Exam

Lower Secondary Level (Ni Ma Vi) Teaching License Exam: Teachers Service Commission

The Government of Nepal's Teacher Service Commission selects teachers for public schools. The Teacher Service Commission has released the curriculum for the written examination for the Lower Secondary Level Teaching License for the year 2078. The exam is one hour long and carries 100 marks. Candidates must secure at least 50 marks to pass.

The questions will be asked from the following areas; 

  • The teaching license exam for the lower secondary level will be objective. The objective examination will consist of 50 questions, each worth two marks.
  • The objective questions will be divided into 50% from Level I, 30% from Level II, and 20% from Level III.
  • A time of 1 hour is allocated for this examination.
  • Each correct answer in the multiple-choice questions will be awarded two marks. There is no provision of negative marking for incorrect answers. 

 

Full Marks: 100
Pass Marks: 50
Exam Type: Paper-based
Question Type: Both
Number of Questions: 50
Duration:1 hours
Negative Marking: No Such Provision

Eligibility

Age Limit

The applicant should have crossed 18 years of age by the last date of application. 

Education Qualification

(a) The candidate must be a Nepali citizen.

(b) The candidate must comply with Rule 10 of the Teachers Service Commission Regulations, 2057 BS.

(c)The candidate must have passed the secondary education examination (Class 12) or an equivalent exam from a recognized educational institution in the related subject (at least 200 marks or eight credit hours). For candidates completing 10+2 or equivalent in subjects other than Education, they should have completed at least ten months of training in the education subject

(d) Applicants with higher qualifications than mentioned above can also apply for the lower secondary level teaching license exam. 

Syllabus

The laws, regulations, policies, and programs included in this curriculum should be considered as they were in effect up to three months before the exam date, whether they have been amended, repealed, or added. (यस पाठ्यक्रममा परेका ऐन, नियम, कानुन, नीति तथा कार्यक्रमहरू परीक्षाको मितिभन्दा ३ महिना अगाडि (संशोधन भएका वा संशोधन भई हटाइएका वा थप गरी संशोधन भई) कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्झनु पर्ने छ।)

Download

Lower Secondary Level Teaching License Exam Syllabus 

This curriculum will apply to examinations conducted from Chaitra 2, 2078 BS onwards.

१. पाठयक्रमको परिचय
यो पाठ्यक्रम निम्नमाध्यमिक तहमा शिक्षक हुन चाहने व्यक्तिहरुका लागि तयार पारिएको हो । नेपालमा विद्यालय शिक्षाको अवस्था र शिक्षण सिकाइ पद्धतिमा आफूलाई समाहित गर्न चाहने व्यक्तिहरुले शिक्षण सेवामा प्रवेश गर्नु पूर्व सञ्चालन गरिने अध्यापन अनुमति पत्रको परीक्षाको प्रयोजनका लागि यो पाठ्यक्रम तयार गरिएको छ । यसमा नेपालको शिक्षा प्रणाली, शिक्षण सिकाइमा आएका नवीनत्तम चिन्तन, बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउने विषय, विद्यालय, समुदाय सम्बन्ध, शिक्षकको पेसागत विकास, शिक्षामा गुणस्तर, शैक्षिक नेतृत्व, कक्षाकोठा व्यवस्थापन, शैक्षणिक योजना, विद्यार्थीका सहायताका क्षेत्रहरु, शिक्षण विधि तथा पद्धति, विद्यार्थीहरुको मूल्याङ्कनका विधि तथा प्रचलन, शिक्षण सिकाइमा अनुसन्धानको अभ्यास, सञ्चार तथा सूचना प्रविधिको प्रयोग र प्रविधिका समसामयिक विषयलाई आधार मानी शिक्षण सिकाइ तथा कक्षाकोठा व्यवस्थापनका क्षेत्रसँग सम्बन्धित भइ यो पाठ्यक्रम तयार गरिएको छ । यस पाठ्यक्रमले शिक्षणमा संलग्न हुन चाहने व्यक्तिलाई अध्यापन अनुमतिको परीक्षाका लागि आवश्यक तयारी गर्न मार्गनिर्देशन गर्ने अपेक्षा राखिएको छ ।

२. उद्देश्य
यस पाठ्यक्रमका उद्देश्यहरू निम्नानुसार रहेका छन् :

