हाम्रा बिषयहरुले नै प्रेरणा जगाउछन् : नेशनल कलेज,काठमाडौँ बिश्वबिध्यालय

2019-08-13

edusanjal


काठमाडौं धुम्बाराहीमा छ, नेसनल कलेज

काठमाडौँ बिश्वबिद्यालयको समन्वयमा चलेको स्नातक तहका गतिशिल कोर्षकै आधारमा  प्रख्यात  नेशनल कलेजको बारेमा आजका नयाँ पिढीले  जान्नु अत्यन्तै  जरुरि  ठान्दछौ / बिद्यार्थीको पढ्ने रोजाई अरु कुनै हुन सक्छ तर  स्नातक तहमा फरक धारका ,शिर्जनशील ब्यबहारिक र नयाँ आयामका  शिक्षाका बारेमा जान्नको लागी  नेशनल कलेजका Bachelor in Development Studies - Kathmandu UniversityBachelor in Development Finance - Kathmandu University  Bachelor of Social Sciences (BoSS) - Kathmandu University सदैब रोजाइमा पर्ने बिद्यार्थीका प्रेरित बिषय हरु हुन् /


 कलेजका अध्यक्ष  डा.दलवहादुर अधिकारी  भन्नुहुन्छ 
सुरुको चरणमा प्लस टु सञ्चालन गरेका थियौं । प्लस टु मा पहिले आर्टस र कमर्सको अध्ययन अध्यापन हुदैं आएको थियो । यत्तिकैमा सोच आयो कि प्लस टुले मात्र हुदैन । अब स्नातक तहपनि संञ्चालन गर्नुपर्छ भन्ने । किनभने प्लस टु मा सोंचेको भन्दा राम्रो रिजल्ट आएको कारणले हो । 

सुरुमा कुन विश्वविद्यालयसंग सहकार्य गर्न सकिन्छ भनि गृहकार्य  ग¥यौ, यसै क्रममा काठमाडौं विश्वविद्यालय राम्रो लाग्यो र सहकार्य अघि बढायौं, धेरै लामो समयसम्मको सहकार्य बन्न पुग्यो ।

 पुलचोकको भ्यालि क्याम्पस देखेर हामि प्रभावित भएका थियौ, केहि समयपछि नेशनल कलेजको आफ्नै भवन निर्माण ग¥यौ  । 

यो धुम्बाराहि चप्पल कारखाना नजिकै छ । गणित र फिजिक्सको कोर्सहरु हामिले नै मेहनेत गरेर बनाएका हौँ, हाम्रो कोर्सहरु तटष्थ छन्, कसैको पनि फोटोकपि छैनन् ।

विषय विज्ञहरुलाई जस्तो परिस्थितिमा पनि मेहनेत गरेर जमघट गराई निर्माण गरेका हौं ।

 यहाँका कोर्षहरुमा व्याचलर इन डेभलोपमेण्ट स्टडिजको छ जुन विदेशमा चल्ने कोर्ष हो । अब फाइनान्सलाई पनि हामिले ल्याउनुपर्छ भन्ने जमर्को आयो र सफल भएपछि व्याचलर अफ सोसल साईन्स कार्यक्रम ल्यायौं । 

 हामि अहिले निकै राम्रो सम्बन्धमा छौ काठमाडौं विश्वविद्यालयसंग । अब हामिले मास्टर्स प्रोग्राम लिन खोजेका छौँ, हामिलाई एउटा मास्टर्स प्रोग्राम भैदिए हुन्थ्यो भन्ने ठुलो आशा लागेको छ र कोसिस निरन्तर गरिरहेका छौ सायद सफल भईन्छ भन्नेमा विश्वस्त छौ ।


प्लस टु पढिरहेका विद्यार्थि हरुले आफ्नो पढ्ने इच्छा के मा छ भन्नेमा पहिले आफु विश्वस्त हुन जरुरि रहेको नेशनल कलेजका प्रिन्सिपल माधवप्रसाद न्यौपानेले बताउनुभयो ।

                                   
Principal, Madhav Prasad Neupane, KU: National College


 अहिले इन्टरनेटको समय छ , विद्यार्थिहरुले नेपाल भित्र तथा नेपाल वाहिरका सबै कोर्ष तथा कलेजको वारेमा जानकारि लिन सक्छ , जहाँ धेरै बिकल्पहरु छनौट गर्न सकिन्छ । जसले गर्दा विद्यार्थिहरुलाई निर्णय गर्न सहज हुन्छ । कोर्षहरुको संरचना हामिले गरेका छौ ।

 नेपालको परिपेक्षमा र ग्लोवल परिप्रेक्षमा कसरि मिल्न सक्छ भनी निर्माण गरिएको कोर्ष हो । योे कोर्ष पुरा गरेर जादाँ कुनै तालिमको आवश्यकता पर्दैन । 

सिधै जागिरमा जान सक्ने खालको जनशक्ति उत्पादन हुन्छ  ।

 डेभलोपमेन्ट फाईनान्स कोर्ष २००६ मा ल्याएका थियौँ । यो कोर्ष भित्र माइक्रो फाईनान्स, माईक्रो क्रेडिट आदि पर्दछन । डेभलोपमेन्ट र फाईनान्सलाई संगसंगै लैजानुपर्दछ ,जसमा एक्ला एक्लै वनाएर जाँदा पनि समाजमा ठुलो खाडल आउन सक्छ जुन धनि र गरिव वर्ग विचको खाडल जस्तै । यहाँ गरीव तथा अतिवीपन्न विद्यार्थीका लागि  कोटाको व्यवस्था गरीएको छ ।

हामिकहाँ ग्रीन फाईनान्स कोर्ष पनि छ जुन समाज र वातावरणलाई संगै जोडेर लैजाने खालको । यस्तै, हामीकहाँ समाजसास्त्र, पोलिटिकल साइन्स, कल्चर, एन्थ्रोपोलोजि, अर्थशास्त्र, मनोविज्ञान, फिलोसोफि, पोलिसि, रिसर्ज लगायत पर्छन् । अन्य कोर्षमा डेपलभमेन्ट स्टडिजमा ६६ जना भर्ना गर्न सकिन्छ ,डेभलोपमेन्ट फाईनान्समा ४० जनाको कोटा छ । सोसल साईन्समा ३० जनाको कोटा छ ।

 १० प्रतिशत विद्याथिलाई छात्रावृत्तिको पनि व्यवस्था गरेका छौं ।