United Academy

Social Studies Sample Question (Secondary Level):Teacher Service Commission

December 30, 2021
Social Studies Sample Question (Secondary Level):Teacher Service Commission
KMC Lalitpur

नेपाल सरकार शिक्षक सेवा आयोग खुला प्रतियोगितात्मक लिखित परीक्षा नमुना (Sample) प्रश्नपत्र २०७८

तह : माध्यमिक विषय : सामाजिक अध्ययन

पूर्णाङ्क : १०० उत्तीर्णाङ्क : ४० समय : ३ घण्टा

 

सबै प्रश्नहरू हल गर्नुहोस् ।

खण्ड 'क'

१. “सामाजिक अध्ययन शिक्षणमा मूल्याङ्कनको भूमिका अपरिहार्य मानिन्छ” यस भनाइलाई पुष्टि गर्नुहोस् । एउटा असल शिक्षकको हैसियतले यसमा प्रयोग गरिने परीक्षा बाहेकका साधनहरूको चर्चा गर्नुहोस् । (५+५=१०)

२. तपाईंले कक्षा १० को हाम्रो पृथ्वी भन्ने क्षेत्र भित्र एशिया, युरोप र अष्ट्रेलिया महादेशको सामाजिक जनजीवन भन्ने पाठ अध्यापन गनुपर्ने छ । यी पाठहरु अध्यापन गराउँदा विद्यार्थीमा अध्ययन सिप, सामाजिक सिप र सूचना तथा सञ्चार सिपको विकास गराउन कस्तो खालको परियोजना कार्यमा विद्यार्थीलाई संलग्न गराउनुहुन्छ ? सूची तयार पार्नुहोस् । यस परिवेशमा कुनै एउटा सिपको परियोजना कार्यको खाका तयार पार्नुहोस् । (५+५=१०)

३. तपाईंले माध्यमिक तहका बिद्यार्थीहरूलाई शैक्षिक भ्रमणको लागि तराई क्षेत्रको एक ग्रामीण भेगमा लैजादै हुनुहुन्छ । त्यहाँ एकातिर बसाइँ सराई गरी आउनेको सङ्ख्या दिनानुदिन बढी रहेको अवस्था छ भने अर्कोतिर धेरैजसो मानिसहरु वैदेशिक रोजगारीको खोजीमा विदेशिने स्थिति पनि छ । त्यहाँका अधिकांश मानिसहरू कृषि कार्यमा संलग्न भए पनि कृषिको उत्पादकत्व घट्दो छ । त्यस्तै बढ्दो अतिक्रमणको चपेटामा परेर खोला वा जङ्गल दुबै विनाशको जोखिमको अवस्थामा छन् । यसरी बसाइँ सराई र जनसङ्ख्याको चापले गर्दा पर्यावरणीय विनाशको अवस्था सिर्जना भएको छ । यी सबै स्थितिको मूल्याङ्कन गर्दै पर्यावरणीय विनाशका कारणले त्यस क्षेत्रमा पारेको असरहरू केलाउँदै अध्ययन भ्रमणको प्रतिवेदनलाई कम्तीमा ७०० शब्द नघटाई एक लेख तयार गर्नुहोस् । (५+५=१०)

खण्ड 'ख

सबै प्रश्नहरू हल गर्नुहोस् ।

४. वि. सं. २०४७ सालदेखि हालसम्म शक्ति पथकीकरणको सिद्धान्तको मर्म र व्यवहारिक अभ्यासको दष्टिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाल खेलेको भूमिका समीक्षा गर्दै यस सन्दर्भमा देखिएका समस्या र चुनौतीहरूको समाधानका उपायहरू सुझाउनुहोस् । (५+५)

५. “एकातिर पूँजीको अभावमा जलविद्युत्को विकास गर्न नसकिएको कुरा गरिन्छ भने अर्कोतिर कुनै पनि जलविद्यत् कम्पनीको शेयर विक्रीका लागि जारी हुँदा चाहे जति शेयर किन्न पाइँदैन ।” यस्तो विरोधाभासपूर्ण स्थितिको सिर्जना किन र कसरी भएको होला ? यस्तो स्थितिलाई अन्त्य गरेर स्वदेशी पूँजीमै जलविद्यतको विकासको अतिरिक्त अन्य उपायहरू के के सकिन्छ ? आफ्नो सुझाव प्रस्तुत गर्नुहोस् । (५+५)

६. नेपालमा जातीय छुवाछुतलाई मुलुकी ऐनले निषेध गरेको धेरै वर्ष भईसक्यो । यद्यपि छुवाछुतलाई आधार बनाइ हत्याहिंसाका घटनाहरू बेलाबखतमा सार्वजनिक सञ्चार माध्यममा सुन्न पाइन्छ । यसले व्यवहारिक रुपमा नेपाली समाजमा जातीय छुवाछुत र विभेद अझ उन्मुलन भई नसकेको प्रमाणित गर्दछ । यसको आधारमा निम्न प्रश्नहरूको उत्तर दिनुहोस् । 

क. समाजमा जातीय छुवाछुत र विभेद विद्यमान हुनुका कारणहरूको संक्षिप्त चर्चा गर्नुहोस् । (५)

ख. जातीय छुवाछुतलाई उन्मुलन गर्ने सवालमा सामाजिक अध्ययन विषय शिक्षकको रुपमा तपाईं र विद्यालयको भूमिका के कस्तो रहनसक्छ, सुझाव प्रस्तुत गर्नुहोस् । (५)

द्रष्टव्य: पाठ्यक्रमको खण्ड क बाट पूर्णाङ्क ५० का ५ प्रश्न र खण्ड ख बाट ५० पूर्णाङ्कका ५ प्रश्न गरी गरी १०० पूर्णाङ्कको परीक्षा लिन यस्तै प्रकृतिका प्रश्नहरू दिइने छ।

Bridge Course
CMAT Banner
Counseling