विश्व शैक्षिक बजारसंग प्रतिष्पर्धा गर्ने तयारीमा छौः उपकुलपति, खुला विश्वविद्यालय (अन्तर्वार्ता)

2019-09-10

edusanjal



काठमाडौं । नेपाल खुला विश्वविद्यालयले शैक्षिक कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । ३० असार २०७३ मा खुला विश्वविद्यालयको ऐन व्यवस्थापिका संसद्बाट पास भई प्रमाणीकरणपश्चात लागू भएको थियो ।

                      


 विश्वविद्यालयमा २०७४ जेठ ३० बाट पदाधिकारी नियुक्त भएका थिए । यसैसन्दर्भमा विश्वविद्यालयका उपकुलपति प्रा.डा.लेखनाथ शर्मा संग इडियूसंञ्जालका सिताराम शर्माले गर्नुभएको कुराकानीको सारसंक्षेपः 


 खुला विश्वविद्यालय के हो ?
खुला विश्वविद्यालयमा भर्नादेखि लिएर अध्ययन गर्ने समय, स्थान, अध्ययन र अध्ययापन गराउने शैली अन्य विश्वविद्यालयको भन्दा फरक हुन्छ । विद्यार्थीले सधैं कक्षा कोठामा बसेर पढ्नु पर्दैन । व्यावसायिक तथा प्राविधिक विषयको प्रयोगात्मक कक्षा तथा परीक्षा तोकिएको परिधिभित्र रहेर आफैं वा सम्पर्क कार्यालयमा गएर दिन सकिन्छ ।

 खुला विश्वविद्यालयमा कार्यालय, घर अथवा अन्य जुनसुकै ठाउँमा बसेर पढ्न पाइनेछ । राजनीति, व्यापार–व्यवसाय एवं रोजगारीका कारण समयमा उच्च शिक्षा हासिल गर्न नसकेकाहरूका लागि यो सुनौलो अवशर हो  । 


विश्वमा खुला विश्वविद्यालयको अवधारणा कसरी आयो ?
तत्कालीन बेलायती प्रधानमन्त्री होराल्ड विल्सनले सन् १९६४ मा यसको अवधारणा ल्याएका थिए । विश्वका ६५ भन्दा बढी देशमा खुला विश्वविद्यालय छन् ।

 सन् २०१२ मा एमआईटी र हार्वर्ड विश्वविद्यालय मिलेर बृहत् खुला विद्युतीय पाठ्यवस्तु तयार गरेका थिए । यसरी कक्षा कोठामा सीमित रहने गरेको पढाइ र पाठ्यसामग्री सबैका लागि निःशुल्क उपलब्ध भएको थियो ।

 खुला शब्दले नै यो कस्तो विश्वविद्यालय हो भनेर स्पष्ट पार्छ । भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयमा साक्षर बनाउनेदेखि पीएचडीसम्मको पढाइ हुन्छ । मिडिया, लेखरचना, सिडी, इन्टरनेटलगायत सूचना प्रविधिको प्रयोग गरी पढ्न सकिन्छ ।

 खुला विश्वविद्यालयमा प्रमाणपत्र ठूलो कुरा नभई क्षमता ठूलो कुरा हुन्छ । मानिस कति क्षमतावान छ भन्ने कुरा हेरेपछिमात्रै उसले पाउने प्रमाणपत्रको कुरा आउँछ ।


स्थापना कसरी भयो ?

विश्वमा खुला विश्वविद्यालयको इतिहास त्यति लामो छैन । पहिलोपटक बेलायतमा सन् १९६९ मा खुला विश्वविद्यालय स्थापना भएको थियो । तत्कालीन बेलायती प्रधानमन्त्री होराल्ड विल्सनले सन् १९६४ मा यसको अवधारणा ल्याएका थिए ।

 नेपालमा पनि खुला विश्वविद्यालय स्थापनाको माग भएको लामो समय भइसक्यो । यसका लागि नीतिगत आधार तयार भएको पनि तीन दशकभन्दा बढी भइसकेको छ । तर, ऐन भने बन्न सकेको थिएन । नेपाल खुला विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन भएको ४ वर्षपछि मात्र यसले कानुनी मान्यता पाएको हो ।

 खुला विश्वविद्यालयका लागि पूर्वाधार निर्माण गर्न ०६९ जेठ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले शिक्षामन्त्रीको अध्यक्षतामा विकास समिति गठन गरेको थियो । विश्वका ६५ भन्दा बढी देशमा खुला विश्वविद्यालय छन् । पछिल्लो समय खुला विश्वविद्यालयमा अध्ययन गर्न चाहनेको संख्या बढिरहेकाले आवश्यकता महसुस गरी स्थापनाका लागि एनआरएनएले सक्रियता देखाएको थियो ।

