A-Levels 2081

Sociology Grade 12 Model Questions

February 26, 2022
Counseling

कक्षा (Grade): XII
समाजशास्त्र (Sociology [Soc.212])
समय (Time): 3 Hrs.  (Full Marks): 75

परीक्षार्थीले सकेसम्म आफ्नै शब्दमा मौलिक उत्तर दिनुपर्ने छ । किनारामा दिइएका अङ्कले पूर्णाङ्कलाई जनाउँछ। (The candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.)


समूह क (Group A)

अति सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू (Very Short Answer Questions)

सबै प्रश्न हल गर्नुहोस् (Attempt All Questions) (11x1=11)

१. असमानताको एक वाक्यमा परिभाषा दिनुहोस् ।
Define inequality in a sentence.

२. सामाजिक परिवर्तन भनेको के हो ?
What is meant by social change?

३. पेसा परिवर्तनले व्यक्तिको जीवनमा पार्न सक्ने कुनै दुई प्रभाव प्रस्तुत गर्नुहोस् ।
Present any two impacts that could be caused in an individual with the change of profession.

४. बिप्रेषण नेपालको अर्थतन्त्रको भरपर्दो साधन हुन सक्दैन । किन ?
Remittance can't be a reliable means of Nepalese economy. Why?

५. बसाइँसराइको कुनै दुई कारण लेख्नुहोस् ।
State any two causes of migration.

६. सहरीकरण भनेको के हो ?
What is meant by Urbanization?

७. विकासको समाजशास्त्रीय अवधारणा लेख्नुहोस् ।
Write the sociological concept of development.

८. सङ्घीयता भनेको के हो ?
What do you mean by Federalism?

९. नेपालको प्रादेशिक विकास किन चुनौतीपूर्ण देखिन्छ ? दुई प्रमाण दिनुहोस् ।
Why is provincial development challenging in Nepal? Give two proofs.

१०. मुलुकी (संहिता) ऐन, २०७४ कहिले देखि कार्यान्वयन भएको हो ? पूरा मिति लेख्नुहोस् ।
When was civil (codified) code, 2074 implemented? Write full date.

११. समाजमा भइरहेको सामाजिक भेदभाव रोक्न तपाइँले के कार्य गर्नुभएको छ ?
What works have you done to prevent social inequality existing in society?


समुह 'ख' Group B

(Short answer questions) (8x5=40)

सबै प्रश्नको उत्तर दिनुहुस् (Attempt all questions)

१२. नेपालमा पेसा र जीविकोपार्जनबिचको सम्बन्ध प्रस्तुत गर्नुहोस् ।
Present the relation between profession and livelihood in Nepal.

१३. 'सामाजिक विविधता नेपाली समाजको पहिचान हो।' कसरी ? उदाहरणसहित बयान गर्नुहोस् ।
‘Social diversity is the identity of Nepalese society.' Explain with examples.

अथवा (or),

सीमान्तीकरणबाट समाजमा सिर्जना हुने समस्या समाधानका लागि योजना बनाउनुहोस् ।
Make a plan to solve the problems borne by marginalization.

१४. नेपाली परिवार प्रथामा आएको परिवर्तन के के छन् ? बुंदागत रूपमा उल्लेख गर्नुहोस् ।
What are the changes seen in the Nepalese family custom? Mention in points.

१५. नेपालमा सामाजिक संस्थाले गरेका कार्य विवादित भई सार्वजनिक टीका टिप्पणी हुने गरेको पाइन्छ । यस सन्दर्भमा
आफ्ना धारणा लेख्नुहोस् । The works carried out by social institutions in Nepal are commented on and publicly criticized. Write your opinions in this regard.

१६. नेपालमा स्थानीय विकासका आयामहरु उल्लेख गर्दै दुई साथीबिचको संवाद तयार पार्नुहोस् ।
Prepare a dialogue between two friends mentioning the dimensions of local development in Nepal.

१७ मुलुकी ऐनको सम्पत्ति र अंशवण्डा महल तपाईंको जीवनमा कसरी प्रयोग योग्य भएको छ ? लेख्नुहोस्।
In what ways are the section of property and its division mentioned in civil code applicable for your life? Write down.

१८. सामाजिक अनुसन्धानमा स्थलगत अध्ययनको महत्त्व लेख्नुहोस् ।
Write down the importance of field study in social research.

१९. तपाईंले कुनै एक अनुसन्धान गरेको हुनुपर्छ, उक्त अनुसन्धानको प्रतिवेदनको परिचय र उद्देश्य खण्ड लेख्नुहोस् ।
You might have made a research, now write the introduction and objectives part of report of the research.


अथवा (or),

नेपालमा बसाइँसराइ प्रवृत्तिको विश्लेषण गर्नुहोस् । Analyze the trend of migration in Nepal.

समूह ग


लामो उत्तरात्मक प्रश्नहरु (Short answer questions) ३*८ = २४

सबै प्रश्नको उत्तर दिनुहुस् (Attempt all questions)

२०. नेपाली समाजमा असमानताका आयामको विस्तृतमा चर्चा गर्नुहोस् । Discuss in detail the dimensions of inequality in Nepalese society.

अथवा (or),

विवाहको परिभाषा दिई यसका कार्यको चर्चा गर्नुहोस् ।
Define marriage and discuss its functions.

२१. आरक्षणको संवैधानिक प्रावधानले सीमान्तकृत जातजाति र समुदायलाई विकासका मुलधारमा ल्याएको दृष्टान्त प्रस्तुत गर्दै एक लेख तयार पार्नुहोस्।

Prepare an article presenting the instances of mainstreaming the marginalized castes and community in development via reservations of the constitutional provisions.

२२. नेपालमा सहरीकरणलाई व्यवस्थित गर्न के कस्ता रणनीति तयार पार्नुपर्छ ? व्याख्या गर्नुहोस् ।
What type of strategies should be prepared for the management of urbanization in Nepal? Explain them.

Source: Curriculum Development Center 

Bachelors Portal