Nationwide Secondary School Essay Competition

STARTS
May 01, 2016 04:15
ENDS
May 28, 2016 10:15
Ended
VENUE
Kathmandu Nepal
SHARE EVENT

Nationwide Secondary School Essay Competition is being held on the auspicious occasion of 10th anniversary of cessation of armed conflict (between Maoist and government of Nepal) in Nepal. The title of the essay is "Peace & Democracy".

Last date to submit Essay: 2073, Jestha 15.

Eligibility and Conditions:

  • नेपाल भरीका सरकारी विद्यालयमा २०७३ वैशाखदेखिको शैक्षिक सत्रमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरु जो कोहीले पनि यस प्रतियोगितामा भाग लिन सक्नेछन् ।
  • निबन्ध १५०० शब्दमा नबढाई तोकिएको विषयमा नेपाली भाषामा लेखिएको मौलिक रचना हुनुपर्नेछ ।
  • प्रत्येक विद्यालयले आफ्नो ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीहरुबाट बढीमा दुईवटा निबन्धहरु सिफारीस गर्न सक्नेछन्।
  • कसैको प्रकाशित लेख वा रचना तथा अन्य स्रोतबाट साभार गरिएको सामग्री हुबहु प्रयोग भएको पाईएमा उक्त निबन्ध स्वतः रद्द हुनेछ ।
  • विषयबस्तुको सान्दर्भिकता, भाषागत स्पष्टता, शैली, तार्किकता सहितको मौलिक प्रस्तुतीलाई प्राथमिकता दिईनेछ ।
  • प्रतियोगितासँग सम्बन्धित अन्तिम निर्णय युरोपियन युनियनको हुनेछ ।
  • यदि दुई वा सोभन्दा बढी प्रतियोगीहरुले समान अंक प्राप्त गरेमा, पुरस्कार सम्बन्धी अन्तिम निर्णय गर्ने सम्पूर्ण अधिकार मूख्य निर्णायक मंडलमा रहनेछ ।
  • बिना विवरण फारम बुझाईएका वा प्रतियोगिता मितिभन्दा पछि आएका निबन्धहरु मान्य हुने छैनन् । हुलाक वा कुरियरको ढिलाईका लागि प्रतिनिधिमंडल जिम्मेवार हुने छैन ।
  • विवरण फारम निबन्धको शुरुको पानाभन्दा पहिले नथ्थी गरिएको हुनुपर्नेछ ।
  • निबन्ध हुलाक, कुरियर वा ईमेलबाट पठाउन सकिनेछ ।

Prizes

प्रथम, द्वितीय र तृतीय विजेताहरुको निबन्ध अङ्ग्रेजी भाषामा अनुवाद गरि नेपालको शान्ति र प्रजातन्त्र विषयक एक अन्तरराष्ट्रीय स्तरको पुस्तकमा अध्यायको रुपमा छापिनेछ भने २५ उत्कृष्ट निबन्धहरु समेत समावेश गरी शान्ति र प्रजातन्त्र विषयक राष्ट्रव्यापी निबन्ध प्रतियोगिता नामाङ्कित एक पुस्तक छापिनेछ ।

२५ क्षेत्रीय विजेताहरु हुनेछन् भने ३ जना राष्ट्रियस्तरका विजेताहरु हुनेछन्। हरेक ५ क्षेत्रीय विजेताहरुलाई शैक्षिक सामग्री र उपहारहरु प्रदान गरिनेछ।

वृहत् शान्ति सम्झौताको १० वर्ष पुगेको अवसरमा आयोजना गरिने राष्ट्रिय सम्मेलनमा राष्ट्रियस्तरका विजेताहरुलाई सेप्टेम्बर,२०१६ मा पुरस्कृत गरिनेछ ।