World Social Work Day 2017 Celebrated in Tribhuvan University

2017-03-22

edusanjal

Share this on:

११ औँ विश्व सामाजिक कार्य दिवस २०१७ , नेपाल समारोह भव्य र सभ्य रुपमा किर्तिपुर स्थित स्मृति भवनमा औपचारिक र अनौपचारिक कार्यक्रम आयोजना गरी समापन भएको छ। कार्यक्रम नेपाल समारोह मूल आयोजक राष्ट्रिय समितिका सभापती एबं उक्त बृहत कार्यक्रमका परिकल्पनाकार श्री सरोज गिरीको सभापतित्वमा नेपाल सरकारका स्वास्थ्य मन्त्री माननीय गगन कुमार थापाको प्रमुख आतिथ्यमा भएको थियो।

औपचारिक कार्यक्रम तर्फ सामाजिक कार्य बिषयलाई सँस्थागत र व्यवशायिक बनाउन बिशेष योगदान पुर्याउनुहुने, त्रिभुवन विश्वविध्यालय अन्तर्गत संचालित सामाजिक कार्य बिषय स्नातकोत्तर कार्यक्रमका संस्थापक संयोजक सह-प्राध्यापक डा. मृगेन्द्र बहादुर कार्की र सामाजिक कार्य बिषयमा सन् १९८२ मा स्नातकोत्तर डिग्री हाँसिल गर्ने डा. डिल्लीराम अधिकारीलाई सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय गगन कुमार थापाले "सामाजिक रुपान्तरणमा पेशागत र ब्यबसायिक सामाजिक कार्यकर्ताको अहम भूमिका रहेको र संविधानको मूल मर्मलाई ठेस नपुग्ने गरि यो बिषयलाई संस्थागत गर्न बिशेष कार्य योजना र नीति निर्माण गर्न जरुरि रहेको छ " बताउनु भयो। "विश्वबिध्यालयमा अध्यापन गराइने हरेक बिषयलाई राष्ट्रले पहिचान गर्न पर्ने र सहि मुल्यांकन गर्दा प्रजातान्त्रिक मुल्य मान्यतालाई पनि संस्थागत गर्न टेवा पुग्ने" कुरा पनि उहाँले बताउनुभयो।

"कार्यक्रम को मुख्य लक्ष्य सम्पूर्ण सामाजिक कार्य बिषय अध्ययन अध्यापन गराइने संस्थालाई एकजुट गरि अभावमा परेको सामाजिक कार्य बिषय र पेशागत सामाजिक कार्यकर्ताको पहिचान खोज्नु हो, सामाजिक रुपान्तरण र पेशागत सामाजिक कार्यकर्ताको भूमिकाको सहि मुल्यांकन गरियोस भन्ने तर्कको साथ यो भव्य समारोह आयोजना गरिएको "कुरा कार्यक्रमका सभापति एबं परिकल्पनाकार सरोज गिरीले बताउनुभयो।

बिभिन्न १२ उपसमिति बनाएर आयोजना गरिएको कार्यक्रममा ७५ वटा शैक्षिक सँस्था बाट ७५०० बिध्यार्थी र ५०० पेशागत सामाजिक कार्यकर्ताको सहभागिता थियो।

१०० वटा बिभिन्न सुचनामुलक स्टल रहेको कार्यक्रममा ३५ वटा विभिन्न संस्कृतिक कार्यक्रम र प्रस्तुति संग्लग्न गराईएको थियो।