  • नेपालको राष्ट्रिय शिक्षा प्रणालीका विभिन्न पक्षहरुको सैद्धान्तिक परिचय र प्रयोगको अवस्थाका विषयमा बताउन,
  • शिक्षामा देखिएका नवीनत्तम चिन्तन र यसमा देखापरेका मूल प्रवृत्ति एवम् विशेषताको जानकारी लिई शिक्षण सिकाइमा उपयोग गर्न,
  • सिकाइको अवस्था, बालमनोविज्ञान र शिक्षा मनोविज्ञानका विभिन्न तत्वहरुको जानकारी गराउन र सिकाइमा तिनीहरुको उपयोग गर्न,
  • विद्यालय र समुदायको सम्बन्ध तथा तिनीहरुको सहसम्बन्ध कायम गरी शिक्षण सिकाइमा सहजीकरण गर्ने तरिकाहरु बताउन,
  • शिक्षकको पेसागत सक्षमता र प्रभावकारी सिकाइका लागि शिक्षकले खेल्नपर्ने भूमिकाको विवेचना गर्न,
  • शिक्षण सिकाइलाई गुणस्तरीय बनाउन योजना तथा मापदण्ड तयार गर्न,
  • शैक्षिक सुशासन कायम गर्ने विषयमा शिक्षकले खेल्ने भूमिका बताउन,
  • कक्षाकोठाको व्यवस्थापन गर्न, विद्यार्थीलाई सिकाइमा सहायता प्रदान गर्न र विभिन्न शिक्षण विधि तथा प्रक्रियाका आधारमा प्रभावकारी सिकाइ गर्न,
  • सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी शिक्षण सिकाइ गर्न,
  • शिक्षण सिकाइमा आवश्यक पर्ने बौद्धिक ज्ञान, भाषा तथा गणितीय सक्षमता र अध्ययन अनुसन्धानका निष्कर्ष तथा सुझावको उपयोग गरी शिक्षण गर्न,
  • मूल्याङ्कनका विभिन्न विधि, साधन तथा उपकरणको उपयोग गरी प्रभावकारी रुपमा विद्यार्थीको मूल्याङ्कन गर्न ।


३. पाठ्य विषय

खण्ड क : सामान्य शिक्षा

३.१. नेपालको राष्ट्रिय शिक्षा प्रणाली

  • नेपालको संविधानमा शिक्षा सम्बन्धी व्यवस्था (मौलिक हक, राज्यका निर्देशक सिद्धान्त) विद्यालय शिक्षाको संरचना र प्रकार
  • शिक्षाका राष्ट्रिय उद्देश्य तथा तहगत सक्षमताहरू (आधारभूत तह)
  • शिक्षा ऐन २०२८ (संशोधन सहित) तथा शिक्षा नियमावली २०५९
  • शिक्षक सेवा आयोग नियमावली २०५७
  • अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ तथा नियमावली, २०७७
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (शिक्षासँग सम्बन्धित मात्र)
  • राष्ट्रिय शिक्षा नीति, २०७६ (विद्यालय शिक्षा सम्बन्धी)
  • इन्चोन घोषणा र दिगो विकासका लक्ष्य

३.२. शिक्षामा नवीनतम चिन्तन

  • समावेशी शिक्षा
  • बालमैत्री शिक्षाको अवधारणा र प्रयास
  • सामाजिक न्याय र शिक्षामा समावेशीकरण
  • शिक्षामा लैङ्गिक समता, समानता र महिला शिक्षा
  • अनौपचारिक शिक्षा (साक्षरता शिक्षा, डिजिटल साक्षरता, वैकल्पिक तथा निरन्तर शिक्षा) र खुला तथा दूर (शिक्षा)
  • प्राविधिक तथा व्यावसायिक शिक्षा र रोजगारमूलक शिक्षा
  • जीवनोपयोगी सिप (life skill), सामान्य व्यावसायिक सिप (soft skills)
  • शिक्षामा द्वन्द्व तथा तनाव व्यवस्थापन, स्वव्यवस्थापन र सिकाइ

३.३. सिकाइ र बाल मनोविज्ञान

  • सिकाइका सिद्धान्तहरुः व्यवहारवाद, संज्ञानवाद, निर्माणवाद र सामाजिक निर्माणवाद
  • सिकाइको अवधारणा र स्वरुप
  • बाल मनोविज्ञानको अवधारणा
  • बाल्यावस्था र उत्तर बाल्यावस्थाका बालबालिकाको विकासात्मक विशेषताहरु र सिकाइ
  • सिकाइमा प्रभाव पार्ने तत्वहरू: उत्प्रेरणा, पुनर्वल, अभ्यास, समृति र विस्मरण, सिकाइ स्थानान्तरण, नैराश्यता समायोजन र सिकाइ
  • सिकाइमा वैयक्तिक भिन्नता, विशेष आवश्यकता तथा विशिष्ट क्षमताको पहिचान र सो अनुरूप शिक्षण

