United Academy

Psychology Grade 12 Model Questions

February 26, 2022
Bridge Course

मनोविज्ञान (Psychology) [Psy.120]
कक्षा (Grade): XII समय (Time): 3Hrs.
पूर्णाङ्क (Full Marks): 75


परीक्षार्थीले सकेसम्म आफ्नै शब्दमा मौलिक उत्तर दिनुपर्ने छ । किनारामा दिइएका अङ्कले पूर्णाङ्कलाई जनाउँछ । (The candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.)


समूह क (Group A)

अति सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू (Very Short Answer Questions)

सबै प्रश्न हल गर्नुहोस् (Attempt All Questions) (11x1=11)

1. मानसिक स्वास्थ्यलाई परिभाषित गर्नुहोस् । (Define Mental Health.)

2. मानवतावादी मनोविज्ञानका कुनै दुई सबल पक्ष लेख्नुहोस् । (Write any two strengths of humanistic psychology?)
3. मानिसहरुले मनोसामाजिक समस्या कसरी व्यक्त गर्छन् ? (How do people express psychosocial problems?)
4. मनोसामाजिक समस्याका कुनै दुई कारण पहिचान गर्नुहोस् । (Identify any two causes of psychosocial problems.)

5. SOLER को पूरा रूप के हो ?(What is the full form of SOLER?)

6. आत्म प्रकटीकरणलाई परिभाषित गर्नुहोस् ।(Define self-disclosure.)

7. मनोसामाजिक परामर्श मनोचिकित्सा भन्दा कसरी फरक छ ? (How does psychosocial counselling differs from psychotherapy?)

8. परम्परागत उपचार पद्धतिले कसरी मानसिक स्वास्थ्य प्रवर्द्धनमा मद्दत गर्छ ? (How can traditional healing practices help in promotion of mental health?)

9. मनोसामाजिक हेरचाहलाई परिभाषित गर्नुहोस् ।(Define psychosocial care.)

10. मनोसामाजिक हेरचाहको कुनै एक महत्त्व लेख्नुहोस् । (Write one importance of psychosocial care and support?)

11. मनोसामाजिक परामर्शमा कुनै हानी नगर्ने सिद्धान्त किन महत्त्वपूर्ण छ ?(Why the principle of do no harm is important in psychosocial counselling.)


समूह ख (Group B)

सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू (Short Answer Questions)

सबै प्रश्नहरू हल गर्नुहोस् । (Attempt All Questions.) (8x5=40)

12. नेपालमा मानसिक स्वास्थ्य सेवाको इतिहास उल्लेख गर्नुहोस् । (Mention the history of mental health services in Nepal.)
13. नेपालमा मनोसामाजिक सल्लाहकारमा रोजेरियन दृष्टिकोण किन लोकप्रिय छ ? स्पष्ट पार्नुहोस् । (Why Rogerian ____ approach is popular among Nepalese psychosocial counsellors? Clarify.)

14. मनोसामाजिक समस्याका सामान्य विशेषता वर्णन गर्नुहोस् ।(Describe the common characteristics of psychosocial problems.)

15. नेपालको सन्दर्भमा मनोसामाजिक परामर्शको क्षेत्र पहिचान गर्नुहोस् ।(Identify the scope of psychosocial counselling in the Nepalese context.)

16. तनावलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? व्याख्या गर्नुहोस् ।(How stress can be managed? Explain.)

17. आपत्कालीन अवस्थाका बहुस्तरीय सहयोगका मुख्य तत्त्व वर्णन गर्नुहोस् ।(Describe the key components of multi-layered supports in an emergency.)


अथवा(Or),

घटना वा मामला व्यवस्थापन विधिको वर्णन गर्नुहोस् ।(Describe the process of case management.)

18. PFA कार्य सिद्धान्त आपतकालीन अवस्थामा कसरी प्रयोग गर्न सकिन्छ ? व्याख्या गर्नुहोस् ।(How can the action principles of PFA be used in emergency setting? Explain.)

19. आपतकालीन अवस्थाको MHPSS को हस्तक्षेप पिरामिड प्रस्तुत गर्नुहोस् । (Illustrate the Intervention pyramid for MHPSS in an emergency.)


अथवा(Or),

मानसिक स्वास्थ्य हेरचाहका लागी IASC पिरामिड प्रस्तुत गर्नुहोस् । (Illustrate the IASC pyramid for mental health care.)


समूह ग (Group C)


लामो उत्तरात्मक प्रश्नहरू (Long Answer Questions)

सबै प्रश्न हल गर्नुहोस् । (Attempt All Questions.) (3X8 =24)

20. मनोसामाजिक समस्याको मनोसामाजिक कल्याणसँगको भिन्नता देखाउनुहोस् । (Differentiate psychosocial wellbeing from the psychosocial problem.)

21. “सञ्चार कौशलता मनोसामाजिक परामर्श पेसाको मेरुदण्ड हो ।” उपयुक्त उदाहरणसहित प्रमाणित गर्नुहोस् ।
("Communication skill is the backbone of the psychosocial counselling profession." Justify with appropriate example.)

22. मनोसामाजिक हेरचाह र सहयोगको सिद्धान्त महामारीको अवस्थामा कसरी प्रयोग गरिन्छ ? (How the principle of psychosocial care and support is used in a pandemic situation.)


अथवा(Or),

मनोवैज्ञानिक प्राथमिक उपचार (PFA) लाई आपतकालीन अवस्थामा कसरी प्रयोग गर्न सकिन्छ ? (How psychological first aid (PFA) can be used in an emergency?)

Source: Curriculum Development Center 

A-Levels 2081
Bachelors Portal
Counseling