United Academy

Social and Life Skill Education (सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा ): Grade XII Model Question

February 26, 2022
Bridge Course

नमुना प्रश्नपत्र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा [Sol. 005]

कक्षाः १२ पूर्णाङ्क : ७५

समयः ३ घण्टा सबै प्रश्नहरुको उत्तर दिनुहोस् ।

समूह क

तलका प्रश्नको धेरै छोटो उत्तर दिनुहोस् : ११ X १ = ११


१. जीवन उपयोगी सिप भनेको के हो ?
२. कस्तो जीवनशैलीलाई स्वस्थ जीवनशैली भनिन्छ ?
३. सूचना सङ्कलनका लागि गुगल सर्भे फर्मको प्रयोग कसरी गर्न सकिन्छ ? कुनै एक तरिका उल्लेख गर्नुहोस् ।
४. समानुभूति सिपले सम्ब्न्ध प्रगाढ बनाउन कसरी मदत गर्छ । कुनै एक उदाहरण दिनुहोस् ।
५. नेपालको इतिहासमा अंशुवर्माले गरेका दुई सुधार कार्यहरू के के थिए ?
६. तपाईंको कक्षामा १५ जना छात्रा र १२ जना छात्र छन् । चक्र चित्रमा प्रस्तुत गर्नका लागि यो तथ्याङ्कलाई डिग्रीमा परिवर्तन गर्नुहोस् ।
७. नागरिकले पालना गर्नुपर्ने कुनै दुई कर्तव्य लेख्नुहोस् ।
८. व्यापार घाटा भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् ।
९. शिक्षाले तपाईंको समुदायको रोजगारीमा पार्ने कुनै एक प्रभाव उल्लेख गर्नुहोस ।
१०. कुनै पनि सहरले सहरीकरणको मापदण्ड लागु नगर्नाले हुने कुनै असर सम्बन्धमा सो नगरपालिकाका प्रमुखलाई __ तपाईं के सुझाव दिनुहुन्छ । कुनै एक सुझाव लेख्नुहोस् ।
११. बसाइसराइ अवसर हो कि चुनौती ? तर्कसहित आफ्नो धारणा लेख्नुहोस् ।

समूह ख

तलका प्रश्नको छोटो उत्तर दिनुहोस् :८X ५ = ४०


१२. जीवनोपयोगी सिपलाई पूर्वीय वा पाश्चात्य चिन्तन परम्पराअनुसार आफ्नो जीवनमा कसरी लागु गर्नुभएको छ ? उदाहरण प्रस्तुत गर्नुहोस् ।

अथवा

लेखन कार्यमा संलग्न रहने आफ्ना नातेदारलाई अरूका लेख रचना प्रयोग गर्दा कुन कुन नैतिक पक्षहरूमा ध्यान दिन सल्लाह दिनुहुन्छ ? कुनै पाँचओटा ध्यान दिनुपर्ने पक्षहरू उल्लेख गर्नुहोस् ।

१३. वर्तमान विश्व विविधतायुक्त छ भन्ने आधारहरू बुदागत रूपमा लेख्नुहोस् ।

१४.अन्तरप्रादेशिक सम्बन्धको सामाजिक तथा सांस्कृतिक आयामको व्याख्या गर्नुहोस्

१५ पञ्चायतकालीन कालखण्डमा राजनीतिक दलका कार्यकर्ताहरू माथि भएका मानव अधिकार हननसँग सम्बन्धित विषय समेट्ने गरी समुदायका राजनीतिज्ञलाई सोध्ने कुनै पाँचओटा प्रश्न तयार पार्नुहोस् ।

१६. समतामूलक समाज निर्माणमा मुख्य चुनौती र तिनको समाधानको उपायको चर्चा गर्नुहोस् ।

१७. सूचनाको हक भनेको के हो ? लोकतान्त्रिक प्रणालीमा यसको महत्त्व उल्लेख गर्नुहोस् ।

१८. नेपालको शिक्षा क्षेत्रमा समावेशीकरणका सन्दर्भमा देखिएका चुनौतीहरू उल्लेख गर्नुहोस् ।

१९. नेपाल भारतबिचको आर्थिक सहयोग र सम्बन्धको समीक्षा गर्नुहोस् । __ अथवा “अव्यवस्थित सहरीकरण विकासको चुनौती हो।” यस भनाइलाई पुष्टि गर्नुहोस् ।

समूह ग

तलका प्रश्नको लामो उत्तर दिनुहोस् :३ X ८ = २४

२०. आत्मआलोचना र स्वरुपान्तरले व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्छ । यस भनाइलाई ___ उदाहरणसहित पुष्टि गर्नुहोस ।

२१. नेपालका सातओटै प्रदेशमा विकासका लागि कस्ता भौगोलिक अवसरहरू छन् ? तिनको उपयोग कसरी गर्न सकिन्छ ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।

अथवा

वि.सं. २००७ सालको क्रान्ति र त्यसपछि देशमा उत्पन्न अवस्थाका कारण के के थिए ? त्यस्तो अवस्था आउन __ नदिन के के गर्न सकिन्थ्यो ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।

२२. नेपालका हिमाली जिल्ला र ग्रामीण बस्तीबाट बसाइँसराइ गरेर सहरतर्फ जाने मानिसको सङ्ख्या प्रतिवर्ष बढिरहेको छ । मानौँ तपाईं तीव्र बसाइँसराइ हुने कुनै एक गाउँपालिकाको अध्यक्ष हुनुभएको भए आफ्नो गाउँपालिकाबाट बसाइँ सरेर बाहिरिने क्रम रोक्नका लागि के कस्ता रणनीति अवलम्बन गर्नुहुन्थ्यो, उल्लेख गर्नुहोस् ।

Source: Curriculum Development Center 

A-Levels 2081
Bachelors Portal
Counseling