United Academy

Social Studies Sample Question (Lower Secondary Level):Teacher Service Commission

December 30, 2021
Social Studies Sample Question (Lower Secondary Level):Teacher Service Commission
KMC Lalitpur

नेपाल सरकार शिक्षक सेवा आयोग खुला प्रतियोगितात्मक लिखित परीक्षा नमुना (Sample) प्रश्नपत्र २०७८
तह : निम्न माध्यमिक विषय : सामाजिक अध्ययन
पूर्णाङ्क :१०० उत्तीर्णाङ्क : ४० समयः ३ घण्टा
सबै प्रश्न अनिवार्य र समान छन् ।


खण्ड 'क'

१.सामाजिक अध्ययनको उत्पति, निर्माणका आधार तथा नेपालमा सामाजिक अध्ययनको विकासक्रमलाई चित्रण गर्नुहोस् ? (२+२+६=१०)

२. तपाईले कक्षा ८ का विद्यार्थीहरुलाई नागरिक चेतना अन्तर्गत नेपालको निर्वाचन प्रणाली बारे शिक्षण गर्नुपर्नेछ । उक्त निर्वाचन प्रणाली शिक्षण गर्ने सन्दर्भमा विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियामा सहभागी गराउनका लागि के कस्तो कार्यसूची तयार गरी शिक्षण गर्नु हुन्छ? यसलाई शिक्षण गर्नका लागि एउटा पाठयोजना निर्माण गर्नुहोस् ।  (१०)

३. सामाजिक अध्ययन विषयको शिक्षण सिकाइमा स्थानीय स्तरमा पाइने शैक्षिक सामग्री र स्रोतहरूलाई प्रयोग गर्न पर्दछ । यसका अतिरिक्त यस विषयको शिक्षण सिकाइमा शैक्षिक भ्रमणको महत्व पनि बढ्दो छ । त्यसैले विद्यार्थीहरूको सिकाइप्रतिको रुचिको विकास गर्न पनि जरुरी छ । यस क्रममा सामाजिक अध्ययनको भूगोल र हावापानी पाठ अध्यापन गराउदा केकस्ता खालका स्थानीय शैक्षिक सामग्रीहरूको निर्माण र प्रयोग गरी विद्यार्थीहरूको सिकाइ रुचीमा अभिवृद्धि गर्न सकिन्छ ? चर्चा गर्नुहोस् । साथै यस पाठमा विद्यार्थीहरूलाई कस्तो खालको शैक्षिक भ्रमण कार्यक्रम आयोजना गर्नु हुन्छ ? त्यसको योजना तयार पार्नुहोस् । (५+५=१०)


खण्ड 'ख'

४. एकातिर नेपाल प्राकृतिक र साँस्कृतिक सम्पदाले धनी देश भनेर गौरव गरिन्छ भने अर्कोतिर नेपालको पर्यटन क्षेत्रमा निकै संकटमा परेको यर्थाथ छर्लङ्ग छ । यस्तो विरोधाभाषपूर्ण स्थितिको सिर्जना किन र कसरी भएको होला ? यस्तो स्थितिलाई अन्त्य गरेर पर्यटन क्षेत्रको विकास के कसरी गर्न सकिन्छ ? लेख्नुहोस् । (५+५=१०)
५. सामाजिक अध्ययन विषयसँग सम्बन्धित शैक्षिक क्रियाकलापमा अन्तरक्रिया र सूचना तथा सञ्चार प्रविधिको प्रयोग कसरी गर्नुहुन्छ ? यस प्रयोगको दौरानमा आउने व्यवहारिक जटिलतालाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?(६+४=१०)

६. सामाजिक अध्ययन विषय अध्यापन गराउने शिक्षकहरुले विद्यार्थीहरुको शैक्षिक उपलब्धीहरुको मूल्याङ्कन गर्नुपर्ने हुन्छ । सामाजिक अध्ययन शिक्षकको हैसियतले तपाईले निम्न माध्यमिक तहका विद्यार्थीहरुका लागि लिखित परीक्षाको अतिरिक्त अन्य कस्ता कस्ता परीक्षाका साधनहरुको प्रयोग गर्नुहुन्छ उल्लेख गर्नुहोस् । साथै सामाजिक अध्ययनको पाठ्यक्रमबाट लिखित परीक्षामा सोधिने विभिन्न तहको प्रश्न निर्माण का लागि वशिष्टीकरण तालिकाको परिचय दिई उत्तरकुञ्जीकाको महत्व उल्लेख गर्नुहोस । (५+२.५+२.५=१०)


द्रष्टव्य: पाठ्यक्रमको खण्ड क बाट पूर्णाङ्क ५० का ५ प्रश्न र खण्ड ख बाट पूर्णाङ्क ५० का ५ प्रश्न गरी १०० पूर्णाङ्कको परीक्षाका लागि यस्तै प्रकृतिका प्रश्नहरू दिइने छ ।
 

Bridge Course
CMAT Banner
Counseling