United Academy

Primary Level General Exam Model Questions: Teacher Service Commission

December 30, 2021
Primary Level General Exam Model Questions: Teacher Service Commission
KMC Lalitpur

शिक्षक सेवा आयोग खुला प्रतियोगितात्मक परीक्षा नमुना (Sample) प्रश्नपत्र २०७७
सामान्य परीक्षा तह : आधारभूत
पूर्णाङ्क: १०० उत्तीर्णाङ्क:५० समय: १ घण्टा.
 


समूह क: सामान्य ज्ञान

१.नेपालमा प्रचलित विक्रम सम्वत्को पात्रोमा दिनाक परिवर्तन कति बेला हन्छ ?
क) राति १२ बजेपछि
ख) बिहान ४ बजेपछि
ग) सर्योदयपछि
घ) बिहान ६ बजेपछि

२. मानव विकास सूचकाङ्क निकाल्नमा प्रयोग गरिने सूचकहरुमध्ये शिक्षा क्षेत्रअन्तर्गत देहायकामध्ये कुन कुन सूचक समावेश गरिएका हुन्छन् ?
क) कूल साक्षरता दर र औसत विद्यालय वर्ष
ख) खुद भर्नादर र अपेक्षित विद्यालय वर्ष
ग) औसत विद्यालय वर्ष र अपेक्षित विद्यालय वर्ष
घ) औसत विद्यालय वर्ष र प्राथमिक तहको छात्रा भर्ना दर

३. अक्षांश रेखाको आधारमा नेपालको कुन स्थान सबैभन्दा उत्तर दिशामा पर्दछ ?
क) भीमदत्त नगर
ख) नेपालगञ्ज
ग) पोखरा
घ) ईलाम

खण्ड ख : शिक्षासम्बन्धी आधारभूत ज्ञान


४.शिक्षाको “E + duco" मा आधारित शाब्दिक अर्थ कुन सिकाइ सिद्धान्तको निकट छ ?
(क) शास्त्रीय सम्बन्धन
(ख) क्रियापरक सम्बन्धन
(ग) प्रयत्न र भूल सिकाइ सिद्धान्त
(घ) अन्तरदृष्टिद्वारा सिकाइ

५.पूर्व वाल्यावस्थामा देखा पर्ने नकारात्मकताको प्रमुख कारण के हो ?
क) बालबालिकाको बढदो क्रियात्मक विकास
ख) साना भाई बैनीप्रतिको ईर्ष्या
ग) सुरक्षात्मक कारणले आमाबाबुको हस्तक्षेप
घ) बालबालिकाको बढदो जिज्ञासा

६. कुन तत्वको सम्बन्ध सिकाइको दर र मात्रासंग हुन्छ ?
क) प्रेरणा - दर, अभ्यास - मात्रा
ख) अभ्यास - दर, स्मरण - मात्रा
ग) पुनर्बल - दर, स्मरण - मात्रा
घ) पुनर्बल - दर, अभ्यास - मात्रा

खण्ड गः सूचना तथा सञ्चार प्रविधि



७. देहायकामध्ये कुनचाँहि भनाइ सही हो ?
क) एक गिगावाइटमा १००४ एमबि हुन्छ ।
ख) एक गिगावाइटमा १०१२ एमबि हुन्छ ।
ग) एक गिगावाइटमा १०२४ एमबि हुन्छ ।
घ)एक गिगावाइटमा १०३६ एमबि हुन्छ ।

८. कम्प्युटरले निम्नमध्ये कुन कार्य गर्दैन ?
क) सूचनाको विकास
ख) सूचनाको भण्डारण
ग) सूचनाको प्रशोधन
घ) सूचनाको विश्लेषण

९. MS-Word मा कम्प्युटरले कुनै फाइलमा भएको विषयवस्तु अर्को फाइलमा राख्नुपर्दा Ctrl+A मार्फत सबै सामग्री छनौट गरेर Ctrl+C मार्फत कपी गरेर यसलाई नयाँ फाइलमा राख्दा के गर्नु पर्छ ?
क) Ctrl+I
ख) Ctrl+N
ग) Ctrl+P
घ) Ctrl+V


खण्ड घ : संविधान तथा शिक्षासम्बन्धी ऐन तथा नियमहरू


१०.नेपालको संविधान बमोजिम देहायकामध्ये कुनचाँहि ठिक छ ?
क) मौलिक हक ३२ ओटा र शिक्षासम्बन्धी हक ५ ओटा
ख) मौलिक हक ३१ ओटा र शिक्षासम्बन्धी हक ५ ओटा
ग) मौलिक हक २३ ओटा र शिक्षा सम्बन्धी हक ४ ओटा
घ) मौलिक हक ४६ ओटा र शिक्षासम्बन्धी हक ७ ओटा

११. स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ ज अनुसार सिकाइ उपलब्धिको सम्बन्धमा स्थानीय तहको काम देहायकामध्ये कुनचाँहि हो ?
क) सञ्चालन र व्यवस्थापन गर्ने
ख) सञ्चालन र अनुगमन गर्ने
ग) परीक्षण र व्यवस्थापन गर्ने
घ) समन्वय र नियमन गर्ने

१२. शिक्षा नियमावली २०४९ अनुसार कुनै कक्षामा तोकिएकोभन्दा बढी विद्यार्थी भए अर्को वर्ग खोल्न कसको अनुमति लिनुपर्छ ?
क) विद्यालय व्यवस्थापन समिति
ख) शिक्षा विकास तथा समन्वय इकाइ
ग) स्थानीय निकायको शिक्षा शाखा
घ) शिक्षक अभिभावक संघ


खण्ड ङ : बौद्धिक परीक्षण


१३.२, ५, १०, १७, २६ श्रेणी क्रमको अर्को दुई पद के के होलान् ?
क) ३४ र ४७
ख) ३५ र ४८
ग) ३६ र ४९
घ) ३७ र ५०


१४) तल दिइएको “चित्र ए” को अन्तिम कोठामा “चित्र बी” को कुन विकल्प उपयुक्त हुन्छ ?
क) १
ख) २
ग) ३ 
घ) ४

 

१५) तलको चित्रमा A, B, C, D मा भएका चार बक्समध्ये एउटामात्र फरक छ । त्यो फरक एउटा पत्ता लगाउनुहोस् ।
क) A
ख) B
ग) C
घ) D


द्रश्टव्यः यस्तै प्रकृतिका खण्ड क सामान्य ज्ञानबाट २ अङ्क भारका १५ प्रश्न, खण्ड ख शिक्षासम्बन्धी आधरभूतज्ञानबाट २० प्रश्न खण्ड ग सूचना तथा सञ्चार प्रविधिबाट ५ प्रश्न, खण्ड घ संविधान तथा शिक्षासम्बन्धी ऐन तथा नियमहरूबाट ५ प्रश्न, खण्ड ङ बौद्धिक परीक्षणबाट ५ प्रश्न गरी जम्मा ५० ओट प्रश्नका १०० पूर्णाङ्कको परीक्षा लिइनेछ ।

Bridge Course
CMAT Banner
Counseling