PCL Nursing

PCL Nursing

Certificate/Diploma
·
2 years

Patan Academy of Health Sciences Stopped Offering PCL Nursing program from 2078/79 BS.

नेपालको ग्रामीण भेग र शहरी क्षेत्रमा बसोबास गर्ने जनसमुदाय बीच गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा विद्यमान विभेदपूर्ण स्थितिमा सुधार ल्याउन तथा स्वास्थ्यको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन सहयोग पु¥याउने उद्देश्य बोकेको यस पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्थापिका–संसद्बाट वि.सं. २०६४ सालमा छुट्टै ऐनद्वारा स्थापित

सार्वजनिक, स्वायत्त एवं गैह्र नाफामुखी विश्वविद्यालयस्तरको प्राज्ञिक संस्था हो । स्वास्थ्य विज्ञान सम्बन्धी शिक्षा, वैज्ञानिक अनुसन्धान तथा गुणस्तरीय स्वास्थ्य सेवाको माध्यमबाट ती उद्देश्य प्राप्त गर्ने लक्ष्य यस प्रतिष्ठानले लिएको छ ।

स्वास्थ्य विज्ञानसंग सम्वन्धित सबै विधा र तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न अख्तियार प्राप्त यस प्रतिष्ठानले आफ्नै

स्कूल अफ नर्सिङ्ग एण्ड मिडवाइफेरी अन्तर्गत प्रवीणता प्रमाणपत्र तह नर्सिङ्गको पढाई वि.स. २०१६ साल (सन् १९५९) मा स्थापित ललितपुर नर्सिङ्ग क्याम्पसलाई यसै प्रतिष्ठानमा समाहित गरी चालू शैक्षिक सत्रदेखि प्राज्ञिक कार्यक्रम

सञ्चालन गरिएको छ । शैक्षिक सत्र २०७३÷०७४ अन्तर्गत प्रवीणता प्रमाणपत्र नर्सिङ्ग कार्यक्रममा अध्ययन गर्न चाहने विद्यार्थीहरु प्रतिस्पर्धात्मक प्रवेश परीक्षाको माध्यमबाट छनौट गर्नु पर्ने भएकोले तपसिलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट आवेदन आह्वान गरिएको कुरा आवेदक, तिनका अभिभावक, सरोकारवाला तथा सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान ऐनको भावना एवं मर्म अनुरुप सञ्चालन गरिने यो कार्यक्रमले नर्सिङ्ग शिक्षाका नबिनतम अवधारणा र मान्यतालाई समेट्दै बैज्ञानिक पाठ्यक्रम, उपयुक्त शिक्षण विधि, योग्य र अनुभवी शिक्षक र समर्पित नेतृत्व बीच प्रभावकारी संयोजन गरेर प्राविधिक रुपले सक्षम र सामाजिक उत्तरदायित्व बोधयुक्त नर्सिङ्ग जनशक्ति उत्पादन गरी ती जनशक्तिलाई नेपालको पिछडिएको क्षेत्र, दुर्गम तथा ग्रामीण भेगमा बसोबास गर्ने जनसमुदायको स्वास्थ्य स्थिति सुधार्ने काममा परिचालन गर्ने लक्ष्य राखेको हुँदा सो लक्ष्यको मर्मलाई आत्मसात् गर्ने र सो प्राप्तिमा योगदान गर्न चाहने आवेदकहरुलाई यस कार्यक्रममा आवेदन गर्न आह्वान गरिन्छ ।

पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान ऐन, २०६४ ले तोके बमोजिम कुल भर्ना संख्याको पन्ध्र प्रतिशत (१५%) सामुदायिक विद्यालयमा अध्ययन गरेका विपन्न विद्यार्थीहरुलाई पूर्ण छात्रवृति उपलब्ध गराइनेछ । पूर्ण छात्रवृत्ति अन्तर्गत छुट्टयाईएको कुल संख्याको पैतालिस प्रतिशत (४५%) कोटा दलित, आदिवासी÷जनजाति, मधेशी तथा पिछडिएको क्षेत्रको लागि स्थान

