Best Ten Business School of Nepal: National Business Schools Rating-Ranking-Awards 2014

2015-01-06

edusanjal

Share this on:

Aarthik Abhiyan National daily and New Business Age English daily organized 2nd Everest Bank National Business Schools rating-ranking awards 2014 in Hotel Raddission, Kathmandu Nepal.
Kathmandu University School of Management (KUSOM) for the second year in running has made it to the top in the Everest Bank - New Business Age National Business Schools Rating and Ranking 2014 with the award of the Best Business School in the country. It also came top in the Best Graduate Business School (MBA) category. 
The result of National Business Schools Rating-Ranking-Awards 2014 is as follows: 

  • Best 10 B-School of Nepal
  1. BEST B-SCHOOL OF NEPAL: Kathmandu University School of Management
  2. 1st Runner Up BEST B-SCHOOL OF NEPAL: D.A.V. College of Management
  3. 2nd Runner Up BEST B-SCHOOL OF NEPAL: King’s College
  4. 4th  Best  B-School: V.S Niketan College
  5. 5th  Best B-School of Nepal: Kathmandu Model College
  6. 6th  Best B-School: Thames Int’l College
  7. 7th  Best B-School of Nepal: Nepal Commerce Campus
  8. 8th  Best B-School of Nepal: NATHM

  9. 9th  B-School of Nepal: Novel Academy

  10. 10th Best B-School of Nepal: Kathmandu BernHardt College

Best Graduate Business School of Nepal: 

  1. Best Graduate B-School (MBA): Kathmandu University School of Management
  2. 2nd Best Graduate B-School (MBA): King’s College
  3. 3rd Best Graduate B-school (MBA): Whitehouse Graduate School of Management

Best Undergraduate Business School of Nepal (BBA)​

  1. Best Undergraduate B-School (BBA): D.A.V. College of Management
  2. 2nd Best Undergraduate B-School (BBA): College of Applied Business
  3. 3rd  Best Undergraduate B-School (BBA): Kathmandu Model College

​Best Undergraduate Business School of Nepal (BBS)

  1. Best Undergraduate B-School (BBS): D.A.V. College of Management
  2. 2nd Best Undergraduate B-School (BBS): Kathmandu Model College
  3. 3rd  Best Undergraduate B-School (BBS): Kathmandu BernHardt College

​Best Undergraduate Business School of Nepal (BIM)

  1. Best Undergraduate B-School (BIM): Thames Int’l College
  2. 2nd Best Undergraduate B-School (BIM): Prime college
  3. 3rd Best Undergraduate B-School (BIM): College of Applied Business

​Best Hotel Management/Tourism College of Nepal

  1. Best Hotel Management/Tourism College: NATHM
  2. 2nd Best Hotel Management/Tourism College: AITM School of Hotel Management
  3. 3rd Best Hotel Management/Tourism College: Little Angle’s College of Management
  4. 3rd Best Hotel Management/Tourism Institute: Quest International College

​Other award categories and winner colleges: 

  1. Best Community Based B-School: Balkumari College , Chitwan
  2. Best Western Region B-School of Nepal: Novel Academy, Pokhara
  3. Best Far-Western Region B-School of Nepal: National Academy of Science & Technology

Read in Nepali: 

न्यू बिजनेश एज प्रालिद्वारा आयोजित दोस्रो एभरेष्ट बैङ्क बिजनेश स्कुल रेटिङ र्‍याङ्किङ अवार्ड २०१४ को उपाधि काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम)ले हात पारेको छ । अवार्डका लागि स्पर्धामा रहेका करिब १ सय कलेज मध्येबाट कुसोम सर्वोत्कृष्ट ठहरिएको हो । यो उपाधि गत वर्ष पनि कुसोमले नै हात पारेको थियो । स्पर्धाको उपविजेता डीएभी कलेज अफ म्यानेजमेण्ट भएको छ । तेस्रो उपाधि किङ्स कलेजले जितेको छ । शनिवार राजधानीको र्‍याडिशन होटलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा तथा व्यावसायिक क्षेत्रका विशिष्ट व्यक्तिहरुले उत्कृष्ट कलेजहरुलाई पुरस्कार प्रदान गरे । पूर्वशिक्षा सचिव शंकरप्रसाद पाण्डे नेतृत्वको ८ सदस्यीय निर्णायक समितिले उत्कृष्ट व्यवस्थापन कलेजको छनोट गरेको हो । उपाधिका लागि स्पर्धामा रहेका कलेजहरुलाई निर्णायकको मतका अतिरिक्त, शैक्षिक प्रदर्शन, भौतिक पूर्वाधार, शिक्षक, विद्यार्थी नतिजालगायत विभिन्न ८ वर्गका मापदण्डका आधारमा छनोट गरिएको थियो ।

अन्य विधाका पुरस्कारहरुमा बेस्ट ग्रयाजुएट बिजनेश स्कुल (एमबीए)को उपाधि पनि कुसोम नै हात पारेको छ । त्यस्तै, बीबीए र बीबीएस दुवैतर्फ बेस्ट अण्डर ग्रयाजुएट बिजनेश स्कुलको उपाधि डिएभी कलेज अफ म्यानेजमेण्टले प्राप्त गर्‍यो । बीआईएम कलेजतर्फको सोही उपाधि थेम्स इन्टरनेशनल कलेजले प्राप्त गर्‍यो । त्यस्तै, बेस्ट होटल म्यानेजमेण्ट/टुरिजम कलेजको उपाधि नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेण्ट (नाथम)ले प्राप्त गर्‍यो । पश्चिमाञ्चल क्षेत्रको उत्कृष्ट बिजनेश स्कुल नोवेल एकेडमी, पोखरा भयो । त्यस्तै, सदूरपश्चिमको उत्कृष्ट बिजनेश स्कुल नेशनल एकेडमी अफ साइन्स एण्ड टेक्नोलोजी बन्न सफल भयो । त्यस्तै, बेस्ट कम्युनिटी बेस्ड बिजनेश स्कुल बालकुमारी कलेज, चितवन हुनपुग्यो ।

