United Academy

Appeal from VC of Tribhuvan University Regarding the Control of COVID-19

Edusanjal

April 09, 2020
Bridge Course

Kathmandu, April 9- The government of Nepal in order to control and prevent the coronavirus (COVID-19) decided to go for a countrywide Lockdown from 24 March. Similarly, Tribhuvan University has also closed the classes of it's affiliated and constituent campuses and put-off all the examinations.

In this context Vice-Chancellor of Tribhuvan University Prof. Dr. Dharmakanta Baskota has appealed to everyone affected by the COVID-19 on how we can reduce the economic, educational and social damage and how we can recover promptly from that damage.

His appeal:

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त वास्कोटाद्वारा कोभिड-१९ (COVID-19) द्वारा सृजित परिस्थिति प्रति सबैमा हार्दिक अपिल

विश्व महामारीको रुपमा फैलिइरहको कोभिड-१९ (COVID-19) नेपालमा पनि प्रवेश गरिसकेको परिप्रेक्ष्यमा यसले भावी दिनमा पुऱ्याउन सक्ने अकल्पनीय मानवीय क्षति तथा सन्त्रासलाई मध्यनजर राखी नेपाल सरकारले गत चैत्र ११ गतेदेखि नेपाललाई “लकडाउन” घोषणा गरिसकेको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले यस महामारीलाई लक्षित गरी आफ्ना मातहतका सबै अध्ययन संस्थान /संकायका पठनपाठन र परीक्षाहरू स्थगन गरी सकेको परिप्रेक्ष्यमा लकडाउनबाट उत्पन्न परिस्थितिले त्रि.वि.बाट प्रदान गरिने सबै सेवाहरू नेपाल सरकारले लकडाउन कायम राख्ने अवधिसम्म उपलब्ध गराउन असमर्थ रहने व्यहोरा सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दै यस विषम एवं सन्त्रासपूर्ण परिस्थितिमा सबैले धैर्यधारण गरी यस महामारीलाई परिवार तथा समुदायमा फैलिन नदिन कसरी नियन्त्रणमा लिन सकिन्छ भन्ने एकमात्र अठोट लिई यसबाट सृजित आर्थिक, शैक्षिक तथा सामाजिक क्षतिलाई सकेसम्म न्यूनिकरण गर्दै आगामी दिनमा कसरी तदारुकताका साथ परिपूर्ति गर्न सकिन्छ भन्ने गहन रुपमा मनन गरी निम्न लिखित उपायहरू त्रिभुवन विश्वविद्यालयले अवलम्बन गर्न गईरहेको तथ्य सबैलाई अपिल गर्दछु ।

१) कोभिड-१९ (COVID-19) रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा :

क) त्रिभुवन विश्वविद्यालयका भौतिक संरचना, उपकरणहरू (RT-PCR Machine) आवश्यक जनशक्ति समेत सरकारलाई उपलब्ध गराउने प्रतिवद्धताको पत्र चैत्र १० गते नै नेपाल सरकारलाई लेखि पठाएको।

ख) विश्वविद्यालयका कर्मचारी. प्राध्यापक तथा सबै पदाधिकारीहरूले व्यक्तिगत रुपमा आफनो पारिश्रमिकको निश्चित दिनको रकम सरकारको कोभिड-१९ (COVID-19) नियन्त्रण कोषमा दाखिला गर्ने निर्णय लिएको ।

ग) नेपालमा पाइएको Corona Virus को बारेमा विस्तृत अनुसन्धान गर्न र त्यसलाई छिमेकी मुलुकमा र पश्चिमा मुल्कमा फैलिएको कोरोना भाइरस सँग तुलना गरि भविश्यमा यसको लागि स्थिर विधि पत्ता लगाउन विश्वविद्यालयका सम्बन्धित केन्द्रीय विभागहरूलाई निर्देशन दिइएको।

घ) कोभिड-१९ (COVID-19) को संक्रमणबाट जोगिन निम्न उपायहरू अवलम्बन गर्ने र जनचेतना अभिवृद्धि गरी अरुलाई पनि गर्न लगाउने ।

अ) कोभिड-१९ (COVID-19) लाई घर भित्र भित्र्याउन घरबाट बाहिर ननिस्कने ।

आ) कोभिड-१९ (COVID-19) लाई घर भित्र भित्र्याउन अरु कसैलाई पनि घरमा नबोलाउने ।

इ) घरबाट बाहिर जानैपर्ने भएमा मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुखलाई रुमालले छोप्ने, भिडभाडमा नजाने ।

ई) घरबाट बाहिर निस्कनै परेमा जतासुकै नछुने, छोइहालेमा साबुन पानीले हात धुने वा ७० प्रतिशत अल्कोहल भएको स्यानिटाइजर हातमा लगाउने र घर बाहिर जादा प्रयोग गरिएका कपडाहरू बाहिर नै खोली साबुन पानीले धुने बानी बसाल्ने ।

उ) संक्रमण भएको कुनै लक्षण देखिएमा तुरुन्तै छुट्टै बसी स्वास्थ्य केन्द्र गई परामर्श लिने गरौं ।