सुरक्षित गरिएको छ । यसैगरी कुल भर्ना संख्याको दश प्रतिशत (१०%) विद्यार्थीहरुलाई आरक्षण सीट छुट्टयाईएको छ, जुन् ग्रामीण क्षेत्रमा बसोबास गरी सामुदायिक विद्यालयमा अध्ययन गरेका दलित, आदिवासी÷जनजाति, मधेशी तथा पिछडिएको क्षेत्रको लागि स्थान सुरक्षित गरिएको छ । बाँकी स्थान सःशुल्क (पूर्ण शुल्क तिर्ने) समूहका लागि छुट्याइएको छ ।

Eligibility

१. आवश्यक न्यूनतम योग्यता

१.१ आवेदक महिला नेपाली नागरिक हुनु पर्नेछ ।

१.२ मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा अंग्रेजी, विज्ञान र गणित विषय लिई सी ९ऋ० ग्रेड ल्याई प्रवेशिका वा सो

सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ ।

Admission Criteria

परीक्षाको किसिम ः वस्तुगत बहुवैकल्पिक प्रवेशिका परीक्षाको पाठ्यक्रममा आधारित प्रश्नको लिखित परीक्षा हुनेछ । उक्त परीक्षामा प्रवेशिका परीक्षाको पाठ्यक्रममा आधारित विज्ञान, अंग्रेजी, गणित तथा स्वास्थ्य सम्बन्धी सामान्य ज्ञान विषयहरु समावेश हुनेछन् ।

७. आवेदन फारमको साथमा सबै समूहका आवेदकले अनिवार्य रुपमा पेश गर्नु पर्ने कागजातहरु ः

७.१ नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित छायाँप्रति ।

७.२ प्रवेशिका परीक्षा (एस.एल.सी.) वा सो सरहको लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्रको प्रमाणित छायाँप्रति ।

७.३ नेपालभित्रका बोर्ड अन्तर्गत उत्तीर्ण भएका बिद्यार्थीहरुको हकमा सबै शैक्षिक प्रमाणपत्रहरु परीक्षा नियन्त्रण कार्यालय र नेपाल सरकार शिक्षा मन्त्रालयबाट पछिल्लो तीन महिनभित्रं अनिबार्य रुपमा प्रमाणीकरण गरेको हुनुपर्नेछ ।

७.४ बिदेशी बोर्ड अन्तर्गत उत्तीर्ण भएका बिद्यार्थीहरुको हकमा सबै शैक्षिक प्रमाणपत्रहरु सम्बन्धित देशको कुटनैतिक नियोग

र नेपाल सरकार शिक्षा मन्त्रालयबाट अनिबार्य रुपमा पछिल्लो तीन महिनभित्र प्रमाणीकरण गरेको हुनुपर्नेछ । साथै समकक्षता

प्रमाणपत्र ९भ्त्रगष्खबभिलअभ ऋभचतषष्अबतभ० समेत अनिबार्य पेश गर्नुपनेर्छ ।

७.५ हालसालै (तीन महिना भित्र) चस्मा नलगाई खिचेको पासपोर्ट साइजको रङ्गीन फोटो – तीन (३) प्रति ।

७.६ रु. २,०००।– (अक्षरेपि दुई हजार मात्र) तिरेको सक्कल भौचर ।

८. आवेदन फारमको साथमा पूर्ण छात्रवृत्ति (निःशुल्क) र आरक्षित स्थानमा आवेदन गर्ने आवेदकले पेश गर्नु पर्ने थप कागजातहरु ः

८.१ आवेदक विपन्न हो भनी सम्वन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट जारी कागजातको पम्र छात्रवृत्ति स्थानको लागि मात्र) ।

ाणित प्रतिलिपि (पणर््ू ा

८.२ आवेदकले ८, ९ र १० कक्षा उत्तीर्ण गरेको र प्रवेशिका परीक्षा दिएको विद्यालय सामुदायिक विद्यालय हो भन्ने प्रमाण प्रष्ट खुल्ने गरी सम्बन्धित जिल्लाको जिल्ला शिक्षा कार्यालयबाट जारी कागजातको प्रमाणित छायाँप्रति । एक भन्दा बढी