 खुला विश्वविद्यालय प्रतिस्पर्धाका आधारमा जसले पनि खोल्न सक्ने प्रावधान छ । यस विश्वबिद्यालयमा पढाइ हुने कार्यक्रमहरु त्रिभुवन विश्वबिद्यालयको प्रज्ञा प्रतिष्ठान तथा सीनेटबाट स्वीकृत प्राप्त भएकाले यसको मान्यतामा शंका गरिरहनु पर्दैन ।

 त्यसैले सरकारले खुलाएको बिज्ञापनमा स्वत यस विश्वबिद्यालयको प्रमाणपत्रद्वारा आबेदन दिन सकिन्छ । यहाँबाट प्राप्त प्रमाणपत्र अन्य विश्वविद्यालयको जस्तो मान्यताप्राप्त रहन्छ ।



 अध्ययन कसरी गर्न सकिन्छ ?
कामकाजीहरूका लागि घर तथा कार्यक्षेत्रमै बसेर इन्टरनेट, कम्प्युटर र सञ्चारका विभिन्न माध्यमद्वारा अध्ययन गर्न सक्ने भएकाले खुला विद्याविद्यालय नेपालजस्तो देशको लागि बढी उपयुक्त हुन्छ ।

 एउटा मुडल सफ्टवयर छ जसमा हप्ता हप्तामा विद्यार्थीहरुले के पढ्ने, कति पढ्ने, साथीसंग कसरि छलफल गर्ने शिक्षक संग कसरि छलफल गर्ने भन्ने यसमा सवै रहेको हुन्छ । जुन मुडलमा विद्यार्थीहरु भर्ना हुन्छन् र युजर आईडि र पासफोर्ट उपलब्ध हुन्छ जसले गर्दा अध्यायन गर्न विद्यार्थी लाइ सजीलो हुन्छ ।

 नेपालमा उच्च शिक्षाका लागि योग्य विद्यार्थीमध्ये करिब १५ प्रतिशतमात्र भर्ना हुने गरेको तथ्यांक छ । खुला तथा दूर शिक्षा कार्यक्रमअन्तर्गत विश्वभर ३० हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यसले पनि नेपालमा समयसीमा र कक्षाकोठाको परिधिबाहिर बसेर अध्ययन गर्नेको संख्या धेरै छ भन्ने पुष्टि हुन्छ । 

खुला विश्वविद्यायमा अत्याधुनिक सूचना–प्रविधिको पहुँचसहितको सिकाइ हुन्छ । सम्पूर्ण पाठ्य सामग्री कुनै पनि विक्षार्थीले विश्वको कुनै पनि स्थानबाट चाहेको समयमा लिन सकोस् भन्ने मान्यता  हुन्छ । विद्यार्थीले विश्वविद्यालय धाउनुपर्दैन ।

 खुला विश्वविद्यालयको संरचनामा २४ सै घण्टा र ३६५ दिन नै सेवा प्रदान गर्ने पुस्तकालय, सञ्चार, सिकाइ सहजीकरण र विद्यार्थी सहायता केन्द्र हुन्छन् ।

कस्ता कस्ता व्यक्तिहरुले अध्ययन गरेका छन ?
बाध्यता र विवशताले उच्च शिक्षा हासिल गर्न नसकेर विदेशिएका मुलुक गएका युवायुवती, कलाकार, व्यवसायी, पढ्दापढ्दै वैवाहिक बन्धनमा बाँधिएर पढ्न नसकेका महिलाहरु तथा राजनीतिक क्षेत्रको उच्च ओहोदा पुगेर पनि पढ्न नपाएका नेताहरूले अध्यायन गर्दै आएका छन् । 

खुला विश्वविद्यालयमा पढ्न उमेरको पनि छेकबार हुँदैन । सबैभन्दा बढी फाइदा राजनीतिक क्षेत्रको उच्च ओहोदा पुगेर पनि पढ्न नपाएका नेताहरूलाई पुग्ने देखिएको छ । कलेज गएर पढ्न व्यवहारिक र सुरक्षाका कारण कठिनाइ हुने नेता यसबाट लाभान्वित भएका छन् ।

 कलाकार, व्यवसायी तथा अन्य व्यक्तिले पनि घर वा कार्यस्थलमा स्वअध्ययन गरेर खुला विश्वविद्यालयमा परीक्षा दिई डिग्री हासिल गर्न सक्छन् ।

अध्ययनका लागि कति योग्यता चाहिन्छ ?

