शिक्षामा रुपान्तरण भन्ने नाराका साथ युवा दिवस मनाइयो

2019-08-12

edusanjal


शिक्षामा रुपान्तरण भन्ने नाराका साथ युवा दिवस मनाइयो 

काठमाडौं । 
शिक्षामा रुपान्तरण,उद्यमशिलता र नवप्रवर्तन भन्ने मुल नाराका साथ सुरु भएको अन्तराष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा कार्यक्रमको आयोजना गरिएको छ । राट्रिय युवा परिषदका उपाध्यक्ष माधब ढुगेंलको अध्यक्षता एबम् रक्षामन्त्री ईश्वर पोख्रेलको प्रमुख आतीथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै रक्षामन्त्री पोख्रेलले अहिलेको शिक्षा शैक्षिक वेरोजगार उत्पादन गर्ने खालको भएको र उक्त शिक्षा जिवनोपयोगी हुनुपर्ने तथा शिक्षामा ७० प्रतिशत व्यावसायिक हुनुपर्नेमा जोड दिनुभयो ।



 नेपालको शिक्षा सिर्जनशीलता, जिवनोपयोगी उत्पादनमुखी र रोजगारीमुलक हुनुपर्ने जानकारी दिनुभयो । पोख्रेलले देशको सबैभन्दा ठुलो मेरुदण्ड आजको युवा र युवासंग जोडिएको जिवनोपयोगी शिक्षा प्रमुख जनाउदै उक्त कार्यक्रममा भनाई प्रस्तुत गर्नुभयो ।

 त्यस्तै शैक्षिक प्रमाणपत्रको आधारमा विना धितो शैक्षिक ऋण सात लाख सम्म उपलव्ध गराउदै आएको पनि जानकारी दिनुभयो ।
सन् २०१८ को आँकडा अनुसार ५८६ जना विद्यार्थी डाक्टर पढ्न मात्र देश बाहिर जानपरेको तितो यथार्थ शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले बताउनु भयो ।
सो अवसरमा विभिन्न दश विधामा युवा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । 
 हाँस्यकलाकार राजा राजेन्द्रले सहजीकरण गर्नुभएको कार्यक्रमको समापन उपाध्यक्ष माधव ढुगेंलले गर्नुभयो ।