८औ राष्ट्रिय बिज्ञान प्रदर्शनी आयोजना हुदै

2019-02-14


हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज काठमाडौंले ८औ राष्ट्रिय बिज्ञान प्रदर्शनी आयोजना गर्न गैरहेको छ  ।  कलेज प्रमुख युवराज शर्मा को अनुसार यो प्रदशनी हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज, तीनकुने  आफ्नो  नियमित शैक्षिक क्रियाकलापका साथै STEM आधारित प्रयोगात्मक शिक्षण विधिहरु कै एउटा अंग हो  । कलेज प्रमुख युवराज शर्मा  विज्ञान जस्तो प्रयोगात्मक विषयमा त झन् विद्यार्थीहरुले सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक तथा आधुनिक प्रविधिको उपयोग गरी ज्ञान हासिल गर्नुपर्ने बताउनु हुन्छ । 

उहाको अनुसार , विज्ञान प्रविधिले आधुनिक समाज एवं विश्वमा पारेको प्रभाव तथा प्रविधिको उच्चतम् विकासले नेपालमा समेत यसको उपयोगिता झन् बढेको छ । विद्यालय शिक्षाबाटै यस कुरालाई मध्यनजर गरी विद्यार्थीहरुलाई विज्ञानसँग सम्बन्धित नयाँभन्दा नयाँ खोज, अनुसन्धान एवं प्रोजेक्टको विकास गर्नु यस विज्ञान प्रदर्शनीको मुख्य उद्देश्य हो । 



यही फाल्गुन ४ र ५ गते संचालन हुने उक्त प्रदर्शनीमा देशभरिका करिब २२ वटा विद्यालय÷कलेजको सहभागिता रहने यस विज्ञान प्रदार्शनीमा विशेष गरेर स्मार्ट सिटी, ड्रोन, स्टेम प्रोजेक्ट, विन्ड मिल इनर्जी, रोवटिक्स, हाइड्रो प्रोजेक्ट, ग्रिन भिलेज जस्ता नवीनतम तथा जीवन उपयोगी प्रोजेक्टहरु विद्यार्थीहरुले निर्माण गरी प्रदर्शनीमा भाग लिएका छन् । २ दिनसम्म चल्ने उक्त प्रदशनीमा करिब ३० वटा विद्यालयका ७ (सात) हजार विद्यार्थीहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ । यस प्रतियोगितामा प्रथम हुनेलाई रु. ३०,०००÷– (तीस हजार), द्वितीय हुनेलाई रु. २०,०००÷– (बीस हजार) र तृतीय हुनेलाई रु. १५,०००÷– (पन्ध्र हजार) पुरस्कार प्रदान गरिनेछ । 


मूल्यांकन विधि

१) Power Point Presentation — ३०%
२) Public SMS— २०%
३) Demonstration — ५०%


दुई दिने प्रदर्शनीमा विज्ञान तथा प्रविधि विषयहरुसँग सम्बन्धित विशेषज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत तथा छलफल गरिनेछ । 

प्रदर्शनीमा सहभागी विद्यालय÷कलेजहरु

१ ट्रिटोन इन्टरनेशनल कलेज काठमाडौं
२ ट्रिनिटी इन्टरनेशनल कलेज काठमाडौं
३ साउथ वेष्टर्न इन्टरनेशनल कलेज काठमाडौं
४ किष्ट कलेज काठमाडौं
५ रुक्मिणी फाउण्डेशन काठमाडौं
६ ब्रिजवाटार इन्टरनेशनल कलेज काठमाडौं
७ ह्वाइटहाउस मा.वि., खुमलटार ललितपुर
८ काठमाडौं वल्र्ड स्कूल भक्तपुर
९ जुबलियन्ट इन्टरनेशनल कलेज काठमाडौं
१० जेभियर इन्टरनेशनल कलेज काठमाडौं
११ नासा इन्टरनेशनल कलेज काठमाडौं
१२ पेन्टागन इन्टरनेशनल कलेज काठमाडौं
१३ सेन्ट जेभियर कलेज, गोदावारी ललितपुर
१४ ग्लोबल कलेज ए लेभल काठमाडौं
१५ कान्जिरोवा नेशनल स्कूल काठमाडौं
१६ आइडियल मोडल सेकेन्डरी स्कूल धरान
१७ पिस जोन मा.वि. ईटहरी
१८ जुनियर सिटिजन्स् एकेडेमी पोखरा
१९ अर्किड साइन्स कलेज चितवन
२० युनिग्लोब कलेज काठमाडौं
२१ हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज काठमाडौं
२२ हिमालयन ह्वाइटहाउस वल्र्ड स्कूल काठमाडौं