका लागि आन्तरिक मूल्याङ्कन गर्दा देखिने कुनै दुईओटा सबल पक्ष लेख्नुहोस् ।
Write any two strong points of conducting internal assessment in the examination process of Grade VI.

९. प्रश्नको कठिनाइ स्तर कति हुनु उपयुक्त हुन्छ र किन ?
How much difficulty level of a question item is appropriate and why?

१०. विषयगत प्रश्नको अङ्कन प्रक्रियामा सुधार गर्ने दुईवटा तरिकाहरु उल्लेख गर्नुहोस् ।
State two measures for improving scoring procedures of subjective test items.

११. एकीकृत पाठ्यक्रमअनुसार हाल नेपालमा कुन मूल्याङ्कनमा जोड दिइएको छ ?
Which assessment system is emphasized in Nepal according to the integrated curriculum?


समूह ख (Group B)

छोटो उत्तरात्मक प्रश्न (Short answer type questions) ८*५ = ४०

१२. शिक्षणको अर्थ स्पष्ट गर्दै शिक्षण र सिकाइबिचको सम्बन्ध देखाउनुहोस् ।
Illustrate the relationship between teaching and learning with clarifying the meaning of teaching.

१३. कक्षा तीनको कुनै विषयको एउटा पाठ छान्नुहोस् । उक्त पाठको उद्देश्य र पाठको कक्षा सुरु गर्ने तरिका उल्लेख गर्नुहोस्।
Select a topic/lesson from any subject of Grade III. Write specific objectives of the lesson and the way you introduce the lesson.

अथवा OR

प्रारम्भिक कक्षाहरुमा कक्षा शिक्षण व्यवस्था किन उपयुक्त हुन्छ ? स्पष्ट गर्नुहोस् ।
Why is grade teaching appropriate for students studying in elementary grades? Clarify.

१४. विद्यालय वरिपरि पाइने शिक्षण सिकाइका लागि उपयुक्त हुने दुईओटा सामग्रीहरुको नाम लेख्नुहोस् र तिनको कक्षामा प्रयोग गर्ने तरिका वर्णन गर्नुहोस् । List out two local materials available at school surroundings appropriate for teaching learning and describe the ways of using these materials in the classroom.
१५. मूल्याङ्कन भनेको के हो? विद्यार्थीको सर्वाङ्गीण विकासको उद्देश्यको सन्दर्भमा शैक्षिक प्रगतिको अवस्था कसरी मूल्याङ्कन गर्नुपर्दछ ? वर्णन गनुहोस् । What is evaluation? How should evaluation be done for educational progress of students in the context of their all-round development? Describe.

अथवा OR

विद्यार्थीको सिकाइको सारभूत पक्षको मूल्याङ्कन गर्नका लागि मूल्याङ्कनका कस्ता विधि उपयुक्त मानिन्छन् ? छोटकरीमा तर्कसहित प्रस्ट पार्नुहोस् ।
What type of evaluation devices are appropriate for evaluating the essence of learning of students? Clarify with logics.

१६. लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थीको उपलब्धि मूल्याङ्कन गर्ने तरिका लेख्नुहोस् ।
Write the ways of assessing the students' achievement based on the letter grading directive 2078.

१७. एक जना विद्यार्थीको अनुशासनसम्बन्धी व्यवहार मूल्याङ्कन गर्नका लागि क्रम मापक (रेटिङ स्केल) को प्रयोग कसरी गर्नुहुन्छ ? उदाहरणसहित लेख्नुहोस् ।
How do you use a rating scale for assessing disciplinary behavior of a student? Write with example.

१८. सिकाइका लागि परीक्षा भन्ने अवधारणा राम्रो देखिन्छ । यस किसिमको अवधारणालाई वास्तविकतामा रूपान्तरण गर्न क के गर्न सकिन्छ ? सुझाव दिनुहोस् ।
The concept of examination for learning sounds good. How can this concept be transformed in
reality? Give suggestions.

१९. नेपालमा कार्यान्वयन गरिएको निरन्तर मूल्याङ्कन पद्धतिका कमजोरीका कारण औंल्याउनुहोस् । यस पद्धतिमा सुधारका उपाय केके हुन सक्छन् ? उल्लेख गर्नुहोस् ।
Identify causes of not effective implementation of continuous assessment system (CAS) and suggest ways of improvement in this system.


समूह ग (Group 'C')

लामो उत्तरात्मक प्रश्न (Long answer type questions) ३*८ = २४

२०. पाठ योजना बनाउँदा ध्यान दिनुपर्ने कुरामध्ये कक्षामा गरिने शिक्षणका तीनओटा चरण के के हुन् ? तिनको प्रयोग गर्ने तरिकाको उदाहरणसहित व्याख्या गर्नुहोस् ।
What are the three phases of teaching in classroom that are to be considered in preparing lesson plans? Explain ways of action in classroom in those phases with examples.

२१. सहयोगात्मक सिकाइका रणनीतिहरु वा तौरा रका के के हुन सक्छन् ? तिनको कक्षामा प्रयोग गर्ने तरिका उदाहरणसहित व्याख्या गर्नुहोस् ।
What are the cooperative learning strategies? Explain ways of action for those strategies in teaching
with examples.

२२. विशिषटकरण तालिकाको एउटा उदाहरण दिएर नमुना तयार गर्नुहोस् र यसका प्रत्येक आयामहरुको महत्त्व स्पष्ट गर्नुहोस् ।
Prepare an example of specification chart and explain the importance of its each dimension.

अथवा OR

बहुवैकल्पिक प्रकारको तीनओटा प्रश्न (ज्ञान, बोध र प्रयोगको एक एकओटा) तयार गर्नुहोस् । ती प्रश्नका कमजोर पक्षको समीक्षा गर्नुहोस् र यस्ता प्रश्नमा सुधार गर्ने उपाय वर्णन गर्नुहोस् ।
Prepare three multiple choice type items. Review the weaknesses of these multiple type items and describe the ways of improvement in these type of items. 

Source: Curriculum Development Center 

Bachelors Portal