हुम्ला जिल्लाका माध्यामिक विद्यालयको कार्य सम्पादन मुल्याङ्कन सम्पन्न

2019-05-16

Gorkhapatra


हुम्ला समचारदाता: सिमकोट जेठ २ गते । हुम्ला जिल्लाका २२ वटा माध्यामिक विद्यालयहरुको कार्य सम्पादन तथा मुल्याङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लाका सात वटै गाउँपालिकाका २२ वटा सरकारी विद्यालयहरुको समग्र क्षेत्रका अवस्था बुझ्न उक्त कार्य गरिएको हो । 

यो काम गर्नका लागि दुई जना परीक्षकहरु मानसरोवर बहुमखी क्याम्पसका प्राध्यापक दिपक भण्डारी र मानसरोवर माविका शिक्षक राज बहादुर शाही खटिनु भएको थियो । उहाँहरु दुबै जना जिल्लाका सात वटै गाउँपालिकाका २२ वटाको कार्य सम्पादन गर्न पुग्नु भएको थियो । 

जसमा भण्डारीले १३ वटा र शाहीले ९ वटा विद्यालयको कार्य सम्पादन तथा मुल्याकन गर्नु भएको थियो । 

मुल्याङ्कनका क्रममा विद्यालयको शैक्षिक अवस्था, पुर्वाधार, वित्तिय अवस्था, शैक्षिक सामाग्री, शिक्षक तथा विद्यार्थीको उपस्थिती, शैक्षिक वातावरण लगाएतका विषयमा परीक्षण भएको त्यसमा जिल्लाका अधिकांस विद्यालयको अवस्था भने नाजुक रहेको परीक्षक भण्डारीले बताउनु भयो । 

अन्य विद्यालयहरु भन्दा सिमकोट गाउँपालिकाको मानसरोवर मावि, खार्पुनाथको मान्धारा र सीता माविले केही कुरा फरक रुपमा गरेको परीक्षक भण्डारीले बताएका छन् । 

जसमा शिक्षकहरुका लागि मोनिटर डायरी, मल्टी मिडियाबाट पठन पाठन, टिपोट गरेर शिक्षकद्धारा पठन पाठन जस्ता कुरा गरिएको पाइएको भण्डारीले बताएका छन् । अब बालमिन्दर माविमा उक्त कार्य सम्पादन गर्न बाँकी रहेको खबर प्राप्त भएको र सो विद्यालयमा पनि केही दिनमा गरिने भएको छ । 

जिल्लाका सबै विद्यालयहरुको कार्य सम्पादन प्रतिवेदन केही समय पछि सार्वजनिक गरिने भएको छ ।