United Academy

Police baton charge to Microbiology student's dozens arrested

Edusanjal

January 07, 2015
Bridge Course

Students and graduates of M.Sc microbiology are protesting against the unilateral decision of Nepal Health Professional Council (NHPC) to prevent them from getting NHPC license. Today, during their ongoing protest program, dozens of students have been arrested.  Whereabouts of these students is not known till now. M.Sc students are fighting for their rights since past 7 days.

During the police intervention a dozen of Microbiology students has sustained minor to serious injury.  The struggle committee has decided to intensify the protest program and decided to shut down all the colleges which are running M.Sc Microbiology/B.Sc Microbiology across Nepal in affiliation with Tribhuvan University Institute of Science and Technology.

Read the press release of Struggle committee below

                                 प्रेस बिज्ञप्ति

आज मिति २०७१/२/२६ गतेका दिन सुक्ष्म जीव बिज्ञानशास्त्रका बिद्यार्थीहरुले आफ्नो हकहित तथा अधिकारको लागि पूर्व घोषित कार्यक्रम मुताबिक लोकतान्त्रिक विधिसम्मत तबरले आन्दोलनरत रहदा कानुनको संरक्षक कहलिएको प्रहरी प्रशासनले अमानबीय, निर्दयी, बर्बर र अराजक ढंगबाट कानुनको ठाडो अवज्ञा हुनेगरी शैक्षिक संस्थाभित्र रहेका बिद्यार्थीहरुमाथि  अत्यन्त दर्दनाक र क्रुरपूर्ण तबरले तथा मानब अधिकार र लोकतान्त्रिक  विधिको ठाडो उपहास हुनेगरी करिब १५ दर्जन जति बिद्यार्थीहरुलाई गिरफ्तार गरी अज्ञात स्थलमा लागेको छ, जुन तत्काल सार्बजनिक गरियोस. यस्तोखाले रबैयाको हामी सबै विद्यार्थीको तर्फबाट माइक्रोबायोलोजी संघर्ष समिति घोर भर्त्सना गर्दछ. विधिको शासन र कानुनको तर्क गरेर नथाक्ने प्रहरी प्रशासन तथा सरोकारवालाहरुले यत्रो दमन र अत्याचार हुदा त्यसको लागि सशक्त कारबाही हुनुपर्छ कि पर्दैन? कुनचाहि कानुनले प्रहरी प्रशासनलाई शैक्षिक संस्था भित्र गएर ज्यादती गर्न बाटो खोल्यो?

यत्रो ज्यादतिको क्रममा अज्ञात स्थलमा लगिएका विद्यार्थी साथीहरुको  यथाशीघ्र रिहाई तथा  घाइतेहरुको प्रभाबकारी उपचार गर्नका लागि राज्य संयन्त्रलाई हामी अपील गर्दछौ. अन्यथा हामी बिद्यार्थिहरुमथी हुने यस्तो दमनको कडा प्रतिरोध गर्ने तथा त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेबारी राज्य संयन्त्रले लिनुपर्नेछ. साथै हाम्रो मागहरु तत्काल सम्बोधन नभएमा आन्दोलनलाई अझ बढी सशक्त र प्रभाबकारी तुल्याईनेछ . साथै माइक्रोबायोलोजीका विभिन्न तहहरु अध्यापन हुने शैक्षिक संस्थामा रहेका बिद्यार्थीहरु कर्मचारीहरु तथा प्रशासनले हाम्रो आन्दोलनप्रति  एक्यबद्धता  जनाई  सम्पूर्ण ढंगबाट सहयोग  जनाईदिनुहुन  अनुरोध छ. साथै मिति २०७१/२/२७ गतेबाट माइक्रोबायोलोजी अध्ययन हुने अधिराज्यभरिका   संस्थाहरु अनिश्चितकालिन रुपमा बन्द रहने व्यहोरा पनि अबगत गराउन चाहान्छौ.

माइक्रोबायोलोजी संघर्ष समिति

A-Levels 2081
Bachelors Portal
Counseling