United Academy

Urgent notice regarding distribution of Admit card by Ministry of Education

Edusanjal

April 05, 2014
Bridge Course

Government of Nepal, Ministry of Education Nepal, today published an urgent notice regarding admit card distribution For Undergraduate Level (Biology) group's MBBS, BDS, B.Sc Nursing, BPH, B. Pharmacy, BMLT, BAMS and B.Sc forestry  scholarships entrance examination. 

नेपाल सरकारलाई स्वदेश तथा विदेशबाट प्राप्त हुन आउने विज्ञान (Biology) विषय लिई 10+2 वा सो सरह उत्तीर्ण न्यूनतम योग्यता कायम हुने Undergraduate Level (Biology Group) का MBBS, BDS, BSc Nursing, BPH, B. Pharmacy, BMLT, BAMS, BSc Forestry लगायतका विषयहरूमा छात्रवृत्तिमा अध्ययनका लागि खुला प्रतियोगिताबाट उम्मेदवार छनोट गर्न मिति २०७० मंसिर २९ गते अपरान्ह १ बजेदेखि सञ्चालन गरिने छात्रवृत्ति छनौट परीक्षाको प्रवेश पत्र देहायको मिति र समय तालिका अनुरूप वितरण गरिने भएकोले प्रवेश पत्र प्राप्त गर्न देहायका कागजात सहित उम्मेदवार आफैंले सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

उम्मेदवारले प्रवेशपत्र लिन आउँदा अनिवार्य रूपमा पेस गर्नुपर्ने कागजातः–

(१) देहायका कागजातहरूको प्रतिलिपिहरू तयार गरी सक्कल बमोजिम नक्कल ठीक छ लेखी उम्मेदवार स्वयम् ले हस्ताक्षर गरी सिलसिलेवार रूपमा       फाइलमा राखी र फाइल बाहिर आफ्नो Online Registration No. र नाम थर लेख्नुपर्ने छ ।
(२) Original प्रमाणहरू छुट्टै फाइलमा राखी साथै लिएर आउनुपर्ने छ । 
(३) प्रवेशपत्रमा उम्मेदवारले हस्ताक्षर गरी बुझिलिनु पर्ने र उत्तरपुस्तिकामा सोही बमोजिम हस्ताक्षर गर्नुपर्ने भएकोले प्रवेशपत्र प्राप्त गर्न उम्मेदवार स्वयम् उपस्थित हुनुपर्ने छ ।


(क) General Group (साधारण समूह):
(१) 10+2 वा सो सरह उत्तीर्ण गरेको Transcript को प्रतिलिपि । नेपाल बाहिरको बोर्ड भए सम्बन्धित बोर्डबाट जारी गरिएको Marks Sheet का साथ Pass Certificate/ Degree awarded certificate/ Provisional Certificate / Migration Certificate र समकक्षता (Equivalent) निर्धारण भएको पत्रको प्रतिलिपि । CTEVT अन्तर्गतका संस्थाहरूबाट प्रमाण पत्र तह वा डिप्लोमा तह उत्तीर्ण गरेको Transcript को प्रतिलिपि तथा उ.मा.शि.प. द्वारा निर्धारित Bridge Course उत्तीर्ण गरेको Marks Sheet र Certificate को प्रतिलिपि ।
(२) नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
(३) राष्ट्रिय वाणिज्य बैंक, ठमेल शाखा वा छात्रवृत्ति शाखा, केशरमहल परिसरमा रहेको वैंक काउन्टरमा राजस्व बापत रू.१०००।– बुझाएको सक्कल भौचर । Online Registration Number प्राप्त गरेका आवेदकहरूले राजस्व बापतको रकम आवेदन खुला गरिएको दिनदेखि प्रवेश पत्र वितरण मिति सम्ममा दाखिला गर्न पाउने व्यवस्था गरिएको छ ।


