A-Levels 2081

Scholarship for the Student of Dom, Badi, Chamar & Mushahar Community to Pursue MBBS and B.E. Programs

Open From: September 03, 2016
Until: September 22, 2016
This scholarship/grant is closed.
Counseling

University Grant Comission (UGC) Sanothimi, Bhaktapur announces scholarships for the Student of Dom, Badi, Chamar & Mushahar Community to Pursue MBBS and B.E. Programs.

Application form submission Deadline: 22 September, 2016 up to 4 pm.

विश्वविद्यालय अनुदान आयोग

सानोठिमी, भक्तपुर

न्युन आय भएका डोम, वादी, चमार र मुसहर जातीका विद्यार्थीलाई इन्जिनियरिङ र चिकित्साशास्त्र विषयमा स्नातकतह अध्ययनका लागि छात्रवृत्ति सम्बन्धी जरुरी सूचना

पहिलो पटक प्रकाशित मितिः २०७३/०५/१६

नेपाल सरकार, शिक्षा मन्त्रालयबाट न्युन आय भएका दलित समुदायमध्ये शैक्षिक क्षेत्रमा अत्यन्त पछाडि रहेका डोम, बादी, चमार र मुसहर जातीका विद्यार्थीहरुलाई इन्जिनियरिङ र चिकित्साशास्त्र विषयमा स्नातकतहका कार्यक्रमहरुमा पहुँच विस्तार गर्ने उद्देश्यले त्यस्ता समुदायका विद्यार्थीलाई इन्जिनियरिङ वा चिकित्साशास्त्र विषयमा भर्ना हुने अवसर प्राप्त गरेमा ती विद्यार्थीहरुको अध्ययन गर्न लाग्ने खर्च सरकारले व्यहोर्ने गरी आ.व. २०७१÷७२ को वजेट वक्तव्य मार्फत प्रतिवद्धता जनाए अनुसार सो लागू गर्न बनेको विशेष छात्रवृत्ति सम्बन्धी कार्यविधि, २०७२ बमोजिम बजेटको सीमा भित्र रही न्युनतम योग्यताका आधारहरु पूरा गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । आयोगको वेव साइट www.ugcnepal.edu.np मा राखिएको आवेदन फारम भरी मिति २०७३/०६/६ गते आइतबार दिनको ४ः०० बजे भित्र बुझाउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

निवेदन दिने न्युनतम योग्यताहरु

  1. नेपाली नागरिक हुनुपर्ने
  2. अध्ययन गर्ने शैक्षिक संस्था स्वदेशी विश्वविद्यालयबाट मान्यता प्राप्त हुनुपेर्ने
  3. सामुदायिक विद्यालयबाट एस.एल.सी. परीक्षा प्रथम श्रेणिमा उत्तिर्ण भएको हुनुपर्ने
  4. स्थानिय निकाय (गाविस÷नपा) बाट न्युन आय भएको व्यहोरा खुल्ने पत्र सिफारिस भएको हुनुपर्ने
  5. नियमित विद्यार्थी (दुइ शैक्षिक सत्र नकटेको) हुनुपर्ने
  6. सम्बन्धित शिक्षण संस्थाको प्रवेश परिक्षा उत्तिर्ण भएको वा भर्ना हुने निश्चित आधार भएको हुनुपर्ने

Downloads:

application form for MBBS BE Scholarships Program.docx

Special scholarship guidelines.pdf

थप जानकारीको लागि निम्न ठेगानामा सम्पर्क गर्न सकिने छ ः

विश्वविद्यालय अनुदान आयोग

सानोठिमी, भक्तपुर

फोन नं. ०१–६६३८५४८÷४९÷५०, फ्याक्स नं. – ६६३८५५२

वेवसाइट ः www.ugcnepal.edu.np इमेल ः ugc@ugcnepal.edu.np

Bachelors Portal