United Academy

BE Scholarships at Nepal Engineering College(Revised)

Open From: August 27, 2022
Until: September 18, 2022
This scholarship/grant is closed.
Bridge Course

Nepal Engineering College, Changunarayan, has opened admission with scholarship in various B.E. programs of Pokhara University. The Scholarship will be given in a provincial manner, i.e. one scholarship will be available to one student from each province.

Form submission date: From Bhadra 12, 2079 to Ashwin 01, 2079. 

Deadline for application:  Ashwin 01, 2079

Entrance examination:  Ashwin 02, 2079 

Basic Eligibility: Eligibility fulfillment according to Pokhara University

Form is available in the following locations: 

  • NEC Changunarayan, Bhaktapur; Time: 8 AM to 3 PM
  • nec BDH Mahalaxmisthan, Lalitpur; Time: 2 PM to 7 PM

Form Fee: Rs. 2,000

नेपाल इन्जिनियरिङ कलेजको छात्रवृत्ति तथा भर्ना सम्बन्धी सूचना 

यस नेपाल इन्जिनियरिङ कलेजले चालु शैक्षिक सत्र २०२२ को लागि नेपालका सातैवटा प्रदेशको लागि एक/एक छात्रवृत्ति गरी जम्मा ७ (सात) वटा प्रादेशिक छात्रवृत्ति दिने निर्णय गरेकोले प्रत्येक प्रदेशका विद्यार्थीहरूबाट ब्याचलर अफ इन्जिनियरिङ तथा ब्याचलर अफ आर्किटेक्चरमा छात्रवृत्तिको लागि २०७९ साल आश्विन १  गतेसम्म दरखास्त आह्वान गरिन्छ । 

पोखरा विश्वविद्यालयको छात्रवृत्ति सम्बन्धी न्यूनतम योग्यता पूरा गरेकाहरूले मात्र आवेदन दिनुहोला ।

 छात्रवृत्ति दिइने विषयहरूः वि.ई. सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, वि. आर्किटेक्चर र वि.ई सिभिल फर डिप्लोमा होल्डर्स 

फाराम भर्ने मिति : २०७९/०५/१८ देखि २०७९/०६/०१

प्रवेश परीक्षा मिति : २०७९ आश्विन ०१ गते  समय : बिहान ११:०० बजे

दरखास्त फारम भर्ने   entrance.nec.edu.np 

  अथवा

१. ने. इ. क. चाँगुनारायण, भक्तपुर, समय : बिहान ८:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म । 

२. nec BDH महालक्ष्मीस्थान, ललितपुर, समय : दिनको २:०० बजेदेखि बेलुकी ७:०० बजेसम्म 

फाराम दस्तुर : रू. २,०००/

सम्पर्क मोबाइल नं.: ९७४१८०२०९६

द्रष्टव्य: 

१. छात्रवृत्तिको विषयहरूको छनौट विद्यार्थीहरूको प्रवेश परीक्षाको प्रादेशिक Merit List अनुसार हुनेछ । 

२. SLC/SEE सामुदायिक वा सरकारी स्कुलबाट गरेको हुनुपर्ने । 

३. गरिब, जेहेन्दार विद्यार्थीको सिफारिस सम्वन्धित प्रदेशको नगरपालिका वा गाउँपालिकाको सिफारिसपत्र तथा अभिभावकको नाममा रहेको जग्गाको लालपर्जाको प्रतिलिपि पनि बझाउन पर्नेछ । 

४. "बि.ई. सिभिल फर डिप्लोमा होल्डर्स' कार्यक्रममा निवेदन दिने विद्यार्थीहरूले सिभिल इन्जिनियरिङ वा आर्किटेक्चर विषयमा ३ वर्षे डिप्लोमा कम्तीमा द्वितिय श्रेणीमा पास गरेको हुनु पर्नेछ । 

५. परीक्षा हुने विषयहरु : Physics, Chemistry, Mathematics & English. १०+२ का प्रत्येक विषयहरुमा न्युनत्तम C ग्रेड ल्याएको हुनु पर्नेछ ।


भर्ना समिति नेपाल इन्जिनियरिङ कलेज
चाँगुनारायण, भक्तपुर, पो.ब.नं. १०२१०, काठमाण्डौ फोन नं. ०१-५२२१००६, ०१-५२२१००१
इमेल: info@nec.edu.np

A-Levels 2081
Bachelors Portal
Counseling