३. ४. विद्यालय समुदाय सम्बन्ध

  • विद्यालय समाजको एक सहपद्धतिका रुपमा ( School as a Sub-system of Society)
  • विद्यालय समुदाय सम्बन्ध तथा समुदाय र अभिभावकको विद्यालयप्रतिको दायित्व
  • विद्यालय सुधार योजना र यसको प्रभावकारिता, गाउँ/नगर शिक्षा योजना
  • विद्यालयको विकासमा समुदाय परिचालन
  • विद्यालय विकासमा स्रोत पहिचान, सङ्कलन, वर्गीकरण र परिचालन तथा बजेट व्यवस्थापन
  • विद्यालय शिक्षामा नागरिक समाज, गैरसरकारी तथा सामाजिक संस्थाको भूमिका

३.५. शिक्षकको पेसागत दक्षता विकास

  • शिक्षकको पेसागत विकासको अवधारणा, यसको आवश्यकता र उपयोग
  • शिक्षक पेसागत विकासको वर्तमान व्यवस्था र स्वरूप
  • शिक्षक तालिमको आवश्यकता र उपयोग
  • शिक्षकको पेसागत दक्षता विकासका उपायहरू एवम् प्रचलित मोडल तथा प्रणालीहरु
  • विद्यालय सिकाइ सङ्गठन - School as a Learning Organization) का रूपमा विकास अध्यापन अनुमतिपत्रको आवश्यकता र औचित्य
  • शिक्षकको नैतिक मूल्य, मान्यता, उत्तरदायित्व र तिनको परिपालना
  • स्वः प्रयत्नमा आधारित जीवन पर्यन्त सिकाइ

३.६. गुणस्तरीय शिक्षा

  • गुणस्तरीय शिक्षाको परिभाषा, अवधारणा, आयाम र विशेषता
  • गुणस्तरीय शिक्षाका प्रचलित मापदण्ड / सूचकहरू
  • विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक नीति तथा कार्यक्रमहरू,
  • विद्यालय शिक्षामा शैक्षिक गुणस्तर अभिवृद्धि हुन नसक्नुका कारण र गुणस्तर सुधारका उपायहरू
  • गुणस्तरीय शिक्षाको विकासमा शिक्षक, अभिभावक, समुदाय र विद्यार्थीको भूमिका

खण्ड ख : शैक्षिक व्यवस्थापन र शिक्षण प्रक्रिया

३.७. शैक्षिक सुशासन र नेतृत्व

  • शैक्षिक सुशासनको परिचय र अवधारणा
  • शैक्षिक सुशासनमा नागरिक वडापत्र, उजुरी र गुनासो व्यवस्थापन,
  • विद्यालयको अभिलेख व्यवस्थापन र प्रयोग
  • शैक्षिक नेतृत्वको अवधारणा र प्रकार, आवश्यक सिपहरु
  • नेतृत्व विकास र प्रयोगमा : वि.व्य.स., प्र.अ., शिक्षक र विद्यार्थीको भूमिका
  • विद्यार्थीको क्षमता प्रष्फुटनमा शिक्षकको भूमिका, शिक्षण सिकाइमा प्रजातान्त्रिक अभ्यासको अवसर,
  • विद्यार्थीमा नेतृत्व लिने अवसर सिर्जना, विद्यार्थहरुमा भएको बहुप्रतिभाको खोज, स्वव्यवस्थापन, आत्म चिन्तन र आत्ममूल्याङ्कनको वातावरण निर्माण

३.८. कक्षाकोठा व्यवस्थापन तथा शैक्षणिक योजना

  • कक्षाकोठाको व्यवस्थापनको अवधारणा र अभ्यास, विशेषता, प्रयोगको अवस्था तथा ध्यान दिनुपर्ने कुराहरु बसाई व्यवस्थापन, सिकाइ सामग्रीको सङ्कलन तथा प्रयोग, भित्ते सामग्रीको उपयोग
  • कक्षाकोठाभित्रको अन्तरक्रियाः अवधारणा र प्रयोग, कक्षाकोठामा प्रभावकारी सञ्चार (पूर्व ज्ञानको परीक्षण, विद्यार्थी क्रियाशीलता, प्रश्न गर्ने सिप, निर्देशन सिप, विद्यार्थी परामर्श, बुझाइ सिपको परीक्षण र सुधारात्मक शिक्षण)
  • शैक्षणिक योजना निर्माणका प्रक्रियाहरु
  • शिक्षक-विद्यार्थी तथा विद्यार्थी-विद्यार्थी सम्बन्ध
  • सामाजिक, सांस्कृतिक तथा भाषिक विविधताको व्यवस्थापन
  • सह तथा अतिरिक्त कार्यकलापको योजना तथा व्यवस्थापन

