Assistant Sub Inspector of Police (ASI)

Last updated July 19, 2015

Assistant Sub Inspector of Police (ASI)

Eligibility:

त्रि.वि.वि.वा मान्यता प्राप्त शिक्षण संस्थाबाट उच्च माध्यामिक (१०+२) वा प्रविणता प्रमाण–पत्र तह वा सो सरह उत्तिर्ण गरेको ।

Age:

दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई २४ वर्ष ननाघेको, तर खुल्ला प्रतियोगितामा भाग लिने प्रहरी सेवाको प्रहरी कर्मचारीको हकमा ३५ वर्ष ननाघेको, प्रहरी जवान आधारभूत तालिम गरेको प्रमाण–पत्र पेश गर्नु पर्नेछ र बहालवाला श्रेणी विहीन प्रहरी कर्मचारीको हकमा २५ वर्ष ननाघेको हुनु पर्नेछ । 

Other criteria

  1. नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाँय नपाएको ।
  2. मानव अधिकार र मानवीय कानुनको उल्लङ्घनमा सजाय नपाएको ।
  3. राजनीतिक दलको सदस्य नरहेको ।
  4. आतङ्ककारी संगठनको सदस्य नरहेको ।
  5. उचाई, छाती र तौलः
    1. पुरुषः उचाई घटीमा ५ फिट २ इन्च, छाती नफुलाउंदा ३१ फुलाउंदा ३३ इन्च, तौल कम्तीमा ५० के.जी.
    2. महिलाः उचाई घटीमा ५ फिट, तौल कम्तीमा ४२ के.जी.
  6. आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको ।
  7. प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको ( परीक्षा सञ्चालनको क्रममा प्रारम्भिक÷विस्तृत÷विशेष स्वास्थ्य परिक्षण परीक्षामा हुने) ।

दरखास्तसाथ समावेश गर्नुपर्ने कागजातहरु ः–

  1. नेपाली नागरिकताको प्रतिलिपि १ प्रति ।
  2. हाल सालै खिचेको पासपोर्ट साइजको फोटो ५ प्रति ।
  3. आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाण पत्र (प्रत्येक तहको चारित्रिक, स्थायी वा प्रोभिजिनल प्रमाण–पत्र र
  4. मार्कशिट सहित) तथा नेपाल बाहिर अध्ययन गरेको हकमा त्रि.वि.वि.बाट समकक्षता निर्धारणको प्रमाण पत्र ( Equivalent Certificate) को प्रतिलिपि १÷१ प्रति ।
  5. आदिवासी÷जनजातिको लागि नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान वा जिल्ला प्रशासन कार्यालयबाट आदिवासी जनजाति भनी प्रमाणित भएको प्रमाण पत्रको प्रतिलिपि ।
  6. दलितका लागि राष्ट्रिय दलित आयोगवाट दलित भनी प्रमाणित भएको प्रमाण पत्रको प्रतिलिपि ।
  7. मधेसीका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सुचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित भएको तर नेपाल राजपत्रमा सुचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारीसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित भएकोप्रमाण–पत्रको प्रतिलिपि ।
  8. पिछडिएको क्षेत्रका लागि (अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला) जिल्लामा स्थायी बसोवास गरी सम्वन्धित जिल्लाबाट नै नागरिकताको प्रमाण पत्र प्राप्त गरेको तथा सम्बन्धित गाँउ विकास समिति वा नगरपालिकाबाट दरखास्त दिंदाको वखत सोही स्थानमा स्थायी बसोवास भएको भन्ने सिफारिस गरिएको ।
  9. दरखास्त फारमसँग संलग्न गरी पेश गर्ने कागजातहरुको प्रतिलिपिको पछाडिपट्टि सक्कल बमोजिम नक्कल ठिक छ भनि उम्मेदवार स्वयंले दस्तखत गरी प्रमाणित गर्नु पर्ने छ ।
  10. अमर÷अशक्त प्रहरी परिवारको लागि अमर÷अशक्त भएको कुरा पुष्टि हुने कागजपत्र र नाता प्रमाणित कागजपत्र (प्रहरी नियमावली २०७१ (संशोधन सहित) निमय २ (क) र (ढ) को परिभाषा भित्र पर्ने) ।

परीक्षा विधिः– प्रारम्भिक स्वास्थ्य परीक्षण÷शारीरिक तन्दुरुस्ती (बाधापार) परीक्षा, विस्तृत स्वास्थ्य परिक्षण परीक्षा, लिखित परीक्षा, विशेष स्वास्थ्य परिक्षण परीक्षा र अन्तर्वार्ता ।