कक्षा १२ को बिज्ञान, ब्यबस्थापन ​, मानविकी र शिक्षा संकायको ​ नतिजा यहि साता एकैसाथ प्रकाशन गर्ने तयारी

2018-07-29

Share this on:


राष्ट्रिय परीक्षा बोर्डबाट २०७५ सालमा संचालित कक्षा १२ को बिज्ञान, ब्यबस्थापन , मानविकी र शिक्षा संकायको  नतिजा यहि साता  एकैसाथ प्रकाशन गर्ने तयारी समेत भैरहेको छ

राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका अनुसार डाटा इन्ट्री र रुजु गर्ने काम अन्तिम चरणमा पुगेकोले नतिजा यहि हप्ताभित्रमा प्रकाशन गरिने बताइएकोे छ, तर येही मितिमा नतिजा आउछ भनेर अहिल्यै नै केहि भन्न भने सकिदैन, ” उनले भने  ।

अक्षराङ्कन (ग्रेडिङ) पद्दतिमा आधारित रहेर प्रकाशित हुन लागेको नतिजामा विभिन्न विषयमा ‘डी  प्लस’ वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि गराउन चाहाने परीक्षार्थीको लागि ग्रेडवृद्धि परीक्षाको समेत व्यवस्था छ ।

२०७५ सालमा संचालित परीक्षामा नियमित तर्फ दुई लाख ९८ हजार ९८७ र आंशिक तर्फ १ लाख १६ हजार २६६ गरि जम्मा चार लाख १५ हजार २५३ बिद्यार्थी सम्मेलित भएका थिए ।

नतिजा कसरी हेर्ने ?

edusanjal.com (Eugenics Education) ले नतिजा प्रकाशन गर्नको लागि अनुमति प्राप्त गरिसकेको छ/ राष्ट्रिय परीक्षा बोर्डबाट नतिजा प्रकाशन भैसकेपछी neb.edusanjal.com मा  नतिजा हेर्न सकिन्छ ।

नतिजा एसएमएस बाट, IVR बाट र शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्डको website बाट पनि हेर्न सकिन्छ ।