खुला विश्वविद्यालयको भर्नाका बारेमा हालै शिक्षा ऐनमा संशोधन गरी नीतिगत व्यवस्था गरिएको छ । विद्यार्थी भर्नाका लागि कुनै पनि एकेडेमिक तथा अन्य कुनै मापदण्ड तोकिएको हुँदैन । यस्तो विश्वविद्यालयमा पढ्न कुनै निश्चित शैक्षिक स्तर पनि प्राप्त गरेको हुनु पर्दैन ।

 विश्वविद्यालयले निर्धारण गरेको सामान्य मापदण्ड पूरा गरेकै भरमा अध्ययन गर्न सकिन्छ । साक्षरदेखि पीएचडीसम्मको व्यवस्था खुला विश्वविद्यालयमा हुन्छ । विश्वविद्यालयले तोकेको कुनै पनि कोर्स अध्ययन गर्न सक्छु भन्ने आत्मविश्वास भएकाहरूले अध्ययन गर्न सक्छन् ।

 अन्य विश्वविद्यालयमा जस्तै यो विश्वविद्यालयमा पनि कोर्सअनुसार निश्चित समय तोकिएको हुन्छ । तर, विद्यार्थीले तोकिएको समयमा अध्ययन पूरा गर्न नसके केही समयपछि परीक्षा दिन पाउँछन् ।

 कसैले कोर्स तोकिएको समयभन्दा पहिले नै पूरा गर्न सकेमा उसको इच्छाअनुसार परीक्षा दिन पाउँछ ।

 खुला विश्वविद्यालयबाट उर्तीर्ण हुने विद्यार्थीलाई विश्वको कुनै पनि कलेज तथा विश्वविद्यालयमा सोहीअनुसारको मान्यता दिइने छ ।

भर्ना कसरि गर्न सकिन्छ ?

विश्वविद्यालयमा भर्ना पनि प्रत्येक तीन–तीन महिनामा लिइन्छ । खुला विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीले अनलाइनमा ब्यांक भौचर र फारम भरेर पठाउनुपर्छ ।

 त्यसपछि प्रवेश परीक्षा हुन्छ । त्यसका लागि प्रत्येक प्रदेशमा परीक्षा केन्द्र तोकिन्छ । प्रवेश परीक्षा पास गरेका विद्यार्थी फेरि अनलाइन फारम भरेर भर्ना हुन्छन् । प्रवेश परीक्षामा ल्याएको अंक र बरियता अनुसार भर्ना गरि यस बिश्वबिद्यालयको बिद्यार्थी बन्न सकिन्छ ।

 फागुन र साउन महिना गरि बर्षमा दुई पटक भर्ना खुलाउने व्यवस्था रहीआएको छ ।

सुरुमा भर्ना कस्तो रह्यो ?

विश्वविद्यालय एमफिल, मास्टर्स र पिजी डिप्लोमामा २०७४ फागुन ३० गते भर्ना आवेदन मागेको थियो । जसका लागि ५ सय ८३ जनाले आवेदन दिएकोमा ४ सय ६ जना प्रवेश परीक्षामा उत्तिर्ण भएका र अध्ययन प्रारम्भ गरेको थियो ।

 सेना, प्रहरी, कर्मचारीलगायत उच्च शिक्षाको औपचारिक संरचनामा नसमेटिएका सम्पूर्ण जनसमुदायलाई समेट्ने परिकल्पनासहित खुला विश्वविद्यालयको ऐन बनाइएको थियो ।


पाठ्यक्रम तथा पाठ्यपुस्तक कसरी उपलव्ध हुन्छ ?

