United Academy

64th Senate meeting of Kathmandu University approved the budget of 2 Arba, 65 Crore and 70 lakha

Edusanjal

April 05, 2014
KMC Lalitpur
Kathmandu University held its 64th Meeting in Kathmandu University premises on July 5.  Chairman of   the Interim Election Government of Nepal and Chancellor of Kathmandu University Khil Raj Regmi also attended the senate meeting. 
The meeting approved the budget of Kathmandu University, 2 Billion, 69 million and seventy hundred thousands for upcoming fiscal year.  According to Vice Chancellor of Kathmandu University, Dr. Ram Kantha Makaju shrestha, Kathmandu University is going to open its seventh school, i.e. Kathmandu University School of Law very soon and is also launching Masters program in Geomatics Engineering.
 
Read detail about ongling progress report of Kathmandu University in this press release. 
 
मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष तथा काठमाडौँ विश्वविद्यालयका कुलपति श्री खिलराज रेग्मीको अध्यक्षतामा आज विश्वविद्यालय सभाको ६४ औँ बैठक सम्पन्न भयो । बैठकमा माननीय शिक्षामन्त्री तथा सहकुलपति श्री माधवप्रसाद पौडेलको पनि समुपस्थिति रहेको थियो । 
आजको बैठकमा उपकुलपति प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै विश्वविद्यालयको सातौँ स्कुलका रूपमा स्कुल अफ ल बनाउन लागिएको, जियोमेटिक इन्जिनियरिङ विषयमा स्नातकोत्तर कार्यक्रम पनि सञ्चालन गर्न लागिएको र महात्मा गान्धी अध्ययन केन्द्रको पनि स्थापना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले काठमाडौँ विश्वविद्यालयको अबको गन्तव्य अन्तर्राष्ट्रिय स्तरको ‘सेन्टर अफ एक्सिलेन्स’ हुनेछ भन्दै विश्वविद्यालयको दुई दशकको अनुभव, अर्को पुस्तामा स्थापित भएको नेतृत्व र मेडिकल शिक्षामा भएको व्यापक विस्तारका सन्दर्भमा विश्वविद्यालयको संरचनागत परिवर्तनका लागि ऐनमा केही संशोधन आवश्यक भएको बताउनुभयो । 
बैठकमा नवनियुक्त रजिस्ट्रार प्रा. डा. भोला थापाले आर्थिक वर्ष २०७०–७१ मा विश्वविद्यालयले गर्न लागेका कार्यक्रमहरू प्रस्तुत गर्दै अनुमानित आय–व्यय विवरण पनि प्रस्तुत गर्नुभयो । उहाँले काठमाडौँ विश्वविद्यालयलाई विद्यार्थी मैत्री बनाउने क्रममा यसै आर्थिक वर्षभित्र आवास र खेलकुद सुविधामा विस्तार गर्ने, नयाँ हातामा रहेको घरजग्गाको थप विकास तथा निर्माणकार्य गर्ने, अन्तर्राष्ट्रिय स्तरको स्पोर्टस कम्प्लेक्स निर्माण गर्ने, स्विमिङ पुल बनाउने, पोखरीलाई विस्तार गर्ने, सरस्वतीको मन्दिर बनाउने, बहुउद्देश्यीय हल बनाउने आदि कामहरू गरिने जानकारी गराउनुभयो । 
बैठकले विद्यार्थी मैत्री नीतिलाई सर्वोपरि मानेर आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको कूल २ अर्ब ६५ करोड ७० लाख रुपियाँको बजेट पारित गरेको छ । त्यसअनुसार आयतर्फ कूल २ अर्ब ४४ करोड ९३ लाख रुपियाँ र व्ययतर्फ कूल २ अर्ब ६५ करोड ७० लाख रुपियाँ अनुमान गरिएको छ । उक्त रकममध्ये स्वास्थ्यविज्ञान कार्यक्रमतर्फ १ अर्ब ६९ करोड ६० लाख रुपियाँ आय र १ अर्ब ७२ करोड २४ लाख रुपियाँ व्यय हुने अनुमान गरिएको छ भने बाँकी कार्यक्रमतर्फ ७५ करोड ३३ लाख रुपियाँ आय र ९३ करोड ४५ लाख रुपियाँ व्यय हुने अनुमान गरिएको छ । कूल आय र कूल व्ययबीचको न्यून रकम २० करोड ७७ लाख रुपियाँ अघिल्ला वर्षहरूमा जम्मा भएको जगेडा कोषबाट पूर्ति गर्ने लक्ष्य राखिएको छ । 
बैठकले विश्वविद्यालय सभाको शिक्षक प्रतिनिधिका रूपमा असिस्टेन्ट प्रोफेसर श्रीमती ज्योति रेग्मी अधिकारीलाई, कार्यकारी परिषद्को शिक्षक प्रतिनिधिका रूपमा प्रा. डा. सञ्जयनाथ खनाललाई र प्राज्ञिक परिषद्को रिक्त सदस्य पदमा प्रा. डा. रमेशप्रसाद सिंहलाई मनोनयन गर्ने निर्णय गरेको छ । 
 
बैठकमा मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष तथा विश्वविद्यालयका कुलपति श्री खिलराज रेग्मीले निर्देशन दिँदै भन्नुभयो — “काठमाडौँ विश्वविद्यालय आफ्नै स्रोत परिचालन गरेर लक्ष्यअनुरूप अघि बढ्न सफल भइरहेको छ । यसले कानुन विषय थप गर्न लागेकोमा मलाई खुसी लागेको छ । नेपालको कानुनी व्यवस्थालाई माथि उठाउनमा अब यस विश्वविद्यालयले ठूलो भूमिका खेल्ने कुरामा मलाई विश्वास छ । यो संस्था विद्यार्थी मैत्री हुँदैछ । यसबाट संस्था दिगो बन्ने कुरामा म विश्वस्त छु । विद्यार्थीको भावनाअनुसार विश्वविद्यालयलाई सहज र अनुकूल बनाउने प्रयास हामीले गर्नुपर्छ । यस संस्थाले नेपाल सरकारसँग माग गरेका कुरामा सरकार सकारात्मक छ र सल्लाह गरेर हामी सहयोग गर्नेछौँ । यस संस्थालाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाउन पनि सरकारले सहयोग गर्नेछ ।”
Bridge Course
A-Levels 2081
Counseling