​Irregularities in TU Service Commission results: CIAA filed Case in Special Court

2017-05-04

edusanjal

Share this on:

Commission for the Investigation of Abuse of Authority today filed a case against Prof. Dr. Chetraj Bhadda and Prof. Ram Biswas Prasad Shah for their alleged involvements in the irregularities in the recently held examination of Tribhuvan University service commission.

Read Press release here:

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको विभिन्न विषयका उप-प्राध्यापक पदको स्थायी पदपुर्तीका लागि भएको विज्ञापनमा दरखास्त आव्हान देखि अन्तर्वार्ता सम्मका विभिन्न चरणमा अनियमितता भएको भन्ने समेत व्यहोराका उजुरी निवेदनको आधारमा अनुसन्धान हुंदा त्रिभुबन विश्वविद्यालयका प्रा.डा. चेतराज भट्ट र प्रा. राम विश्वास प्रसाद साहले गणित (मानविकी) र गणित (विज्ञान) विषयमा प्रश्नपत्र निर्माण देखि उत्तरपुस्तिका परिक्षणको कार्य सम्पादन गर्दा पदिय मर्यादा अनुरुप आफुले पुरा गर्नुपर्ने दायित्व पुरा नगरी उक्त विषयहरूको लिखित परिक्षाको परिणाममा फेरबदल गरेको देखिन आएको र उक्त परिक्षाका परीक्षार्थी प्रमोद कुमार गोईत र अमरनाथ साहले उक्त विषयहरूको लिखित परिक्षाको आफ्नो परिणाम फेरबदल गर्न लगाएको अनुसन्धानबाट देखिएकोले निज प्रा.डा. चेतराज भट्ट र प्रा. राम विश्वास प्रसाद साह तथा परीक्षार्थीहरू प्रमोद कुमार गोईत र अमरनाथ साह समेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम कसुर गरेको पुष्टी हुन आएको हुंदा निजहरूलाई सोही ऐनको सोही दफा बमोजिम सजायको मागदावी लिई आज विशेष अदालत काठमाण्डौमा आरोप-पत्र दायर गरिएको छ ।