३.९. पाठ्यक्रम तथा विद्यार्थी सहायता प्रणाली

  • पाठ्यक्रमको अवधारणा, विकास र सम्बन्धित तहको पाठ्यक्रमको अध्ययन
  • राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६
  • स्थानीय पाठ्यक्रम / मातृभाषा सिकाइको पाठ्यक्रमः अवधारणा, निर्माण प्रक्रिया, विद्यमान अभ्यास र कार्यान्वयनमा आइपरेका समस्याहरू
  • पाठ्यक्रममा आधारित शिक्षण सिकाइ
  • पाठ्यपुस्तकको परिचय, विशेषता र अङ्गहरू
  • शिक्षणमा पाठ्यक्रम र पाठ्यपुस्तकका अन्तरसम्बन्ध
  • शिक्षक निर्देशिका र यसको प्रभावकारी प्रयोग
  • पाठ्यसामग्री र स्रोत सामग्रीहरुको सङ्कलन, निर्माण, तयारी, प्रयोग र भण्डारण पुस्तकालयको अवधारणा र यसको समुचित प्रयोग

३. १०. शिक्षण विधि र शैक्षणिक प्रक्रिया

  • शिक्षण विधिको अवधारणा र प्रकार (शिक्षक केन्द्रित, विद्यार्थी केन्द्रित, अन्तरक्रियात्मक र सहयोगात्मक)
  • शिक्षण सिकाइमा नवप्रवर्तन, आलोचनात्मक चेत र सिर्जजशीलता ( Innovation and Creativity)
  • शैक्षणिक योजना र तिनको प्रयोग (सिकाइका लागि वार्षिक, साप्ताहिक, एकाइ र दैनिक पाठ योजना निर्माण र प्रयोग)
  • आधुनिक शिक्षण रणनीतिहरू : परियोजना कार्य, क्षेत्रकार्य (Field Work) समालोचनात्मक चिन्तन विधिहरू, समस्या समाधान विधि र सिकाइमा प्रयोग
  • महामारी तथा विपत्को समयमा शिक्षण सिकाइमा निरन्तरता

३.११. विद्यार्थी मूल्याङ्कन

  • मूल्याङ्कनको अवधधारणा उद्देश्य र महत्व
  • शिक्षणमा निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कनको उपयोग
  • शिक्षक निर्मित र स्तरीकृत परीक्षा
  • विशिष्टकरण तालिका निर्माण र उपयोग
  • विद्यालय शिक्षामा लेटर ग्रेडिङ पद्धति (Letter grading) : अवधारणा, अभ्यास, समस्या र प्रभावकारिताका
  • उपायहरु
  • परीक्षा र मूल्याङ्कनका साधन तथा तरिकाहरू
  • शिक्षणमा निरन्तर मूल्याङ्कन प्रणाली र यसको उपयोग
  • विद्यालय तहमा लिइने परीक्षाको सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण
  • विद्यार्थी मूल्याङ्कनका अभ्यासहरु

३.१२. शिक्षण सिकाइमा अनुसन्धान र प्रयोग

  • अनुसन्धान : परिचय, उद्देश्य र प्रकार तथा विद्यालय शिक्षामा अनुसन्धानको आवश्यकता
  • कार्यमूलक अनुसन्धानको अवधारणा, प्रक्रिया र प्रयोग
  • कक्षाकोठाभित्र सम्बन्धित विषय शिक्षणका समस्याको पहिचान
  • अनुसन्धानका निष्कर्षहरूको शिक्षण सिकाइमा उपयोग
  • घटना अध्ययन : परिचय, प्रक्रिया र प्रतिवेदन

३.१३. सूचना तथा सञ्चार प्रविधि

  • शिक्षण सिकाइमा सूचना, सञ्चार प्रविधिको आवश्यकता र प्रयोग
  • शिक्षण सिकाइमा कम्प्युटर, इन्टरनेट र जर्नलको प्रयोग
  • कम्प्युटरमा अफिस प्याकेज, कम्प्युटरको उपयोग गरी शिक्षण सिकाइमा उपयोग गर्ने सामग्री निर्माण तथा
  • प्रयोग ।
  • शैक्षिक तथ्याङ्क सङ्कलन, विश्लेषण, सम्प्रेषण र प्रयोगा
  • एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS)


३.१४. सामान्य बौद्धिक परीक्षण र गणितीय सक्षमता

  • शाब्दिक बौद्धिक परीक्षण
  • शब्द ज्ञान परीक्षण
  • समरुपता
  • शाब्दिक वर्गीकरण
  • श्रेणीक्रम समस्याहरु
  • छुटेका सङ्ख्याहरु पूरा गर्ने
  • भिन्न र दशमलव
  • प्रतिशत र अनुपात 
  • नाफा नोक्सान