सामुदायिक विद्यालयमा अध्ययन गरेको भए सो समेत खुल्ने प्रमाण सम्बन्धित जिल्लाका जिल्ला शिक्षा कार्यालयबाट जारी कागजातको प्रमाणित छायाँप्रति (पूर्ण छात्रवृत्ति र आरक्षित स्थानको लागि) ।

८.३ सामुदायिक विद्यालयबाट ८, ९ र १० कक्षा उत्तीर्ण गरेको लब्धाङ्कपत्रको प्रमाणित छायाँप्रति (पूर्ण छात्रवृत्ति र आरक्षित

स्थानको लागि) ।

८.४ आवेदक दलित भएमा राष्ट्रिय दलित आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी कागजातको प्रमाणित छायाँप्रति (पूर्ण छात्रवृत्ति र आरक्षित स्थानको लागि) ।

८.५ आवेदक आदिवासी÷जनजाति भएमा आदिवासी÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी कागजातको प्रमाणित छायाँप्रति (पूर्ण छात्रवृत्ति र आरक्षित स्थानको लागि) ।

८.६ आवेदक मधेशी भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी कागजातको प्रमाणित छायाँप्रति (पूर्ण छात्रवृत्ति

र आरक्षित स्थानको लागि) ।

८.७ आवेदक स्थायी बसोबास गरेको गाउँ विकास समिति वा नगरपालिका रहेको जिल्लाको जिल्ला पशासन कार्यालयबाट

नागरिकता जारी भएको हुनुपनेर्छ

। तर नागरिकता लिएको स्थानबाट अन्य गाउँ विकास समिति वा नगरपालिका वा जिल्लामा

बसाइँ सरेको भए पूर्व गाउँ विकास समिति वा नगरपालिकाबाट बसाइँ सरेको व्यहोरा समेत खुल्ने गरी हाल स्थायी बसोबास गरेको गाउँ विकास समिति वा नगरपालिकाबाट जारी कागजातको प्रमाणित छायाँप्रति (पूर्ण छात्रवृत्ति स्थानको लागि) ।

८.८ आवेदक स्थायी बसोबास गरेको गाउँ विकास समितिबाट जारी कागजातको प्रमाणित छायाँप्रति (आरक्षित स्थानको लागि) ।

९. अन्य जानकारी

९.१ म्याद नाघी आएको वा रीत नपुगेको वा आवेदनसाथ संलग्न गर्नु पर्ने कागजात पूरा नभएको आवेदन दर्ता गरिने छैन । दर्ता पश्चात् संकलित फारम रुजु गर्दा रीत नपुगेको पाइएमा प्रतिष्ठानले त्यस्ता फारम रद्द गर्नेछ ।

९.२ यदि कुनै विद्यार्थीले नक्कली कागजात वा झुट्ठो विवरण पेश गरेको प्रमाणित भएमा सो विद्यार्थीलाई प्रतिष्ठानले कुनै पनि समय शैक्षिक कार्यक्रमबाट निष्कासन गर्नेछ ।

९.३ पूर्ण छात्रवृति योजना अन्तर्गत अध्ययन गर्ने विद्यार्थीको हकमा नेपाल सरकार वा यस प्रतिष्ठानले तोकेको स्वास्थ्य

संस्थामा गई निश्चित अवधिभर काम गर्नु पर्नेछ । छात्रवृत्ति लिएर अध्ययन गरेका विद्यार्थीहरुले कबुलियतनामामा उल्लेख भएको अवधिभर काम गरिसकेपछि मात्र यस प्रतिष्ठानबाट प्रदान गरिने प्रवीणता प्रमाणपत्र नर्सिङ्ग (ल्गचकष्लन) को स्थायी प्रमाणपत्र पाउनेछन् ।

Prospect Careers