राष्ट्रिय युवा सम्मेलन २०१९ को उद्घाटन

2019-08-12

edusanjal


काठमाडौं: “उद्यमी युवा समृद्ध देश दिगो बिकास लक्ष्यमा समान परिवेश” भन्ने मुल नाराका साथ राजधानीमा नेपाल युवा परिषदले आयोजना गरेको राष्ट्रिय युवा सम्मेलनको उद्घाटन भएको छ । 


अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर उद्घाटन भएको सम्मेलन ४ दिनसम्म चल्नेछ । सम्मेलनको उद्घाटन समारोहमा नेपाल युवा परिषदको झण्डा सर्वोच्च शिखर सगरमाथामा पुगेको भिडियो प्रसारण गरि गरिएको थियो । नेपाल युवा परिषदको झण्डा पर्यटन गाईड बल बहादुर लोप्चानले मे ३० बिहान ५ः३० बजे सर्वोच्च शिखर सगरमाथामा पु¥याउन सफल भएका थिए । 


सम्मेलनमा २०४ जना युवाहरुको सहभागिता रहेको छ, जसमा १५४ जना ७७ जिल्लाका १ युवा र १ युवती रहेका छन् भने ५० जना बिभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराइएको छ । 

सम्मेलनको सहभागिहरुमा ५१ प्रतिशत महिला रहेका छन् । विगतका बर्षमा झैँ यस बर्ष पनि १८ देखि ३० बर्ष उमेर समुहका सकरात्मक सोचाई राख्ने युवाहरु जो आफ्नै स्थानिय तह वा जिल्लामा रही अध्ययन गरिरहेका, व्यवसाय गरिरहेका वा सामाजिक क्षेत्रमा कार्य गरिरहेका युवाहरु सम्मेलनमा सहभागि भएका छन् ।  

यस पटकको सम्मेलनमा युवा नेतृत्व बिकास, युवा उद्यमशिलता, दिगो बिकास प्राप्तीका लक्ष्य (३, ४, ५, ८, १३ र १६), ५० अण्डर ५० लैंगिक समानता, भिजिट नेपाल २०२० लाई मुख्य बिषय बनाई बिभिन्न बिज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत गरिनेछ । 

सम्मेलनमा सहभागि हुन आउन पुर्व युवाहरुले स्थानिय सरकारसंग सोही जिल्लामा अध्ययन, ब्यवसाय वा सामाजिक कार्य गरिरहेको प्रमाण स्वरुप स्थानिय तहको सिफारिस परिषदलाई बुझाएका थिए । छनौट भएका युवाहरुले सम्मेलनमा आउन अगाडि पत्रकार सम्मेलन गरी प्रदेश मुख्यमन्त्रीलाई विज्ञप्ती बुझाएका थिए ।  


यस पटकको सम्मेलनमा प्रत्येक प्रदेशलाई १÷१ वटा स्टल दिइएको छ । जहाँ सहभागिहरुले आफ्नो प्रदेशको कला संस्कृति, पर्यटनलाई प्रवद्र्धन गर्ने बिभिन्न सामाग्री प्रदर्शन गर्नेछन् । 

४ दिनै उक्त स्टलमा राखिने प्रदेशको संस्कृति, पर्यटन र भेषभुषा प्रवद्र्धन गर्ने सामाग्रीहरु सहभागिहरुले अनिवार्य रुपमा आफै राख्नेछन् । यसका साथै सम्मेलनमा युवा सांस्कृतिक साँझको आयोजना समेत गरिन लागिएको छ जहाँ सबै सहभागिहरुले आफ्नो जातिय पोसाकमा सहभागिता जनाउनेछन् । 

विगत ७ बर्षदेखि युवाको नेतृत्व, उद्यमशिलता, दिगो बिकास प्राप्तीका लक्ष्य, वाताबरण, सडक सुरक्षा र व्यक्तित्व बिकासको क्षेत्रमा सक्रिय नेपाल युवा परिषदले सबै प्रदेशका युवाहरुलाई स्थानिय आर्थिक र सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिकामा ल्याउने उदेश्यले हरेक बर्ष राष्ट्रिय युवा सम्मेलन आयोजना गर्दै आइरहेको हो ।

पहिलोपटक राष्ट्रिय युवा सम्मेलन २०१५ आयोजना गर्दा ५२ जिल्ला, राष्ट्रिय युवा सम्मेलन २०१६ मा ६८ जिल्ला, त्यसैगरि २०१७ मा ७४ र २०१८ मा ७७ वटै जिल्लाका युवाहरुको सहभागितामा राष्ट्रिय युवा सम्मेलन आयोजना गर्न सफल भईसकेको छ ।