Application open for Scholarships in Film Studies

Open From: September 11, 2015
Until: September 25, 2015
This scholarship/grant is closed.
Kathford

Government of Nepal, Film Development Board has announces Scholarships for Film Studies in Bachelor, Masters and PhD levels.
 

Tribhuvan University offers Bachelor in Film Studies program in Nepal. Find more about this program:

चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना
( प्रथम पटक प्रकाशित मिति ः २०७२।०५।२५)


चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न यस बोर्डबाट प्रदान गरिने छात्रवृत्तिका लागि सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातसहित आवेदन पेश गर्नुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ । 
१. विद्यावारिधि शोधवृत्तिः चलचित्र सम्बन्धी विषयमा विद्यावारिधि गर्दै गरेका – २ जना
२. दर्शनाचार्य शोधवृत्तिः चलचित्र सम्बन्धी विषयमा दर्शनाचार्य गर्दै गरेका – २ जना

३. स्नातकोत्तर छात्रवृत्तिः
(क) चलचित्र सम्बन्धी शोधकार्य गर्ने – २ जना
(ख) चलचित्र सम्बन्धी ऐच्छिक पत्र लिने तथा शोधपत्रसमेत लेख्ने विद्यार्थी – २ जना

४. स्नातक तह छात्रवृत्तिः चलचित्र सम्बन्धी मूल विषय लिएर स्नातक तह अध्ययन गर्ने,
• खुलातर्फ – ५(पाँच) जना 
•आरक्षणतर्फ:
(क) मधेशी, दलित र जनजातितर्फ– ३(तीन) जना, 
(ख) महिलातर्फ– २(दुई) जना 

५. विद्वत्वृत्तिः •चलचित्रसम्बन्धी स्वतन्त्र रूपले अध्ययन गर्न चाहने अध्येताहरू – २ जना/समूह

सम्बन्धित आवेदकहरूले प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र बोर्डको कार्यालयमा आवेदन दर्ता गराइसक्नु पर्नेछ । आवेदन फारम बोर्डमा सम्पर्क गरेर वा बोर्डको वेवसाइट www.film.gov.np बाट प्राप्त गर्न सकिने छ ।

संलग्न गर्नुपर्ने कागजातः 
• रू. १०।– (दश) को हुलाक टिकट सहितको आवेदन फारम,
• नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 
• शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरू
• छात्रवृत्तिका लागि कुनै निकाय वा संस्थाले सिफारिस गरेको भए सोसँग सम्बन्धित कागजात
• छात्रवृत्तिका लागि सहयोग गर्ने सिफारिस लगायतका अन्य सबै कागजातहरू ।
• विद्वत्वृत्तिका लागि आवेदन दिने आवेदकले चलचित्र विकास बोर्डले निर्धारण गरेको ढाँचामा तयार पारिएको अनुसन्धान प्रस्ताब पेश गर्नुपर्ने छ ।

विस्तृत जानकारीको लागि चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।

Downloads:

Application_form_for_Scholarship_2072- CHOOSE YOUR RESPECTIVE FORM.pdf 
 

All_Application_form_for_Scholarship_2072.docx 
 

CMAT Banner

Worried About Education Costs?

Scholarships are competitive, but Edusanjal guarantees discount access to 50+ institutions for 40+ programs.

Check Your Eligibility