United Academy

Budhanilkantha School and Schools Under Partnership Programs Joint Scholarships

Open From: April 10, 2024
Until: April 11, 2024
This scholarship/grant is closed.
Budhanilkantha School and Schools Under Partnership Programs Joint Scholarships
KMC Lalitpur

The Ministry of Education, Science, and Technology has announced a scholarship exam as a means to enhance educational accessibility. This endeavor is a component of a wider initiative aimed at offering tuition-free or discounted boarding education starting from Grade 5 at Budhanilkanth School in Kathmandu and its partner institutions.

Key Details

  • Date for Scholarship Form Filling: Chaitra 28 2080 (April 10, 2024), from 1 PM to 4 PM, and Chaitra 29, 2080 (April 11, 2024) from 8 AM to 10 AM
  • Date for Scholarship Examination: Chaitra 29, 2080 (April 11, 2024), 11 AM
  • Application Form Fee: NPR 100

Eligibility

The examination is focused on identifying talented children from underprivileged backgrounds with the goal of elevating their opportunities through access to top-tier educational facilities.

Partnership School

  1. Sheetala Devi Secondary School, Dhankuta
  2. Navjeewan Secondary School, Jutpani, Sarlahi
  3. Kuleshwor Secondary School, Kuleshwor, Kathmandu
  4. Bal Mdir Secondary School, Lumle, Kaski
  5. Janata Secondary School, Palpa
  6. Birendra Vidya Mandir Secondary School, Tikapur, Kailali

Application Procedure

Prospective candidates and their guardians can discover extensive information regarding the examination process, eligibility criteria, and application procedures on the following websites:

 

बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रमअन्तर्गतको छात्रवृत्ति परीक्षासम्बन्धी सूचना


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौं तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरूमा कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालबालिकाहरूमध्येबाट छात्रवृत्तिमा छनोटका लागि तपसिल बमोजिमको सूचना प्रकाशित गरिएको छ ।


छनोटका आधार

वि.सं. २०७०/०१/०१ गतेदेखि २०७१ / १२ / ३० गतेसम्म जन्म भई कम्तीमा कक्षा ३ र कक्षा ४ मा अभिभावकको बसोबास भएको जिल्ला वा छिमेकी जिल्लाको सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरी शैक्षिक सत्र २०८० मा कक्षा ४ अध्ययन पूरा गरेका छात्र छात्रामध्ये विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदायसमेतको प्रतिनिधित्व हुने गरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यताक्रमका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गरिनेछ ।
दरखास्त फाराम bnks.edu.np, cehrd.gov.np वा moest.gov.np बाट डाउनलोड गरी रीतपूर्वक भरेर दरखास्त फाराममा तोकिएबमोजिम सिफारिस तथा प्रमाणित गराई आवश्यक कागजातसहित आफ्नो जिल्लालाई तोकिएका परीक्षा केन्द्रमा बुझाउनु पर्नेछ ।

पाठ्यक्रम :

कक्षा ४ मा पढाइ हुने विषयहरू : नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा र सामान्य ज्ञान ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत

सिट सङ्ख्या: 
बूढानीलकण्ठ स्कुलका निमित्त खुला तथा आरक्षण सिटको सङ्ख्या ४२ (५०% छात्रा रहने)

  1. (क) खुला र आरक्षणतर्फ गरी एक जिल्लाबाट एकजना भन्दा बढी नहुने गरी ४० जना विद्यार्थी छनोट गरिनेछ ।
  2. (ख) आरक्षण सिट : लोपोन्मुख -२, दलित ४, मुस्लिम -१, मधेसी ४, जनजाति ५ र पिछडिएको क्षेत्र - २ (ग) विद्यालय रहेको स्थानीय तह बूढानीलकण्ठ नगरपालिका भित्रका २ जना (एक छात्र र एक छात्रा) ।

साझेदारी कार्यक्रम अन्तगर्तका साझेदारी स्कुलका निमित्त उपलब्ध भएसम्म जिल्ला नदोहोरिने गरी जम्मा ७७ जना विद्यार्थी छनोट गरिनेछ। यसमा आरक्षण (दलित ५, मुस्लिम २, मधेसी ६, जनजाति ९, सहिद तथा द्वन्दपिडित परिवारको सन्तति र वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको परिवारबाट १ र छात्रा कम्तीमा २६ जना)

साझेदारी कार्यक्रमका सहभागी विद्यालयहरू :

