उपकुलपतिमाथि छानबिन गर्न समिति

2018-08-03

Ekantipur

Share this on:

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालामाथि छानबिन गर्न ४ सदस्यीय समिति गठन गरेको छ । संस्कृत सम्मेलनमा सहभागी हुन जाने प्रक्रिया र विश्वविद्यालयका विषयमा परेका उजुरी तथा गुनासोबारे छानबिन गर्न समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

प्राध्यापक राममान श्रेष्ठको संयोजकत्वमा बुधबार गठित समितिमा प्राध्यापक लक्ष्मीप्रसाद मैनाली, नेपाल ल क्याम्पसका प्राध्यापक विकास अधिकारी र सहसचिव देवकुमारी गुरागाईं सदस्य रहेको जानकारी मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले दिए । स्वीकृति नलिई विदेश भ्रमणमा जान लागेको र विश्वविद्यालयमा भएका अनियमितताका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको मन्त्रालयको दाबी छ ।

गत असार २३ मा उपकुलपति कोइराला संस्कृत सम्मेलनमा सहभागी हुन क्यानाडा जाने क्रममा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।