Need help finding the right college?

We've got you covered!

Find Now
Counseling

Three Years LLM First Year 2076 Partial Exam Routine: Tribhuvan University​

Edusanjal

March 04, 2020

Tribhuvan University Office of the Controller of Examination, Balkhu today publishes the examination schedule of Two Years LLM First Year 2075 (Partial). 

Exam Start date: Baisakh 5, 2077

Examination Time: 11:00 PM to 3:00 PM

Examination Center: Mahendra Ratna Campus, Tahachal Kathmandu

Details in the notice below:

त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा संचालन हुने कानून संकायतर्फ ३ वर्षे स्नातकोत्तर तह एल.एल.एम. प्रथम वर्ष आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ।

परीक्षा समय : दिउँसो ११.०० बजेदेखि ३.०० बजेसम्म                           परीक्षा केन्द्र : महेन्द्ररत्न क्याम्पस, ताहाचल

Date

Subject

2077-01-05

Law 651-Comparative Jurisprudence

2077-01-07

Law 652- Legal Research Methodology

१. उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनःअर्काे व्यवस्था गरिने छैन ।

२. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन । 

३. परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ । 

४. प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला । 

५. परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ । 

६. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ । 

७. परीक्षा भवनभित्र स्मार्ट वाच, मोवाइल फोन जस्ता विद्युतीय उपकरण र परीक्षामा निषेधित सामाग्रीहरू साथमा लिएर प्रवेश गर्न पाइने छैन । 

८. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि.वि अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरूमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्श कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम् जिम्मेवार हुनेछन् । 

९. कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थिती भएका वा हात सम्बन्धी गम्भीर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारीक निकायबाट दिइएको अपाङ्गता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ ।

पुनश्चः सुचनाको विस्तृत बिवरण परीक्षा नियन्त्रण कार्यालयको Website: www.tuexam.edu.np मा हेर्न सकिने छ ।

परीक्षा नियन्त्रक 


Bachelors Portal