United Academy

Culture Grade 12 Model Questions

February 26, 2022
KMC Lalitpur

संस्कृति (Culture [Cul.324])

कक्षा (Grade): XII

समय (Time): 3 Hrs. (Full Marks): 75

परीक्षार्थीले सकेसम्म आफ्नै शब्दमा मौलिक उत्तर दिनुपर्ने छ । किनारामा दिइएका अङ्कले पूर्णाङ्कलाई जनाउँछ । (The candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.)


समूह क (Group A)

अति सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू (Very Short Answer Questions) (11x1-11)

१. पुरातत्त्वलाई परिभाषित गर्नुहोस् ।
Define 'Archaeology'.

२. प्राग इतिहासको अर्थ के हो ?
What is the meaning of Pre -history?

३. आफ्नो टोल छिमेकमा रहेका पुरातात्त्विक अभिलेखलाई तपाईं कसरी संरक्षण गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।
How do you preserve the archaeological inscription found in your tole and neighbour? Write in a sentence.

४. इतिहास र संस्कृतिको अध्ययनका लागि मुद्राको प्रयोग कसरी उपयोगी हुन्छ ?
How is the use of coin useful to study the history and culture?

५. लिच्छविकालीन कलाका दुईओटा विशेषता लेख्नुहोस्।
Write any two characteristics of art of Lichchhivi period.

६. चित्रकला भनेको के हो ?
What is meant by Painting?

७. शिखर शैलीको वास्तुकला भन्नाले के बुझिन्छ ?
What is meant by Shikhara style architecture?

८. विश्व सम्पदा क्षेत्र भनेको के हो ?
What do you mean by world heritage site?

९. सङ्ग्रहालको अर्थ लेख्नुहोस् ।
Give the meaning of Museum.

१०. पर्यटनका प्रकार उल्लेख गर्नुहोस् ।
Mention the types of Tourism.

११. सांस्कृतिक पर्यटन भन्नाले के बुझ्नुहुन्छ ?
What do you mean by cultural tourism?


समूह ख (Group B)

सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू (Short Answer Questions) (8x5 =40)

१२. लुम्बिनी क्षेत्रमा पाइएका पुरातात्त्विक वस्तुहरूको सङ्क्षिप्तमा वर्णन गर्नुहोस् ।
Describe in short the archaeological remains found in Lumbini site.

१३. ब्राह्मी लिपिले नेपाली कला, संस्कृति र इतिहासलाई कसरी प्रतिविम्बित गरेको छ ? उदाहरणसहित प्रस्तुत गर्नुहोस् । How has the Brahmi Script reflected Nepalese art, culture and history? Present it with examples.


अथवा (Or),

होमोसेपियन्स मानवको जीवन शैलीबारे चर्चा गर्नुहोस् ।
Explain the Homo sapiens human life style.

१४. मल्लकालीन मुद्राका विशेषता उल्लेख गर्दै एक दैनिक पत्रिकाका लागि समाचारको नमुना तयार पार्नुहोस् ।
Prepare a model of news for a daily newspaper mentioning the characteristics of Malla Period Coins.

१५. नयाँ घर बनाउन परिवारमा छलफल चलिरहेको सन्दर्भमा घर निर्माणको परम्परागत नेपाली शैली अपनाउन तपाईं किन सिफारिस गर्नुहुन्छ ? लेख्नुहोस् ।

Why do you recommend to adopt traditional Nepalese style of house building in the midst of discussion in your family regarding new house construction? Write.

१६. अमूर्त सम्पदा सम्बन्धी युनेस्को महासन्धि, २००३ का मुख्य प्रावधान उल्लेख गर्नुहोस्।
Mention the major provisions of UNESCO Protocol related to Abstract Heritage sites, 2003.

१७. तपाईं देशको पर्यटन मन्त्री हुनुभयो भने यहाँका सांस्कृतिक सम्पदाका क्षेत्र संरक्षण र संवर्द्धन गर्न कस्तो योजना बनाउनुहुन्छ ? योजना प्रस्तुत गर्नुहोस् । What plan would you make to protect and promote Nepalese cultural heritage sites if you were appointed minister for tourism in nation? Present the plan.

१८. नेपालको सङ्ग्रहालयल क्षेत्रका समस्या र समाधानका उपाय उल्लेख गर्नुहोस्।
Mention the problems and remedial measures of the museum in Nepal.

१९. पर्यटनले तपाईंको समाजमा पारेको सकारात्मक प्रभावको सूची तयार पार्नुहोस् ।
List out the positive impacts caused by tourism in your society.

अथवा (Or),

धातुकला र काष्ठकलाबिचका पाँचओटा फरक लेख्नुहोस् । Differentiate between metal and wooden craft in five points.


समूह ग (Group C)

लामो उत्तरात्मक प्रश्नहरू (Long Answer Questions) (3X 8 = 24)

२०. नव पाषाण कालको परिचय दिई यसका मुख्य विशेषता वर्णन गर्नुहोस् ।
Introduce the Neolithic period and explain the chief features of it. अथवा (Or),

नेपालमा पर्यटन विकासको इतिहास सम्बन्धमा चर्चा गर्नुहोस् ।
Shed light on the history of the tourism development of Nepal.

२१. नेपाली चित्रकलाको उत्पत्ति र विकास सम्बन्धमा समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुहोस् ।
Present a review note on Origin and Development of Nepalese Paintings.

२२. विहार वास्तुकलाको प्रवर्द्धन गर्न नेपाल सरकार र समुदाय स्वयम्ले के के भूमिका निर्वाह गर्नुपर्ला? प्रत्येकको सूची बनाउनुहोस् ।
What role should be played by Nepal government and community itself to promote Vihara architecture? Make a list of each.

Source: Curriculum Development Center 

Bridge Course
CMAT Banner
Counseling