अवार्ड वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले नेपालका कलेजहरुलाई ऊर्जाशील बनाउन न्यू बिजनेश एज प्रालीले शुरु गरेको अवार्ड कार्यक्रम प्रभावकारी नतिजा दिन सफल हुने विश्वास व्यक्त गरे । नेपालको आर्थिक विकासमा विजनेश कलेजहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले नेपालको व्यापार घाटा कम गर्न र यसमा रहेका अवरोधहरुलाई हटाउन बिजनेश स्कुलका विद्यार्थीहरुलाई आजैबाट सचेत गराउनु पर्ने बताए । ‘बिजनेश स्कूलमा अध्ययनरत विद्यार्थीहरुलाई नेपालको वाणिज्य क्षेत्रका विषयमा आफै र मन्त्रालयका उच्च अधिकारीहरु कलेजमा गएर पढाउने प्रतिबद्धता गर्छु,’ उनले भने ।

कार्यक्रममा नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले नेपालमा सबै थोक भएर पनि कुशल नेतृत्वकै खडेरी लागेको बताए । ‘नेपालमा सबै थोक छ तर कुशल व्यवस्थापक नै छैनन्,’ उनले भने । कार्यक्रममा न्यू बिजनेश एज प्रालिका अध्यक्ष मदन लम्सालले प्राकृतिक रुपले धनी रहेको, लगानीयोग्य पूाजी रहेको, विकास साझेदारहरु सकारात्मक रहेको अवस्थामा पनि नेपाल सधैं दरिद्र बन्नु विडम्बनापूर्ण रहेको बताए । त्यसो हुनुमा कुशल व्यवस्थापकको कमी रहेको उनको धारणा थियो । यस्तो अवस्थालाई चिर्दै देशलाई आर्थिक विकास दिने एउटा साधनको रुपमा विजनेश स्कूलहरु रहेको उनको धारणा थियो ।

आयोजक एभरेष्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत एके आलुवालियाले उक्त अवार्ड कार्यक्रममा सामाजिक संस्थागत उत्तरदायित्व वहन गर्ने क्रममा बैङ्कले संलग्न हुन पाउनु खुसीको कुरा भएको बताए । शिक्षा क्षेत्रमा लगानी गर्ने बैङ्कको नीति नै रहेकाले यस्ता कार्यक्रमलाई अघि बढाउन आफूहरु निरन्तर लागि रहने बताए ।

अवार्ड प्राप्त गरेपछि प्रतिक्रिया दिादै कुसोमका डिन सुवास केसीले अवार्डले आफूहरुलाई बजारको मागअनुसार जनशक्ति उत्पादन गर्न आफूहरुलाई थप दायित्वबोध गराएको बताए ।

निर्णायकहरु

निर्णायक समिति अध्यक्ष– शंकरप्रसाद पाण्डे, पूर्व शिक्षासचिव, नेपाल सरकार

सदस्यहरु–

  1. शेखर बराल, महाप्रबन्धक, लुम्बिनी जनरल इन्स्योरेन्स
  2. शैलेन्द्रराज गिरी, प्रबन्ध निर्देशक, रियल सोलुसन
  3. अम्बरबहादुर थापा, मानवस्रोत तथा कानूनी सल्लाहकार, यूनिलिभर नेपाल लिमिटेड
  4. मोहन ओझा, प्रबन्ध निर्देशक, ग्रोथ सेलर्स प्रालि
  5. डा. प्रद्युम्नराज पाण्डे, उपसचिव, कृषि विकास मन्त्रालय
  6. नीता राणा, मानवस्रोत व्यवस्थापक, गोल्छा अर्गनाइजेशन
  7. कुमार जोशी,  मानवस्रोत व्यवस्थापक, एभरेष्ट बैंक नेपाल लिमिटेड

मापदण्डहरु

·       निर्यायकको धारणा –२० अङ्क

·       शैक्षिक प्रदर्शनको आाकडा (शैक्षिक नतीजा, भर्ना हुन आवेदन दिने र भर्ना हुने विद्यार्थीको संख्या, शिक्षक–विद्यार्थी अनुपात, प्राज्ञिक तथा संस्थागत अतिथि शिक्षकको संख्या)– २० अङ्क

·       अघिल्लो दुई वर्षको परीक्षाको नतीजा– २० अङ्क

·       शिक्षण संस्थाको भौतिक आकार तथा पूर्वाधार– १० अङ्क

·       सम्बन्धनहरु (संख्या र गुणस्तर) –५ अङ्क

·       व्यावहारिक इनपुट तथा अभ्यासहरु–१५ अङ्क

·       सहक्रियाकलाप तथा अतिरिक्त क्रियाकलापसम्बन्धी गतिविधिहरु –५ अङ्क

·       जम्मा – १०० अङ्क