नेपाल शिक्षक संघ सिमकोट गाउपालिकाको अध्यक्षमा चन्द्रशेखर बोहरा

2019-05-16

Gorkhapatra

Share this on:

हुम्ला समाचारदाता: सिमकोट, जेठ २ गते । नेपाल शिक्षक संघ सिमकोट गाउपालिका स्तरीय गाउँ कार्य समिति गठन गरिएको छ । 

नयाँ गठित समितिको अध्यक्षमा चन्द्रशेखर बोहरा सर्वसम्मत चयन हुनु भएको छ । बोहराको अध्यक्षतामा १३ सदस्यीय नेपाल शिक्षक संघ सिमकोट गाउँपालिका गाउँ कार्य समिति गठन गरिएको हो । 

कार्य समितिको उपाध्यक्षमा अकिल कार्की, महिला उपाध्यक्ष सरला पौडेल, सचिव खेतिराम बुढा, आर्थिक सचिव पार्वती रावल, आर्थिक सह सचिव निर्मला महत, सह सचिव खुला पुर्ण बहादुर शाही, सह सचिव खुला मान बहादुर शाही, सह सचिव समावेशी सुशीला शाही, सह सचिव समावेशी प्रेमकला बुढा र ३ जना सदस्य सहित १३ सदस्य कार्य समिति गठन भएको नेपाल शिक्षक संघ हुम्ला जिल्ला कार्य समितिका सदस्य लक्ष्मण बोहराले बताउनु भयो । 

संघले नयाँ संरचना अनुसार आफ्नो संगठन विस्तार गर्न लागको जनाएको छ भने अब चाँडै अन्य छ वटा गाउँपालिकामा पनि संगठन विस्तार गर्ने जनाएको छ ।