२) स्थगन गरिएको पठनपाठन र परीक्षा सम्बन्धमा

(क) डीन र विभागीय प्रमुखहरूको समन्वय तथा शिक्षक र विद्यार्थीहरूको सहमतिमा संभव भएसम्मका स्तानकोत्तर वा सोभन्दा माथिल्लो तहका पठनपाठनहरू तुरुन्तै वैकल्पिक शिक्षण विधि (Online) बाट शुरु गर्ने ।

(ख) अनलाइन माध्यमबाट पठनपाठन गर्दा आवश्यक पर्ने पूर्वाधार विकास, प्राध्यापकहरूलाई चाहिने अभिमुखिकरण तालिम, सहज तथा द्रुत इन्टरनेट उपलब्धताको लागि विश्वविद्यालयले स्रोतको खोजी गर्ने ।

(ग) अनलाइन माध्यमबाट पठनपाठन गर्न आवश्यक पर्ने नीतिगत निर्णय प्रकृयागत रुपमा अगाडि बढाई निर्णय लिने ।

(घ) अनलाइन माध्यमबाट पठनपाठन गर्न असंभव भएका वा पूर्वाधार नपुगेका वा प्रयोगात्मक कक्षाहरू पठनपाठन शुरु हुने वित्तिकै अतिरिक्त कक्षा सञ्चालन गरी पूर्णता दिने ।

(ङ) स्थगन गरिएका परीक्षाहरू लकडाउनको अन्तपछि सहज वातावरण सिर्जना भएपछि क्रमशः नयाँ परीक्षा तालिका बनाई सञ्चालन गर्ने ।

३) कोभिड-१९ (COVID-19) द्धारा नेपालमा सृजित हुने अल्पकालीन तथा दुरगामी प्रभाव सम्बन्धमा :

कोभिड-१९ को विश्वव्यापी महामारीले नेपालको सामाजिक, आर्थिक, शैक्षिक, मनोवैज्ञानिक तथा मानवीय क्षेत्रमा अन्पकालीन र दीर्घकालीन रुपमा केकस्ता असरहरू पुऱ्याउन सक्दछ। विश्वविद्यालय मातहत रहेका अनुसन्धान केन्द्रहरू मार्फत् त्यसको गहिरो अनुसन्धान गरि त्यसबाट प्राप्त निष्कर्षहरूलाई नेपाल सरकारले भावी नीति निर्माणमा उपयोग गर्न तथा त्रिभुवन विश्वविद्यालयले खेल्ने भूमिकाको स्पष्ट दिशावोध गराउनका लागि निम्न केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रहरूलाई निम्न बमोजिमको अनुसन्धान गर्न जिम्मा दिने ।

(क) माइक्रोवायोलोजी, वायोटेक्नोलाजी र भौतिकशास्त्र विभागलाई नेपालमा पाइएको COVID-19 को अनुसन्धान कार्य गर्ने जिम्मा दिने ।

(ख) कोभिड-१९ ले नेपालको अर्थतन्त्रमा पुऱ्याउने प्रभाव सम्बन्धी अनुसन्धानको जिम्मा आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (CEDA) लाई दिने ।

(ग) कोभिड-१९ ले नेपालको सामाजिक तथा मानवीय क्षेत्रमा पुयाउने प्रभाव सम्बन्धी अनुसन्धानको जिम्मा नेपाल र एसियाली अनुसन्धान केन्द्र (CNAS) लाई दिने ।

(घ) भावी दिनमा यस्ता महामारीले पुऱ्याउने क्षती न्युनिकरण गर्न के कस्तो बैज्ञानिक उपकरणहरूको आवश्यकता पर्ने हो सोको अनुसन्धानको जिम्मा व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (RECAST) लाई दिने ।

(ङ) लामो समयसम्म पठनपाठन परीक्षा अवरुद्ध हुँदा के कस्ता पठनपाठन विधि र पद्धति अवलम्बन गरेर शैक्षिक क्यालण्डर नियमित र व्यवस्थित गर्न सकिन्छ भने लगायतका शैक्षिक गतिविधिको अनुसन्धानको जिम्मा शिक्षा विकास तथा अनुसन्धान केन्द्र (CERID) लाई दिने । अतः यस विषम तथा पिडादायी समयमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूको शैक्षिक सत्र खल्बलिने हो की भन्ने चिन्ताले एकातिर ग्रसित तुल्याएको छ भने अर्कोतर्फ कोभिड-१९ ले निम्त्याउने मानवीय जोखिम त छदैछ । यो असामान्य परिस्थितिका बाबजुद त्रि.वि. ले आफ्नो सम्पूर्ण शक्ति हाललाई कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा नै एकातिर सरकारको साझेदारीमा केन्द्रीत गरेको छ भने अर्को तर्फ आगामी दिनमा त्रि.वि.को पठनपाठन र परीक्षामा न्युनतम क्षति हुनेगरी वैकल्पिक विधिहरूको खोजीमा पनि उत्तिकै तल्लिन रहेको छ । यो जोखिमपूर्ण तथा त्रासदीपूर्ण घडीमा सम्पूर्ण विद्यार्थी, अभिभावकहरू, कर्मचारीवर्ग, प्राध्यापकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरू सबैमा धैर्यधारण गरी यो संकटको सामना गर्नुहुन त्रि.वि. का तर्फबाट हार्दिक अपिल गर्दछु ।

लकडाउन पालना गरौ । कोरोना माहामारीलाई नियन्त्रण गरौं ।

A-Levels 2081
Bachelors Portal
Counseling