Nayab Subba

Last updated July 16, 2015

Nayab Subba (नायब सुब्बा)

Permanent Job in Government Institution of Nepal: Yes

Level: राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) 

Minimum Eligibility (आवश्यक न्यूनतम योग्यता)

  1. न्याय सेवा, न्याय, कानून र सरकारी वकिल समूहको लागिः– मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
  2. परराष्ट्र सेवाको लागिः– मान्यता प्राप्त शिक्षण संस्थाबाट अंग्रेजी विषय सहित प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
  3. प्रशासन सेवा सामान्य प्रशासन समूहको लागिः– मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
  4. प्रशासन सेवा, लेखा समूहको लागिः– मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा प्रवीणता प्रमाणपत्र तह वा अर्थशास्त्र, गणित, तथ्याङ्कशास्त्र वा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
  5.  प्रशासन सेवा, राजस्व समूहको लागिः– मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, बाणिज्यशास्त्र वा कानूनमा प्रवीणता प्रमाणपत्र तह वा अर्थशास्त्र, जनप्रशासन, गणित वा तथ्याङ्कशास्त्रमध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
  6. लेखापरीक्षण सेवाको लागिः– मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यापार, प्रशासन वा वाणिज्यशास्त्र विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण । 

Note:

  1. जुन कार्यालयको विज्ञापनका लागि दरखास्त फाराम भरिएको छ, सोही कार्यालय अन्तर्गतका परीक्षा केन्द्रबाट परीक्षा दिनु पर्नेछ । मुनासिव माफिकको कुनै कारण परी दरखास्त बुझिलिने कार्यालयले अनुमति दिएमा मात्र परीक्षा केन्द्र परिवर्तन गर्न सकिनेछ । परीक्षा भवनमा प्रवेशपत्र वितरण नगरिने निर्णय भएको हुंदा अनिवार्य रुपमा परीक्षा सञ्चालन हुने दिन अगावै दरखास्त फाराम बुझाएको कार्यालय÷हुलाक कार्यालयबाटै प्रवेशपत्र लिइसक्नु पर्नेछ ।
  2. दरखास्त साथ शैक्षिक योग्यताको प्रमाणपत्रहर्रु (अ) लब्धांकपत्र (आ) उमेर खुलेको चारित्रिक प्रमाणपत्रै र नेपाली नागरिकताको प्रमाणपत्र समेतको प्रतिलिपि एवं दरखास्त दस्तुर बुझाएको नगदी रसिद पेश गर्नु पर्नेछ । प्रमाणपत्रका प्रतिलिपिमा उम्मेदवार स्वयमले सक्कल बमोजिम नक्कल ठीक छ भनी दस्तखत गर्नु पर्नेछ ।
  3.  दरखास्त दिने अन्तिम मितिसम्ममा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । तर महिला र अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ ।
  4. बहालवाला स्थायी कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन । बहालवाला कर्मचारीले दरखास्तसाथ नियुक्ति पत्रको प्रतिलिपि संलग्न गरी दरखास्त फाराममा सेवासम्बन्धी विवरणहरु उल्लेख गरी अनिवार्य रुपमा प्रमाणित गराई पेश गर्नु पर्नेछ ।
  5. दोब्बर दस्तुरको म्यादलाई उमेर, शैक्षिक योग्यता, तालिम, अनुभव तथा नोकरी अवधिको प्रयोजनका लागि गणना गरिने छैन ।
  6. निजामती सेवा ऐन, २०४९ को दफा १० बमोजिम अयोग्य नभएको हुनुपर्नेछ ।
  7. आयोगद्वारा तोकिएको म्याद भित्र दाखिल नभएको वा न्यूनतम योग्यता नपुगेको वा तोकिएको अन्य विवरण नखुलेको वा तोकिएको दस्तुर नबुझाएको दरखास्त स्वीकृत गरिने छैन ।