पाल्पा जिल्लाबाट चौतीस परीक्षार्थी एसइई परीक्षा दिनबाट बञ्चित

2019-03-15

RSS

Share this on:

पाल्पा, १ चैत (रासस)ः आगामी चैत्र १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा(एसइई) पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ । 

विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट बञ्चित हुनुपरेको हो । शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाकाअनुसार माध्यमिक शिक्षा परीक्षामा पाँच हजार ३८ सहभागी हुनेछन् । 

नियमिततर्फ छात्र दुई हजार ३७५, छात्रा दुई ५६१ जम्मा चार हजार ९३६ र पूरक ग्रेड वृद्धितर्फका पुराना ३५, नयाँ ६७ गरी जम्मा १०२ कूल पाँच हजार ३८ सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले जानकारी दिनुभयो । 
परीक्षामा सहभागी हुने विद्यालय सङ्ख्या १३२ रहेका छन् । जसअन्तर्गत सामुदायिक १११, संस्थागत २०, खुला विद्यालय एक रहेका छन् । 

पाल्पा जिल्लाका २६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने सूचना अधिकारी सुेवदीले बताउनुभयो ।