पाठ्यपुस्तक म्यासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले सन् २००२ मा सबै पाठ्यक्रम र लेक्चरहरू विश्वका लागि विद्युतीय माध्यमबाट निःशुल्क उपलव्ध गराई खुला पाठ्यवस्तु अभियान सुरु गरेको थियो ।

 सन् २०१२ मा एमआईटी र हार्वर्ड विश्वविद्यालय मिलेर बृहत् खुला विद्युतीय पाठ्यवस्तु तयार गरेका थिए । यसरी कक्षा कोठामा सीमित रहने गरेको पढाइ र पाठ्यसामग्री सबैका लागि निःशुल्क उपलब्ध भएको थियो । नेपालमा स्थापना हुने खुला विश्वविद्यालयलाई पनि व्यवहारमै खुला बनाउनुपर्ने विज्ञहरूले बताएका छन् ।

 अधिकांश शैक्षिक सामग्रीहरू निःशुल्क उपलब्ध गराईएको छ । संरचना भौतिक र संस्थागत दुवै हिसाबले खुला विश्वद्यालयका संरचनाहरू अरु विश्वविद्यालयको भन्दा फरक छ ।

 खुला विश्वविद्यायमा अत्याधुनिक सूचना–प्रविधिको पहुँचसहितको सिकाइ भएकाले सम्पूर्ण पाठ्य सामग्री कुनै पनि विक्षार्थीले विश्वको कुनै पनि स्थानबाट चाहिएको समयमा ईन्टरनेटको माध्यम वाट प्राप्त गर्न सक्छ ।

                       



खुला विश्वविद्यालयको पढाइ कत्तिको महँगो हुन्छ ?

अरुभन्दा महँगो हुँदैन । तर, सुरुका वर्षहरूमा खास सस्तो पनि नहुन सक्छ । सबैका लागि अवशर दिने उद्देश्यले खोलिने हुनाले खुला विश्वविद्यालयमा केही सस्तो त पक्कै हुन्छ । प्रविधिमा धेरै लगानी गर्नुपर्ने हुनाले सुरुका वर्षहरूमा प्रतिविद्यार्थी लगानी धेरै पर्ने हुन्छ ।

 तर, विस्तारै प्रतिविद्यार्थी लगानी कम हुँदै जान्छ । यसमा सरकारले कस्तो प्रकारको चासोका साथ सहयोगी भूमिका निभाउँछ, त्यो महत्वपूर्ण हुन्छ ।

परीक्षा कसरी लिइन्छ ? 

पढाइ घरमै बसेर हुने भए पनि परीक्षा भने बिश्वबिद्यालयले तोकेको स्थानमै गएर दिनु पर्ने हुन्छ । हाल बिश्वबिद्यालयले राखेको ७ ओटा सहायता केन्द्रमा गई परीक्षा दिन सकिन्छ ।

अनलाइन बाट कसरी परीक्षा शुल्क तिर्न सकिन्छ ?

प्रबिधिको अधिकतम प्रयोग गर्दै यस विश्वबिद्यालयको  भर्ना, परीक्षा लगायत शुल्क समेत अनलाइन बाटै तिर्न सकिनेछ । यहाँ पढ्दा लाग्ने खर्च समेत सरकारी विश्वबिद्यालयकै हाराहारीमा रहेको छ ।

पढ्न मन लागेमा के गर्ने ? 

यस विश्वबिद्यालयमा पढाइ हुने बिषयको जानकारी बिस्वबिद्यालयको आफ्नै वेबसाइटमा हेर्न सकिन्छ । आफूलाई पढ्न मन लागेको बिषयको भर्ना मापदण्ड हेरी प्रवेश परीक्षा दिनुपर्ने हुन्छ ।

 प्रवेश परीक्षामा ल्याएको अंक र बरियता अनुसार भर्ना गरि यस बिश्वबिद्यालयको बिद्यार्थी बन्न सकिन्छ । हाल फागुन र साउन महिना गरि बर्षमा दुई पटक भर्ना खुलाउने व्यवस्था रहीआएको छ ।

विज्ञहरूको के प्रतिकृया कस्तो छ ?

बसेर इन्टरनेट, कम्प्युटर र सञ्चारका विभिन्न माध्यमद्वारा अध्ययन गर्न सक्ने भएकाले खुला विद्याविद्यालय नेपालजस्तो देशको लागि बढी उपयुक्त हुने विज्ञहरू बताउँछन् । नेपालमा उच्च शिक्षाका लागि योग्य विद्याथीमध्ये करिब १५ प्रतिशतमात्र भर्ना हुने गरेको तथ्यांक छ ।

 खुला तथा दूर शिक्षा कार्यक्रमअन्तर्गत ३० हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यसले पनि नेपालमा समयसीमा र कक्षाकोठाको परिधिबाहिर बसेर अध्ययन गर्नेको संख्या धेरै छ भन्ने पुष्टि हुन्छ ।

 विश्वमा खुला विश्वविद्यालयको इतिहास त्यति लामो छैन । पहिलोपटक बेलायतमा सन् १९६९ मा खुला विश्वविद्यालय स्थापना भएको थियो ।