कृषि तथा वन विज्ञान विश्वविद्यालयको सम्बन्धन स्थगन

2018-08-02

Share this on:

कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनको कार्यकारी परिषद्को निर्णयबाट विभिन्न क्याम्पसलाई प्रदान गरिएको सम्बन्धनका नेपाल सरकार, मन्त्रिपरिषद्को मिति यही साउन १४ को निर्णयबाट स्थगन गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सबै विश्वविद्यालयलाई निर्देशन दिन स्वीकृति प्रदान गर्ने तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले गत असार २० मा प्रदान गरेका सबै अस्थायी सम्बन्धनको स्वीकृति रद्द गरिएको छ ।