१. शीतलादेवी माध्यमिक विद्यालय, धनकुटा
२. नवजीवन माध्यमिक विद्यालय, जुटपानी, सर्लाही
३. कुलेश्वर आवास माध्यमिक विद्यालय, कुलेश्वर, काठमाडौं
४. बालमन्दिर माध्यमिक विद्यालय, लुम्ले, कास्की
५. जनता माध्यमिक विद्यालय, पाल्पा
६. वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय, टीकापुर, कैलाली

दरखास्त साथ पेस गर्नु पर्ने कागजातहरू :

(१) तोकिए बमोजिमको दरखास्त फारामका साथ देहायका कागजातहरू पेस गर्नुपर्ने छ :
(क) माग गरिएको विवरण भरी तोकिएबमोजिमका व्यक्ति (सम्बन्धित प्रधानाध्यापक र स्थानीय तहको शिक्षा प्रमुख) बाट प्रमाणित गरिएको दरखास्त फाराम,
(ख) स्थानीय तहले आमा-बाबु / संरक्षकको मासिक आम्दानीसमेत खुलाई दिएको विपन्नताको सिफारिसपत्र,
(ग) स्थानीय पञ्जिकाधिकारीले प्रदान गरेको विद्यार्थीको जन्मदर्ताको प्रमाणपत्र
(घ)स्थानीय तहबाट अभिभावक र विद्यार्थीसँगको नाता खुलाइएको पत्र
(ङ) अभिभावक / संरक्षकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
स्पष्टीकरण : अभिभावक भन्नाले हजुरबुबा, हजुरआमा, बाबु, आमा, दाजु, दिदी वा संरक्षकलाई जनाउँछ ।
(ङ) अघिल्ला २ शैक्षिक सत्रको कक्षा, विद्यालय कोड, विद्यार्थी ID सहित अद्यावधिक IEMIS मा भएको विद्यार्थीको सम्बन्धित विद्यालयहरूबाट प्रमाणित विवरण ।
(च)आरक्षित स्थानमा उम्मेदवार हुन चाहने देहायका समूहका व्यक्तिले दरखास्त साथ देहायबमोजिमको निकायको सिफारिसपत्र ।
(अ) जनजातिको हकमा आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित पत्र
आ) दलितको हकमा राष्ट्रिय दलित आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित पत्र
इ) मधेसी समुदायको हकमा मधेसी आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित पत्र
(ई) मुस्लिम समुदायको हकमा मुस्लिम आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित पत्र
उ) बेपत्ता पारिएका व्यक्ति वा सहिद परिवार तथा घाइते वा निजको सन्तति (छोरा-छोरी) को हकमा गृह मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित पत्र
ऊ) पिछडिएको दुर्गम क्षेत्रका हकमा सम्बन्धित स्थानीय तहबाट हालसम्म सोही स्थानमा स्थायी बसोबास रहेको र निज विद्यार्थीले कक्षा ३ र ४ सामुदायिक विद्यालयमा अध्ययन गरेको भनी खुलाइएको सिफारिस पत्र ।

(२) तोकेको परीक्षा केन्द्रमा परीक्षाका लागि निर्धारित दिनमा सम्बन्धित अभिभावकले परीक्षा सञ्चालन टोलीसमक्ष दरखास्त फाराम तथा आवश्यक कागजातहरू पेस गर्नुपर्ने छ ।

दरखास्त फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरु :

(१) सम्बन्धित अभिभावकको एक सन्तान बूढानीलकण्ठ स्कुलमा अध्ययनरत भएमा निजको अर्को सन्तानलाई बूढानीलकण्ठ स्कुलको हकमा छात्रवृत्ति प्रदान गरिने छैन ।
(२) छात्रवृत्ति छनोट समितिले परीक्षामा सामेल विद्यार्थीका अभिभावकको निश्चित आय सीमा निर्धारण गरी फाराम स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ ।
(३) जिल्लालाई तोकिएका केन्द्रहरु बाहेक अन्य केन्द्रबाट परीक्षा दिन पाइने छैन । जिल्ला भन्नाले विद्यार्थी कक्षा ४ मा अध्ययन गरिरहेको सामुदायिक विद्यालय रहेको जिल्ला सम्झनु पर्छ ।
(४) रीतपूर्वक नभरिएको फाराम स्वतः रद्ध हुनेछ ।
(५) नेपाल सरकारको उपसचिव वा सो सरह र सोभन्दा माथिको पदमा कार्यरत कर्मचारीको छोरा छोरीले छात्रवृत्ति छनोट परीक्षामा सहभागी हुन सक्ने छैनन् ।

 

Bridge Course
A-Levels 2081
Counseling