Kathford

How to get No Objection Letter from Ministry of Education Nepal

Edusanjal

June 12, 2015

If you are planning to go abroad for Higher Education, you have to get “No Objection Letter” from Ministry of Education, Nepal.

Nepalese Law regarding No Objection Letter:

(1) No citizen of Nepal shall go abroad for higher study without receiving no objection letter to be issued by the Ministry of Education and Sports.

(2) A citizen of Nepal who wants to go abroad for higher study shall produce an application before the Ministry of Education and Sports for no objection letter upon mentioning the particulars as prescribed, along with the fee as prescribed.

(3) While making an inquiry into the application received pursuant to the Sub-section (2) if the request of applicant is found justifiable, the Ministry of Education and Sports shall issue a no objection letter to the applicant in a prescribed format: Explanation: For the purpose of this Section the term higher education includes also higher secondary education.

(4) If a person granted no objection letter pursuant to Subsection

(3) to go abroad for higher study, produces an application before the Ministry of Education and Sports for such study to get the facility of foreign currency exchange, the Ministry so concerned may recommend as prescribed to the concerned authority to provide the facility of such foreign currency exchange to the applicant.

(5) Notwithstanding anything contained elsewhere in this Section, in a case of Government official, scholarship shall be provided pursuant to the provision of concerned prevailing law relating to condition of service

This article mentions the documents required to get No objection letter and step by step process to get it. 

अध्ययन स्वीकृति (No Objection Letter) तथा विदेशी मुद्रा सटही सुविधा सिफारिस पत्र प्राप्त गर्न निम्नअनुसारका कागजातहरूको सक्कल (Original) सहित एक एक प्रति प्रतिलिपि (Photocopy) पेस गर्नुपर्नेछ । सक्कल (Original) नभएको अवस्थामा नोटरी पब्लिक (Notary Public) बाट रीतपूर्वक प्रमाणित (Notarized) गरिएका कागजातहरू पेस गर्न सकिनेछ ।

आवश्यक कागजातहरूः

  विद्यार्थीको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल तथा एक प्रति प्रमाणित (Notarized) प्रतिलिपि,

  जुन तह (Level) अध्ययन गर्न जाने हो, सोभन्दा एक तह मुनिको ट्रान्सक्रिप्ट (Transcript) वा उत्तीर्ण प्रमाणपत्र (Pass Certificate) वा उपाधिको प्रमाणपत्र (Degree awarded Certificate) को सक्कल तथा एक प्रति प्रमाणित (Notarized) प्रतिलिपि, (विदेशी अध्ययन संस्थाबाट उत्तीर्ण हुनेका हकमा Transcript का अतिरिक्त Pass Certificate, Degree awarded Certificate, Provisional Certificate, Migration Certificate को सक्कल तथा एक प्रति प्रमाणित (Notarized) प्रतिलिपि),

  MBBS/BDS वा सो सरहको तह / विषय अध्ययन गर्न जानका लागि नेपाल मेडिकल काउन्सिलको Eligibility Certificate को सक्कल प्रति (Original) समेत पेस गर्नुपर्नेछ ।

   MD/MS/MDS वा सो सरहको प्रवेश परीक्षा (Entrance Examination) का लागि Internship Completion Certificate र Medical Council Registration Certificate को सक्कल तथा एक प्रति प्रमाणित (Notarized) प्रतिलिपि समेत पेस गर्नुपर्नेछ ।

  MD/MS/MDS वा सो सरहको तह / विषय अध्ययन गर्न जानका लागि नेपाल मेडिकल काउन्सिलको Eligibility Certificate, Medical Council Registration Certificate र Internship Completion Certificate को सक्कल तथा एक प्रति प्रमाणित (Notarized) प्रतिलिपि समेत पेस गर्नुपर्नेछ ।

  अभिभावकले निवेदन दिने भएमा अभिभावकको नागरिकताको प्रमाणपत्रको सक्कल तथा एक प्रति प्रमाणित (Notarized) प्रतिलिपि समेत पेस गर्नुपर्नेछ । अभिभावक भन्नाले एका परिवारका हजुरबा, हजुरआमा, बाबुआमा, पति पत्नी, दाजुभाइ, दिदीबहिनीलाई जनाउँछ ।

  शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा नाम, थर फरक भएमा नागरिकता प्रदान गर्ने जिल्ला प्रशासन कार्यालयले निज एउटै व्यक्ति हो भनी प्रमाणित गरिदिएको सिफारिस पत्रको सक्कल तथा एक प्रति प्रमाणित (Notarized) प्रतिलिपि समेत पेस गर्नुपर्नेछ ।