(ख) Community School Group (सामुदायिक विद्यालय तर्फको आरक्षण समूह) 
यस समूहका आवेदकले उल्लिखित General Group (साधारण समूह) का लागि तोकिएका कागजातका साथै निम्न कागजातहरू समेत पेस गर्नुपर्ने छ ।
(४) सम्बन्धित गाउँ विकास समिति वा नगर पालिकाले विपन्नताको कारण खुलाई छात्रवृत्ति सम्बन्धी नियमावली, २०६० को अनुसूची १ख. अनुरूपको ढाँचामा मिति २०७० कार्तिक १४ गते पछि प्रदान गरेको सिफारिस पत्रको प्रतिलिपि ।
(५) एस.एल.सी. उत्तीर्ण गरेको विद्यालय सामुदायिक (सरकारी) हो भनी जिल्ला शिक्षा कार्यालयले प्रदान गरेको सिफारिस पत्रको प्रतिलिपि ।
(६) आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुनेगरी तोकिएको निकायले प्रदान गरेको सिफारिस पत्रको प्रतिलिपि ।
(क) अपाङ्गले राष्ट्रिय अपाङ्ग महासंघ वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस र दर्तावाल चिकित्सकबाट निज Medicine विषय अध्ययन गर्न सक्षम छ भनी लेखिदिएको सिफारिस पत्र,
(ख) जनजातिले आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र,
(आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को अनुसूचीमा सूचीकृत जातिहरूमध्ये कुन जातिको हो सो खुलाएको पत्र)
(ग) दलितले राष्टि्य दलित आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र, (राष्टि्य दलित आयोगबाट सूचीकृत जातिहरूमध्ये कुन जातिको हो सो खुलाएको पत्र)
(घ) पिछडिएको दुर्गम क्षेत्रका व्यक्तिले पिछडिएको दुर्गम क्षेत्रमा स्थायी बसोबास भएको व्यहोरा उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त गरेको नेपाली नागरिकताको प्रमाण पत्र र सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट सोही स्थानमा हालसम्म स्थायी बसोबास गरेको व्यहोरा खुलाई मिति २०७० कार्तिक १४ गते पछि प्रदान गरेको सिफारिस पत्र ।
(ङ) मधेशी समुदायको व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र ।
(च) मुस्लिम समुदायको व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र।
(छ) वेपत्ता पारिएका व्यक्ति तथा सहिद (जनयुद्ध, सम्वत् २०६२/०६३ को जनआन्दोलन, मधेश आन्दोलन लगायत मुलुकभित्र भएका सबै क्रान्तिको क्रममा वेपत्ता पारिएको वा सहिद) परिवारको एकाघरका सदस्य र जनआन्दोलन-२ का आजीवन अङ्गभङ्ग घाइते (न्यूनतम ५० प्रतिशत घाइते हुनुपर्ने) का सन्ततिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र।
(७) एस.एल.सी. को Marks Sheet को प्रतिलिपि ।


(ग) Other School Group (अन्य विद्यालय तर्फको आरक्षण समूह) 
यस समूहका आवेदकले उल्लिखित General Group (साधारण समूह) का लागि तोकिएका कागजातका साथै निम्न कागजातहरू समेत पेस गर्नुपर्ने छ ।
(४) आफू सम्बन्धित आरक्षित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी माथि बुँदा नं. ६ बमोजिमको सिफारिस पत्रको प्रतिलिपि ।


४. प्रवेश पत्र वितरण

अनलाइन रजिस्ट्रेसन नम्बर

वितरण मिति

समय

स्थान

आवश्यक कागजात

१ देखि १००० सम्म

२०७० मंसिर १६ गते

अपरान्ह १२:३० बजेदेखि

छात्रवृत्ति शाखा, केशरमहल

प्रवेश पत्र प्राप्त गर्न अनिवार्य रूपमा पेस गर्नुपर्ने कागजातहरूको सक्कल तथा एक एक प्रति प्रतिलिपि ।

१००१ देखि २००० सम्म

२०७० मंसिर १७ गते

२००१ देखि ३००० सम्म

२०७० मंसिर १८ गते

३००१ देखि ४००० सम्म

२०७० मंसिर १९ गते

४००१ देखि ५००० सम्म

२०७० मंसिर २० गते

५००१ देखि ६००० सम्म

२०७० मंसिर २१ गते

६००१ देखि ७००० सम्म

२०७० मंसिर २३ गते

७००१ देखि ८००० सम्म

२०७० मंसिर २४ गते

८००१ देखि ९००० सम्म

२०७० मंसिर २५ गते

९००१ देखि १०००० सम्म

२०७० मंसिर २६ गते

 

 

A-Levels 2081
Bachelors Portal
Counseling