विद्यालयमा मोबाइल बोक्न नपाइने

2019-04-12

Nayapatrika

Share this on:

नयाँ पत्रिका, २०७५ चैत २९, जनकपुरधाम: धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले विद्यालयमा मोबाइल फोन प्रयोगमाथि नियन्त्रण गर्ने निर्णय गरेको छ । 

विद्यालय जाँदा विद्यार्थीले र कक्षाकोठामा शिक्षकले मोबाइल फोन बोके कारबाही हुने भएको छ । बुधबार बसेको शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । 

बैठकले विद्यालय परिसरभित्र विद्यार्थीलाई मोबाइल लैजान निषेध गर्ने निर्णय गरेको छ भने शिक्षकलाई समेत कक्षाकोठामा मोबाइल लिएर जान रोक लगाएको छ । क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारले मोबाइलले पठनपाठनमा समस्या हुने देखिएकाले यस्तो निर्णय गरिएको बताए ।