विवाहका कारण थर फरक भएमा विवाह दर्ता प्रमाणपत्रको सक्कल तथा एक प्रति प्रमाणित (Notarized) प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ ।

पत्र प्राप्त गर्ने प्रक्रिया

  एकभन्दा बढी विषय (Subject), तह (Level) र अध्ययन संस्था (Institute/College/University) का लागि अध्ययन स्वीकृतिपत्र बनाउन चाहने विद्यार्थीहरूले प्रत्येक विषय, तह, अध्ययन संस्थाका लागि छुट्टाछुट्टै आवेदन फाराम भरी राजस्व समेत छुट्टाछुट्टै बुझाउनुपर्नेछ ।

  आवेदन फाराम (Application Form) भर्ने क्रममा नाम भर्दा शैक्षिक प्रमाणपत्रका आधारमा, ठेगाना र बाबु वा आमाको नाम भर्दा नागरिकताको प्रमाणपत्रका आधारमा, अध्ययन गर्न स्वीकृति पत्र मागेको विषय (Required Subject) भर्दा एक तह मुनिको योग्यताका आधारमा, अध्ययन गर्ने तह (Required Level of Study) भर्दा एक तह मुनिको उपाधिका आधारमा, अध्ययन गर्ने संस्था (College/Institute/University) भर्दा Offer letter/Acceptance Letter/ I-20 का आधारमा आवेदन फाराम भर्नुहोला ।

१) आवेदन फाराम वितरण (Application Form Distribution)                  २(१) नं. झ्याल

२) फाराम रुजु गराउने (Application Form‌+ Document Verification)       २(२) नं. झ्याल

३) राजस्व बापत रू.२०००।- बुझाउने (Revenue Deposit)                         १ नं. झ्याल

४) आवेदन फाराम दर्ता गराउने (Application Registration)                     ३ नं. झ्याल

५) पत्र वितरण/बुझिलिने (No Objection Letter Distribution)                 ६ नं. झ्याल

कृपया आफ्नो पत्र (No Objection Letter) आफूले भरेको आवेदन फाराम (Application Form) अनुसार छ छैन हेरेर मात्र बुझिलिनु होला र उक्त पत्रमा रहेको व्यहोरा सच्याउनुपर्ने भए पत्र बुझिलिएको दिनमा मात्र सच्याउन पाइनेछ ।

तोकिएको समयः

  आइतबारदेखि बिहीबारसम्म १२:०० बजेसम्म मात्र आवेदन फाराम दर्ता गरिनेछ ।

  शुक्रबार ११:३० बजेसम्म मात्र आवेदन फाराम दर्ता गरिनेछ ।तोकिएको समयभित्र दर्ता गरिएका र तोकिएका कागजातहरू पूरा भएका आवेदनको No Objection Letter सोही दिन वितरण गरिनेछ । 

विदेशमा MD/MS/MDS वा सो सरहको प्रवेश परीक्षा (Entrance Examination) मा सहभागि हुन चाहने इन्टर्नसीप पूरा नगरेका विद्यार्थीका सन्दर्भमा नेपाल मेडिकल काउन्सिलबाट इन्टर्नसीप कोर्ष एमबीबीएस कार्यक्रमको अभिन्न अङ्ग भएको र एक वर्षको इन्टर्नसीप पूरा गरिसकेपछि पनि नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षा उत्तीर्ण गरेकाले मात्र अस्थायी दर्ता पाउने र सो दर्ता भएपछि मात्र उच्च शिक्षाका लागि योग्य हुने व्यहोरा प्राप्त भएको अवस्थामा यस मन्त्रालयको २०६९ असोज १२ गतेको निर्णयानुसार MD/MS/MDS Entrance Examination का लागि देहायका सबै कागजातहरू पेश गरेको अवस्थामा मात्र No Objection Letter प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरूः

  1.   विद्यार्थीको नेपाली नागरिकताको प्रमाणपत्र ।
  2.   MBBS वा सो सरह उत्तीर्ण गरेको प्रमाणपत्र (Transcript / Pass Certificate / Degree awarded Certificate)
  3.   Internship Completion Certificate र Medical Council Registration Certificate.

Download: Application form for No Objection letter.pdf

Source: Ministry of Education Nepal. 

Bachelors Portal