United Academy

Application Open: Masters, M.Phil and PhD fellowships from NCDB

Open From: June 14, 2017
Until: June 29, 2017
This scholarship/grant is closed.
Bridge Course

National-Cooperative Development Board (NCDB) has announced applications from Masters, M.Phil and PhD fellowships from eligible Nepalese candidates. Read their notice here:

स्नातकोत्तर, एम.फिल. र विद्यावारिधि सहकारी शोधवृत्तिको लागि आवेदनको आह्वान

राष्ट्रिय सहकारी विकास बोर्डले यस वर्षदेखि सहकारीसँग सम्बन्धित विषयमा अनुसन्धान गर्ने स्नातकोत्तर, एम.फिल. र विद्यावारिधि तहका विद्यार्थीको शोधप्रबन्धको लागि गरिने अनुसन्धानलाई सहयोग गर्न प्रतिस्पर्धाको आधारमा छनोट हुने गरी सहकारी शोधवृत्ति प्रदान गर्ने निर्णय गरी यस वर्षको लागि योग्य आवेदकहरूबाट आवेदनको आह्वान गरेको छ ।

आवेदन फाराम बोर्डको वेबसाइट http://www.ncdb.org.np/fellowships बाट डाउनलोड गरेर भरी विश्वविद्यालयबाट स्वीकृत भएको शोधप्रस्ताव र आवेदन फाराममा तोकिएको कागजातहरू सहित तोकिएको अन्तिम मितिभित्र बोर्डको कार्यालयमा आई वा आइपुग्ने गरी पठाउनुपर्नेछ । काठमाडौं उपत्यका बाहिरका शैक्षिक सँस्थाका आवेदकले इमेलबाट तोकिएको अन्तिम मितिभित्र आवेदन पठाउन सक्नेछन् ।

Application deadline: 29th June, 2017

उपलब्ध शोधवृत्ति:

१. विद्यावारिधि शोधवृत्ति (रू. तीन लाख) – १ (एक)

२. स्नातकोत्तर/एम.फिल. शोधवृत्ति (रू. पचास हजार) - ५ (पाँच)

आवेदनको लागि आवश्यक न्यूनतम योग्यता:

(क) विद्यावारिधि शोधवृत्ति

१. नेपाली नागरिक

२. नेपालको विश्वविद्यालयमा वा विदेशका विश्वविद्यालयको हकमा सार्वजनिक वा प्रत्यायनप्राप्त वा प्रतिष्ठित अन्तर्राष्ट्रिय एजेन्सीद्वारा स्तरांकित विश्वविद्यालयमा विद्यावारिधि तहमा भर्ना भइ शोधप्रस्ताव स्वीकृत भएको र अन्य श्रोतबाट शोध सहायता प्राप्त नगरेको

३. शोधप्रस्ताव स्वीकृत भएको मितिबाट यो सूचना प्रकाशित भएको मितिसम्म २ वर्ष ननाघेको

(ख) स्नातकोत्तर/एम.फिल. शोधवृत्ति

१. नेपाली नागरिक

२. नेपालको विश्वविद्यालयमा सम्बन्धित तहमा भर्ना भइ शोधप्रस्ताव स्वीकृत भएको र अन्य श्रोतबाट शोध सहायता प्राप्त नगरेको

३ शोधप्रबन्ध सत्र अघिका वर्ष वा सेमेस्टरहरूका परीक्षामा कुल अंक द्वितिय श्रेणी वा सिजिपिए ३.०/४.० बराबर प्राप्त गरी उत्तीर्ण गरेको

३. शोधप्रस्ताव स्वीकृत भएको मितिबाट यो सूचना प्रकाशित भएको मितिसम्म १ वर्ष ननाघेको र विश्वविद्यालयमा शोधप्रबन्धको मस्यौदा बुझाइनसकेको ।

बुझाउनुपर्ने कागजात:

१. तोकिएको ढाँचामा भरिएको आवेदन फाराम

२. विश्वविद्यालयबाट स्वीकृत भएको शोधप्रस्ताव

३. आवेदन फाराममा तोकिएका कागजातहरू

आवेदन बुझाउने कार्यालय:

राष्ट्रिय सहकारी विकास बोर्ड

हरिहरभवन, पुल्चोक

ललितपुर

पोस्टबक्स नं. ५७१७

फोन नं. ५०१०१३१, ५०१०२३७, ५०१०१०५

इमेलबाट आवेदन बुझाउनको लागि (काठमाडौं उपत्यका बाहिरका आवेदकका लागि मात्र):

coopdesk@gmail.com

आवेदन फाराम र शोधवृत्ति कार्यविधिको लागि please download:

National Cooperative Development Board Research Fellowship Guidelines 2017 (20-March-2017).docx


A-Levels 2081
Bachelors Portal
Counseling